राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
पेइचिङ, ३० जनवरी । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनतालाई बसन्त पर्व अर्थात् चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले आधुनिक समाजवादी देशको रूपमा चीनलाई अघि बढाउन मिहिनेत गर्न आह्वान गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहनुभएका सीले आइतबार पेइचिङको ग्रेट हलमा आयोजित कार्यक्रममा बोल्दै चिनियाँ जनताको नाममा यस्तो सन्देश दिनुभएको हो । उहाँले चीनका सबै जातिका जनता, हङकङ, मकाउ र ताइवानका देशवासी र विदेशमा बसेका चिनियाँलाई पनि शुभकामना दिंदै भविष्यतिर अघि बढ्न आग्रह गर्नुभयो ।
“गोरु वर्ष समाप्त हुँदै छ । यो वर्ष हाम्रो लागि इतिहासको समीक्षा गर्ने, इतिहासको सम्मान गर्ने र भविष्यतिर हेर्ने वर्ष रह्यो”, राष्ट्रपति सीले पार्टी र देशको लक्ष्य अघि बढाउन उल्लेखनीय नयाँ उपलब्धि हासिल भएको चर्चा गर्दै भन्नुभयो ।
उहाँले शुभकामना सन्देशमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष, उन्नाइसौँ चिकपा केन्द्रीय समितिको छैटौं विस्तारित बैठकको सफलता र सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज निर्माणमा प्राप्त ऐतिहासिक सफलताबारे चिनियाँ जनतालाई प्रकाश पार्नुभयो ।
चीन अझै पनि विश्व आर्थिक विकास र महामारी नियन्त्रण र रोकथाममा लागिपरेको छ । साथै नयाँ विकासको फड्को मार्न अग्रसर छ । उच्च गुणस्तरीय विकासमा नयाँ उपलब्धि हासिल गर्न अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
“कार्वन डायोअक्साइड उत्सर्जन कम गर्न भइरहेका कामलाई अझ उचाइमा लगिएको छ र कार्वन शून्यता हासिल गर्न दिलोज्यानले लागिएको छ”, सीले भन्नुभयो ।
“आगामी वर्षमा चिकपाको बीसौँ राष्ट्रिय महाधिवेशन हुँदै छ । महाधिवेशनमा बितेका पाँच वर्षको समीक्षा हुनेछ र आगामी वर्षको लागि विकासको नयाँ आधारपत्र तयार गरिनेछ”, सीले थप्नुभयो ।
चिकपा सबै हिसाबले चीनलाई एउटा आधुनिक समाजवादी देश बनाउने र सन् २०४९ सम्ममा दोस्रो शताब्दी लक्ष्य हासिल गर्ने नयाँ यात्रामा अघि बढ्दै गर्दा हुन लागेको महाधिवेशन महत्वपूर्ण समय भएको भन्दै सीले आगामी महाधिवेशन चिकपा र चीनको लागि ठूलो राजनीतिक महत्वसहितको कार्यक्रम हुने बताउनुभयो ।
“चीनले विकास र सुरक्षाबीच समन्वय गर्नेछ, विकासको नयाँ चिन्तन व्यवहारमा लागु गर्ने, सुधार र खुलापनलाई विस्तारमा अघि बढाइनेछ र उच्च गुणस्तरको विकास प्रवद्र्धन गरिनेछ”, राष्ट्रपति सीले भन्नुभयो ।
सन् २०२९ मा चीनले नयाँ विकासको ढाँचा प्रवद्र्धन गर्ने रणनीतिक निर्णय गरेको भन्दै उहाँले सो रणनीतिअन्तर्गत घरेलु बजारलाई मूल्य आधार बनाएर घरेलु र वैदेशिक बजारलाई सँग–सँगै अघि बढाएको बताउनुभयो ।
Leave a Reply