ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
प्रधानमन्त्रीहरूले काठमाडौँको बारेमा गम्भीर ध्यान कहिल्यै पु¥याएको देखिएन । सत्तामा बस्नेहरूले मन्त्री निवास र मन्त्रीहरूका आ–आफ्ना घरपरिवारलाई मात्र प्राथमिकता दिएको अनुभव जनताले गर्दै आएका छन् । काठमाडौँमा जनसङ्ख्या बढ्यो, फोहर बढ्यो, अपराधको सङ्ख्या बढ्यो र राजधानी दाङमा सार्नुप¥यो भन्ने जस्ता जनताको आवाजलाई शासकहरूले ध्यानै दिएनन् ।
धेरैजसो प्रधानमन्त्रीहरू, सभामुखहरू र माथिल्लो पदमा बस्नेहरूको ठुलो सङ्ख्या काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लाका हुँदा उनीहरूले काठमाडौँ ‘आफ्नो’ राजधानी कहिल्यै चिताएनन् । बरु यहाँ ‘शासन गर्न आएको’ ठान्दै आए । राजधानीबारे बारम्बार चासो र चिन्ता समाचारपत्रहरूले औँल्याउँदा पनि बुद्धिजीवी र संवेदनशील पक्षबाहेक माथिल्ला सरकारी स्तरका पदाधिकारीहरूले कहिल्यै चासो नदिएको थाहा भयो ।
अहिले काठमाडौँमा झन्डै ७० लाख जनता बसोबास गर्छन् । ४० लाखभन्दा बढी बाहिरी जिल्लाकै छन् । तर, ठालू र नेताहरूले बहुमत जनताको पक्षमा ध्यान नदिँदा ‘सङ्घीय राजधानी नै डुबानमा’ शीर्षकको समाचार छापियो । सो शीर्षकको उपशीर्षक छ, ‘जोखिममा नदी किनारका बस्ती – नदी क्षेत्र कम हुनु र भारी वर्षा मुख्य कारण’ (राजधानी दैनिक, २२ भदौ २०७८)
‘काठमाडौँ उपत्यका डुबानमा, हजारौँ प्रभावित’ (नेपाल समाचारपत्र, २२ भदौ २०७८)
‘राजधानीमै बाढीको वितण्डा’ शीर्षकको समाचारमा भनिएको छ, मान्छेले खोलाको छेउमै बस्ती बसालेर यस्तो परिणाम आएको हो ।
‘सोमबार खोकनाबाट प्रतिसेकेन्ड ५६६ घनमिटर बाढी गएको छ ।’
(अन्नपूर्ण, २२ भदौ २०७८)
‘खोलाछेउ बस्ती, बस्तीमा खोला’ (नयाँ पत्रिका, २२ भदौ २०७८)
‘सुकुमवासीहरूको उठिबास’ (समाचारपत्र, २२ भदौ २०७८)
राजधानीको यस्तो दुर्दशाको कारण के हो ?
पञ्चायतकालबाट जिल्ला – जिल्लाका ठुला–ठालु र जालिफटाहाहरू काठमाडौँ पस्न सुरु गरे । मनोहरा, बाग्मती र विष्णुमतीको किनारा साँगुरिन थाल्यो ।
राजधानीका नगर पञ्चायत र गाउँ पञ्चायतका पञ्चहरूले नापी शाखासँग मिलेर हजारौँ हजारलाई लालपुर्जा बाँड्न थाले ।
प्रजातन्त्र पुनः स्थापनापछि जिल्ला–जिल्लाका साहुमहाजन, उद्योगपति र ठेकेदारहरू काठमाडौँमा बसाइँ सरे ।
राजधानीको विकास निर्माणको ठेक्कामा नवआगन्तुक ठेकेदारहरूले विष्णुमती, बाग्मती र मनोहरामा बालुवा झिक्न लगाए । काठमाडौँ झन्झन् प्रदूषित हुनथाल्यो ।
१० वर्षे माओवादी गृहयुद्धले जिल्ला र सदरमुकामहरूका ठुला–ठालु र धनीमानीहरू ज्यान जोगाउन राजधानी पुगे । त्यसपछि काठमाडौँ उपत्यकामा घरजग्गाको व्यापार र दलालहरूको बिगबिगी बढ्यो ।
एमाले र माओवादीहरूले राजनैतिकरूपले काठमाडौँ कब्जा गर्न जिल्ला – जिल्लाका आ–आफ्ना कार्यकर्ता र मतदाताहरूलाई नदी र खोला किनारको पर्ती जग्गामा बस्ती बसाउन लगाए ।
काठमाडौँको मूल सडकको घुइँचो र जाम घटाउने उद्देश्यले उपत्यका नगर विकास र अन्य आयोजनाहरूले नदी र खोला किनार मिच्दै दुवैतिर ‘करिडोर’ भनी पक्की सडक बनाए । बाग्मतीकै बीच – बीचमा टापु, रेष्टुराँ, पार्क बनाइए र दुवै किनारका सुन्दर घाटहरूमाथि सडक बनाइयो । नदी र खोला ५ भागको १ भागमात्र बाँकी रह्यो, खाली भूमिमा ठूलाबडाका भवन र सुकुमवासीहरूको बस्ती बसाइयो । यसमा सरकारी संस्थाहरू, शासक दल र नेताहरू जिम्मेवार छन् ।
Leave a Reply