भर्खरै :

महामारीले नछोएको बीआरआई

हङकङ, २२ डिसेम्बर । डिसेम्बरको सुरुवातमा भूपरिवेष्ठित (ल्यान्डलक) देश लाओसले भूमिजडित (ल्यान्ड लिङ्क) केन्द्र बन्ने आफ्नो राष्ट्रिय सपना साकार बनाउन ठूलो फड्को मा¥यो । चीन–लाओस रेलमार्गको सुरुवातसँगै लाओसको भूमिजडित केन्द्र बन्ने सपनाले फड्को मारेको हो ।
दक्षिणपूर्वी एसियाली देश लाओस समुद्रसम्म पहुँच नभएको सो क्षेत्रको एउटैमात्र देश हो । लाओसका राष्ट्रपति थोङलोन सिसोलिथले सो अवसरमा ‘गौरवशाली क्षण र लाओसका सबै आदिवासी जनताको सपना’ भनी खुसी व्यक्त गरे ।
लाओसमा पहिलो विद्युत्तीय रेलमार्ग चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड परियोजनाबाट सम्भव भएको हो । संसारभर सम्पर्क विस्तारको लागि चीनको बृहत् परियोजनाले भियतनाममा पनि पहिलो मेट्रो लाइन बनाउन सम्भव बनायो । नोभेम्बरबाट सुचारु भएको सो मेट्रो लाइनले हनोइलाई व्यापारिक केन्द्र बन्न थप मद्दत ग¥यो ।
आज एसिया–प्रशान्त क्षेत्र विस्तारित पूर्वाधार सञ्जालको केन्द्र बनेको छ । बितेका वर्षमा बीआरआई परियोजनाअन्तर्गत बनेका नयाँ पुल, बाँध, राजमार्ग, ऊर्जा प्रसारण लाइन र रेलमार्गले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्रता दिएको छ । कोभिड–१९ महामारीले पनि पूर्वाधार विकासलाई रोक्न सकेको छैन । मलेसियाको पूर्व तटीय रेल लिङ्कका सबै कर्मचारी र प्राविधिकहरूले अक्टोबर महिनामा पूर्णरूपमा खोप पाइसकेका छन् ।
संसारभरका १४१ देश र १९ संयुक्त राष्ट्र सङ्घीय नियोगसहित ३२ अन्तर्राष्ट्रिय सङ्कठन बीआरआईमा सामेल भइसकेका छन् ।
बङ्कलादेशमा उदाहरणीय पद्मा पुलको निर्माण सम्पन्न हुने क्रममा छ । नदी किनाराको दक्षिणपश्चिम देश बङ्कलादेशको विकास र गरिबी न्यूनीकरणलाई गति दिन सो रेलमार्ग पुलले ठूलो योगदान गर्नेछ । साथै अन्तर एसियाली रेलमार्ग सञ्जालको परियोजना साकार बनाउन त्यसले प्रमुख बिन्दुको काम गर्नेछ ।
पद्मा पुलमा बलौटे नदीको पिँधमा ४० वटा खम्बा छन् । बङ्कलादेशका परियोजना इन्जिनियर देवान मोहम्मद अब्दुल कादेरले भने, “हरेक खम्बा र हिस्सा चिनियाँ इन्जिनियरहरूको लागि ठूलो चुनौतीको विषय थियो ।”
चीन–लाओस रेलमार्गअन्तर्गत ४२२ किलोमिटरको लाओसको खण्डमा ७५ वटा सुरुङ बनेका छन् । त्यहाँ र बेल्ट एन्ड रोड परियोजना लागु भएका अन्यत्र पनि अत्याधुनिक प्रविधि र तरिकाले भौगोलिक जटिललाई सहज बनाएको छ ।
चिनियाँ व्यवस्थापन र प्राविधिक स्तरको विस्तृत प्रयोग गरिएको छ । पूर्व मलेसियामा रेलमार्ग निर्माणको क्रममा मलेसियाली मजदुरको सुरक्षामा सहयोग गर्न सुरक्षा तालिमको लागि भीआर प्रणालीले भर्चुअल कार्यस्थल उपलब्ध गराएको छ । चीनको सुरुङ खन्ने मेसिनले पनि त्यहाँको परियोजना ठूलो मद्दत गरिरहेको छ ।
काराकोरम राजमार्गको दोस्रो चरणलाई यो वर्ष संसारकै सबभन्दा उत्कृष्ट परियोजनामध्ये एउटा भएको संरा अमेरिकाको एउटा इन्जिनियरिङ पत्रिकाले घोषणा गरेको छ । चीन–पाकिस्तान आर्थिक क्षेत्रको हिस्साको रूपमा राजमार्ग बनाउने काम ४६ वटा निर्माणाधीन परियोजनामध्ये सम्पन्न भएको एउटा परियोजना हो । पाकिस्तानले आफ्नो राष्ट्रिय विकासको लागि त्यो आर्थिक क्षेत्रलाई निर्णायक पूर्वाधार मानेको छ ।
सफा र हरित
बीआरआईअन्तर्गत कोइला प्रयोग हुने कुनै पनि परियोजना बनाइने छैन । बरु धेरै सङ्ख्यामा जलविद्युत् परियोजनाको बन्ने क्रम जारी छ ।
उत्तरपूर्वी थाइल्यान्डमा सिरिनध्रोन बाँध निर्माणअन्तर्गत त्यहाँको जलविद्युत् परियोजनासँगै पानीमा तैरिने सौर्य खेती पनि बनाइएको छ । थाइ सरकारले अरू पन्ध्र स्थानमा यो ढाँचाको विस्तार गर्ने योजना बनाएको छ । हरित न्यून कार्बन वृद्धि गर्ने प्रतिबद्धताअन्तर्गत ती परियोजना विस्तार गरिने योजना बनाइएको हो ।
बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत बनाइने सबै परियोजनाहरू वातावरणमैत्री छन् । सबै परियोजनाले स्थानीय पर्या–पर्यावरणको संरक्षण गरिएको छ । लाओसमा रेलमार्ग निर्माणको क्रममा १ लाख १० हजार रोजगारी सिर्जना गरियो । तर, रेलमार्ग बनिसकेपछि पनि त्यो ठाउँ पहिला जति हरियो र सुन्दर थियो, त्यत्ति नै सुन्दर र मनोरम रह्यो ।
“सामान्यतः निर्माण कार्य पछि हरियाली सखाप हुन्छ । तर, उच्चस्तरको इन्जिनियरिङको प्रयोगले त्यसो हुने गर्दैन । हामी बाटो बन्ने स्थानलाई त्यस्तै राख्न चाहन्छौँ जस्तो हामीले सुरुमा देखेका थियौँ”, लाओसको रेलमार्ग निर्माणमा खटिएका प्रमुख इन्जिनियर ह्वाङ दैवेनले भने ।
जलविद्युत्को बाँध र तटबन्ध बनाउँदा पनि त्यहाँको वन्यजन्तु बाँचेको परिवेशको संरक्षण्मा विशेष ध्यान दिइन्छ । नदीमा बाँध निर्माणको क्रममा नदीमा पाइने स्थानीय प्रजातिको माछाको संरक्षण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *