भर्खरै :

मध्यपुर थिमिको इन्द्रायणी मन्दिरबाट चोरिएका केही सामग्री फेला

मध्यपुर, १६ माघ । मध्यपुर थिमि नगरपालिका–४ मा रहेको इन्द्रायणी मन्दिर परिसरको भण्डार कोठाबाट शनिबार एतिहासिक महत्वका सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरू चोरी भएको थियो । मन्दिर परिसरको भण्डार कोठाबाट भण्डारमा रहेका सामानहरू दुई वटा ताल्चा फुटाएर चोरी भएको थियो ।
शनिबार चोरी भएका ती सामग्रीहरूमध्ये केही सामग्रीहरू आइतबार बिहान फेला परेको छ । बालकुमारी बिष्णुवीर सामुदायिक वनअन्तर्गतको ताहापाखा वनमा फालिएको अवस्थामा ती सामग्रीहरू भेटिएको स्थानीय युवा विकेश श्रेष्ठले जानकारी दिनुभयो ।
चोरी भएका सामग्रीहरूमध्ये भुस्या ५ वटा, झ्यालि २ वटा, शंख १ वटा र छुस्या ६ वटा भेटिएको हो । बाँकी सामाग्रीहरूको खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।
पछिल्लो समयमा उपत्यकाका विभिन्न ठाउँमा मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोह नै सक्रिय भइरहेको र पुनः घटना दोहरिन नदिन सम्पूर्ण समुदाय तथा सुरक्षा निकाय सक्रिय रहनुपर्ने सांस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले बताउनुभयो ।
तस्बिरः रत्नकाजी प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *