भर्खरै :

ओलम्पिकमा प्रभुत्ववादी कुनीति

पेइचिङ, २९ जनवरी । संरा अमेरिका आफ्ना प्रतिस्पर्धीप्रति कहिल्यै पनि नरम बन्न जानेको छैन । बरु, प्रतिस्पर्धीको खुट्टा तान्न उसले हरेक तिकडम लगाउने गरेको छ । शीतयुद्धमा सोभियत सङ्घलाई पराजित गर्न उसले आर्थिक र प्राविधिक नाकाबन्दीका अनेक थरी रणनीतिक प्रयोग गरेको थियो । हतियारको प्रतिस्पर्धादेखि ‘रङ्गीन क्रान्ति’ र स्टार वारसम्म उछाल्न उसले कुनै कसर बाँकी राखेको थिएन । सन् १९८५ मा उसले जापानलाई प्लाजा सम्झौतामा हस्ताक्षर गर्न दबाब दियो । त्यो सम्झौतापछि डलरको दाँजोमा जापानी मुद्रा येनको मूल्य घट्यो । जसले जापानको आर्थिक अवस्थालाई सधैँको लागि कमजोर बनायो ।
धेरै अवस्थामा संरा अमेरिकाले अल्पकालीन भूराजनीतिक स्वार्थ पूरा गर्न आफ्नो अन्तर्राष्ट्रिय छवि र विश्वसनीयताको व्यापार गर्दै आएको छ । कहिलेकाहीँ त्यस्ता काम रहस्यमयी हुने गर्छ । सन् १९९९ मा मानव अधिकारको नाममा युगोस्लाभियाविरुद्ध दुई महिनाभन्दा बढी समय संरा अमेरिकाले हवाई हमला गरेको थियो । सन् २००३ मा संरा अमेरिकाले ‘लुगा धुने सोडा भरिएको टेस्ट ट्युब’ लाई इराकसँग भएको आमविनाशकारी हतियारको प्रमाणको रूपमा देखाएर इराकविरुद्ध हमला गरेको थियो । संरा अमेरिकाका तत्कालीन विदेश सचिव कोलिन पावलले त्यस्तो नक्कली काम गरेका थिए । संसारका अन्य धेरै ठाउँमा पनि संरा अमेरिकाले आफ्नो प्रतिकूल सरकारलाई ढाल्ने र अपदस्थ गर्ने गर्दै आएको छ ।
अब समय बदलिसकेको छ । संरा अमेरिकाले अहिले चीनलाई निशाना बनाएको छ । चीन पूर्वको देश हो । धेरै कुरामा चीन संरा अमेरिकाभन्दा फरक छ । सबभन्दा मुख्य कुरा त राजनीतिक व्यवस्थाको आधारमा चीन ऊभन्दा फरक छ । संरा अमेरिकाले कल्पना गर्न नसकेको कुरा चीनले हासिल गरिसकेको छ । संरा अमेरिकाले आफैलाई ‘देवभूमि’ दाबी गर्दै उसले चीनको विकासमा तगारो बिछ्याउन हरसम्भव उपायको प्रयोग गरेको छ ।
चिनियाँ नागरिकलाई पक्राउ गरेर, तेस्रो देशलाई मतियारको रूपमा प्रयोग गरेर वा आफ्नो स्वार्थ फत्ते गर्न अन्तर्राष्ट्रिय सङ्गठनलाई अपहरण गरेर भए पनि संरा अमेरिका आफ्नो प्रभुत्व जोगाउन जस्तोसुकै काम गर्न पछि पर्दैन । जब कि चीनले आफूलाई कहिल्यै पनि संरा अमेरिकाको प्रतिस्पर्धी भनेकै छैन । अहिले चीनमा हुन लागेको शीतकालीन ओलम्पिकलाई उसले चीनको खुट्टा तान्ने नयाँ औजार बनाउन खोजिरहेको छ ।
संरा अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कोही पनि सरकारी अधिकारी नपठाउने घोषणा गरिसकेको छ । आफ्नो त्यो निर्णयको औचित्य पुष्टि गर्न उसले अनेकन खालका बहाना वा झूटा कारण प्रस्तुत गरिरहेको छ । ‘जबरजस्ती श्रम’ र साइबर सुरक्षाजस्ता बेतुकका कारण देखाएर उसले आफ्नो कूटनीतिक बहिष्कारको औचित्य देखाउन खोजिरहेको छ ।
यही साता, रोयटर्सले ओलम्पिक सुरु हुनुअघि अवस्थालाई असहज बनाउन ‘महामारी नियन्त्रण गर्न कडा तरिका अपनाएको’ भन्दै चीनमा रहेका अमेरिकी कूटनीतिक अधिकारीहरू र उनीहरूका परिवारलाई फिर्ता बोलाउन अमेरिकी विदेश मन्त्रालयले तयारी गरेको खुलासा ग¥यो ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सभापति थोमस बचले ओलम्पिकको राजनीतिक बहिष्कार गर्नुको कुनै अर्थ नभएको बताएका छन् । बहिष्कारले खेलाडी र दर्शकलाई मात्र निरुत्साहित गर्नेछ । त्यसो गर्नु ओलम्पिकको भावनाविपरीत हो । खेल क्षेत्रका सबै मूल्य र भावनाको यो उपेक्षा हो ।
संरा अमेरिकाको स्मरणशक्ति निकै कमजोर छ । इतिहासबाट सिक्ने मामिलामा त ऊ झनै कमजोर छ । सन् १८९२ मा आधुनिक ओलम्पिक खेलकुदका दूरदर्शी संस्थापक ब्यारन पिएरे दे कोबर्टिनले ओलम्पिकको पुनःजीवनको प्रस्ताव गरेका थिए । यसमा राजनीतिसँग कुनै लिनुदिनु थिएन । मानव जातिको भलो नै यसको मूल लक्ष्य थियो । इतिहासका सबै ओलम्पिक खेलमा यही भावना प्रदर्शित भयो । यही नै सबै राष्ट्रको लक्ष्य हुनुपर्छ । खराब वातावरणमा जीवन बाँचिरहेको समय होस् वा अत्याधुनिक प्रविधिको उपयोग गरिरहेको समय होस्, सबैको लक्ष्य यही नै हुनुपर्छ । ‘सँगै–तेज, उच्च र शक्तिशाली’ बन्ने ओलम्पिक भावनाअनुसार संसारलाई आफ्नो खेलबाट प्रभावित बनाउन र प्रभाव पार्न खेलाडीहरूले मिहिनेत गर्ने समय हो ओलम्पिक ।
विगत र वर्तमानले पनि ओलम्पिकमा राजनीतिक हस्तक्षेप बन्द गर्न संरा अमेरिकालाई मनग्य कारण दिएको छ । मानव उपलब्धिको यो विश्व उत्सवमा केही समयमात्र भए पनि अविचलित भएर खुसियाली मनाउनुपर्छ । संरा अमेरिकाले अब शीतयुद्धकालीन मानसिकता त्याग्नुपर्छ । उत्तम मानव समाज बनाउने ब्यारन पिएरे दे कोबर्टिनको भावनालाई अघि बढाउनुपर्छ ।
सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *