लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २५ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले एमसीसी सम्झौता थाहा पाइकन विष खानुजस्तै हुने उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाकोे शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध भइरहेको अवस्थामा आफ्नो आर्थिक अध्यादेश २०७८ को अस्वीकार पेश गर्न सहज नहुनेतर्फ सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद सुवालले अमेरिकी साम्राज्यवादले बाँकी संसारलाई दुःख दिइरहेको उल्लेख गर्नुभयो ।
एमसीसी सम्झौताबारे अमेरिकी अधिकारीहरूको हिन्द–प्रशान्त सैन्य गठबन्धन नभएको सय थरीको भनाइमा फस्न नहुने उल्लेख गर्दै सांसद सुवालले बुढो बाघले सुनको चुरा देखाएर शिकार गर्ने कथाबारे चर्चा गर्नुभयो । उहाँले एमसीसीको विरोधमा भदौ २१ गते भएको शान्तिपूर्ण जुलुस र सभामा गृह प्रशासनले नेमकिपाका कार्यकर्ताहरूमाथि लाठी प्रहार गरी दर्जनौँ कार्यकर्ता घाइते बनाएको अमेरिकी सरकारलाई खुशी पार्न किन होइन भनी प्रश्न राख्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकामा गोरा प्रहरीले कालो वर्णका जर्ज फ्लोयडको घाँटी थिचेर हत्या गरेपछि ह्वाइट हाउस अगाडि पुगेको जनआक्रोसदेखि तर्सेका तत्कालीन राष्ट्रपति ट्रम्प बङ्करमा लुकेका थिए । दक्षिण भारत पुगेका भारतका प्रम मोदीलाई हरेकपल्ट कालो झन्डासहित विरोध हुन्छ । शान्तिपूर्ण विरोध प्रदर्शनलाई दबाएकी भारतीय प्रम इन्दिरा गान्धीलाई नाकैमा थप्पड हानिएको थियो ।”
“एमसीसी सम्झौताको विरोधमा नेमकिपाले गत वर्ष नै काठमाडौँस्थित अमेरिकी राजदूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन र राजदूतावासमार्फत तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्झौता खारेज गर्न पत्र पठाएका थियौँ”, उहाँले भन्नुभयो ।
उहाँले सचेत गराउनु भयो, “अमेरिकी नियोग एमसीसीका उपाध्यक्ष फातिमा सुमार शासक दलका नेताहरूलाई एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन दबाब दिन काठमाडौँ आएकी थिइन् । प्रम देउवाले पूर्ववर्ती ओली सरकारको अध्यादेश बजेटलाई जस्ताको तस्तै पारित गरेर एमालेसहितको सहमतिमा एमसीसी सम्झौता पारित गर्ने तयारी गर्दै छन् । नेपाली काङ्गे्रसको ललिपपमा एमाले फस्नु हुँदैन ।”
सांसद सुवालले अगाडि भन्नुभयो, “एमसीसी सम्झौता पारित गर्न खोज्ने नेताहरू अफगानिस्तानका राष्ट्रपतिजस्तै चाँडै देश छाडेर भाग्नुपर्ने दिन आउने छ । यसकारण अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौता खारेज गर्न गराउन नेपाली जनता र देशको पक्षमा उभिन सम्पूर्ण सांसदहरूमा आग्रह गर्दछु ।”
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध भइरहँदा ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ को अस्वीकार पेश गर्न सहज नहुनेतर्फ सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै भएकोमा जोड दिनुभयो । माओवादीका प्रम बाबुराम भट्टराईले यो सम्झौताको आधार तयार गरेपछिका प्रमहरूले यसलाई अघि बढाएकोमा उहाँले विरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताले एसियामा युद्ध थोप्ने छ भने विश्वमै अशान्ति मच्चाउने छ । अमेरिकाले एसियालाई हतियार बेच्ने थलो बनाउने छ । एमसीसी सम्झौता सैन्य गठबन्धन नभएको अमेरिकी अधिकारीहरूको दाबी ‘बाघले शाकाहारी’ दावी गरेजस्तै हो अर्थात् मिति नाघेको खाद्यान्न अर्थात विषालु भइसकेको खाद्यान्नमा रिलेबलिङ गर्नुजस्तै हो ।”
उहाँले भन्नुभयो, “अहिले हिन्द–प्रशान्त क्षेत्रमा ३ लाख ७५ हजार अमेरिकी सेना तैनाथ गरिएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरिएपछि नेपालमा पनि अमेरिकी सैन्य अखडा हुने छ । नेपाल अमेरिकी नवउपनिवेश बन्ने छ । आर्थिक सहयोग र शान्तिको नाउँमा अमेरिका पुगेको देश ध्वस्त भएको पछिल्लो उदाहरण अफगानिस्तान हो ।”
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध भइरहेको अवस्थामा आफ्नो विनियोजन अध्यादेश २०७८ को अस्वीकार पेश गर्न सहज नहुनेतर्फ सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद सुवालले शेयर कारोवारमा मूल्य घटेको समाचार आयो । अर्थमन्त्रीले राष्ट्र बैङ्कको गभर्नरलाई फोन गर्नुभयो । फेरी शेयरको मूल्य बढ्योे । के अर्थमन्त्रीको फोनले शेयरको मूल्य बढ्छ ? भनी प्रश्न गर्नुभयो ।
“पोखरास्थित मणिपाल कलेज सरकारी जग्गामा बनेको हो । त्यो कलेज सरकारी जग्गासहित बिक्री गरियो । कलेजले जनताको सम्पत्ति सरकारी जग्गा र भवन कसरी बिक्री गर्न पाउँछ ?” उहाँले प्रश्न गर्नुभयो ।
शान्तिपूर्ण जुलुसमा भाग लिएका हाम्रा युवा–विद्यार्थी कार्यकर्ताहरूको टाउको फोड्ने गृह प्रशासनमाथि छानबिन गरी कारबाही हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले एमसीसी सम्झौताको विरोधमा शान्तिपूर्ण रूपमा जुलुस गर्न नपाउने के यो राणा शासन हो ? के यो पञ्चायती व्यवस्था हो ? भनी प्रश्न गर्नुभयो ।
Leave a Reply