क्यान्सर उपचारमा नवीनतम् प्रविधि र औषधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड
- मंसिर १४, २०८३
भक्तपुर, १३ मङ्सिर । भनपा वडा नं. ५ भेलुखेलस्थित भोखाद्यो दक्षिणपट्टिको पाटी एक समारोहबिच नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
सोही क्रममा एकीकृत हाकुज्या प्रजापतिको १४ औँ साधारणसभा पनि उहाँले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले माटोका भाँडा बनाउने सीपको विकास मानव सभ्यतासँगै भएको उल्लेख गर्दै त्यसले धेरैलाई रोजगारी दिइरहेको बताउनुभयो ।
प्लास्टिक र आल्मोनियमको वस्तु उत्पादनसँगै माटाका भाँडाहरूको औचित्य कम हुँदै गएको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले प्रविधिसँग जोडेर काम गर्नुपर्ने बताउनुभयो ।
माटोको अभाव, प्रदूषण, विदेशी सामानहरूसँगको प्रतिस्पर्धा र बजारको अभाव प्रजापतिहरूको समस्या भएको बताउँदै उहाँले भन्नुभयो, “सरकारले नै माटो लिने क्षेत्रको सुनिश्चितता र बजारको व्यवस्थाको साथै आधुनिक तालिमको व्यवस्था गर्नुपर्छ ।”
सम्पदा संरक्षणमा लागेका सबैलाई धन्यवाद ज्ञापन गर्दै उहाँले मौलिक सीपको प्रयोग, गुणस्तरीय निर्माण र सम्पदामाथि जनताको अपनत्व कायम गर्न भनपाले उपभोक्ता समितिमार्फत काम गरिरहेको स्पष्ट पार्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले हरेक वस्तुको आविष्कार आवश्यकताको आधारमा हुने बताउँदै अहिले धर्मको नाउँमा भइरहेको ठगीबारे सबै सचेत हुनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै प्रजापतिहरूलाई माटोको समस्या परेको सम्बन्धमा वडाले आवश्यक सहजीकरण गरिरहेको स्पष्ट पार्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष तथा एकीकृत हाकुज्या प्रजापतिका अध्यक्ष बालकृष्ण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा पाटी निर्माण गर्न ४६ लाख चार हजार खर्च भएको र पर्खाल निर्माण गर्न रु. आठ लाख ९६ हजार खर्च भएको विवरण सचिव विनोद प्रजापतिले प्रस्तुत गर्नुभयो ।
पर्खाल निर्माणको लागि नगरपालिकाको रु. ४ लाख र बाँकी सबै स्थानीयहरूबाट आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी गराउनुभयो ।
Leave a Reply