युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
किभ, २९ जनवरी । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले पश्चिमा देशका सरकार र सञ्चारमाध्यमहरूलाई रुसी सेनाले युक्रेनमाथि हमला गर्न लागेको भनी भय नफैलाउन आग्रह गरेका छन् । पश्चिमा देश र सञ्चारमाध्यमहरूले रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्ने आशयका समाचार लगातार प्रचार गर्न थालेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
युक्रेन समुद्रमा डुब्न लागेको टाइटानिक जहाज नभएको भन्दै उनले रुसी सेनाबारे पश्चिमा मनोरोग समाप्त गर्न आग्रह गरे । उनले युक्रेनी जनतालाई नआत्तिन पनि आह्वान गरे । युक्रेनी जनतामा भय फैलाउन आफ्नो काम नभएको बरु वाशिङ्टन त्यसको लागि दोषी भएको जेलेन्स्कीले भने । उनले पश्चिमा सञ्चारमाध्यमले यो मनोरोगलाई अझ फैलाएको भन्दै यस्ता गलत प्रचारबाजीले युक्रेनी अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको बताए ।
“सडकमा कुनै ट्याङ्क छैन”, उनले भने ।
युक्रेनको राजधानी किभमा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूबीच बोल्दै जेलेन्स्कीले भने, “सडकमा कुनै ट्याङ्क छैन । तर, सञ्चारमाध्यमहरूका प्रचार हेर्दा अहिले नै लडाइँ भइरहेको र सडकमा सेना दौडिरहेको जस्तो भान हुन्छ । खास अवस्था त्यस्तो छैन । आत्तिनुपर्ने कुनै कारण छैन ।”
उनले भने, “मेरो विचारमा अहिलेको अवस्था पहिलाको अवस्थाभन्दा कति पनि फरक छैन, त्यसको अर्थ तनाव बढ्न सक्छ भन्ने सम्भावना नै नभएको होइन ।”
जेलेन्स्कीले पश्चिमा प्रचारबाजी र प्रतिक्रियाले युक्रेनको अर्थतन्त्रमा नकारात्मक असर पारेको र अहिले युक्रेनको सबभन्दा ठूलो चुनौती भनेको आन्तरिक अस्थिरता भएको बताए ।
शुक्रबार युक्रेन नेताले फ्रान्सका समकक्षी इमानुएल माक्रोंसँगको टेलिफोन वार्तामा रुससँग किभको समस्याले ‘तनावको रूप लिनसक्ने सम्भावना’ घटाउन सघन अन्तर्राष्ट्रिय वार्ताको लागि आग्रह गरेका थिए ।
“परिस्थिति मिलेसम्म हामी भेटौँ र कुरा गरौँ”, ट्वीटरमा जेलेन्स्कीले ट्वीट गरे । उनले कूटनीतिक वार्तालाई जारी राख्ने विषयमा माक्रोंसँग सहमति जनाए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संरा अमेरिका र नाटोले युक्रेनसँग पूर्व–पश्चिम तनावको सन्दर्भमा रुसले राखेका प्रमुख सुरक्षा माग सम्बोधन नभएको तथापि मस्को वार्ताको लागि तयार भएको बताएपछि जेलेन्स्कीले यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।
Leave a Reply