भर्खरै :

जनताको सेवामा समर्पित हुनु नै जनप्रतिनिधिको काम

सत्तासीन र ठूला दलका नेताहरू बढी सीट जित्नुलाई नै सच्चाइको मापदण्ड ठान्छन् । ठूलो दल बनेपछि या बढी सीट जितेपछि उनीहरू आफूलाई बहादुरी ठान्छन् र अन्य दलको स्वरलाई दबाउँछन् । तर, उनीहरू पैसा र सामान बाँडेको भुल्छन्, लोभलालच देखाएर मत लिएको बिर्सन्छन् । जनप्रतिनिधिहरू जनतासँग भिज्नुपर्छ, जनताको माझ पुगेर दुःख व्यथा बुझ्नुपर्छ । जनताको घर दैलो चिन्नुपर्छ । राजनीतिक चेतना चुनावको बेलामात्र होइन अन्य समयमा पनि दिनुपर्छ र जनतासँग घुलमिल हुनुपर्छ, देशको जल्दोबल्दो विषयमा जनतालाई सुसूचित पार्नुपर्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशबारे जनतालाई बुझाउनुपर्छ । जनप्रतिनिधिहरूले देश र जनताको सेवा गर्ने अभिलाषा लिएर काम गर्नुपर्छ । जनताको सेवामा समर्पित हुनु नै जनप्रतिनिधिको काम हो ।
गठबन्धन गरेर बढी सीट जित्नु त्यो दलको वास्तविक प्रगति होइन । धेरै दल मिलेपछि स्वाभाविकरूपमा बढी सीट जितिन्छ । भागबन्डा गरेर, पैसा र सामान बाँडेर या डर–धम्की दिएर बढी सीट जितेको देखाउनु बहादुरी होइन । सत्तासीन र ठूला दलले बढी सीट अहिलेमात्र होइन, पहिले पनि धेरै सीट जितेकै हुन् । तर, गाउँ–ठाउँको विकास गर्ने र जनताको काममा सहज ढङ्गले सहयोग पु¥याइरहेको देखिँदैन । चुनावको बेला हात जोड्दै जनताको घर आँगन पुगेका उम्मेदवारहरू निर्वाचित भएपछि न घर दैलो पुग्छन् न त जनताको सुख–दुःख नै बुझ्छन् । अझ एउटा निर्वाचन सकेपछि अर्काे निर्वाचनमा जाने गरेका जनप्रतिनिधिहरू पनि देखिए । यस्तो तरिकाले जनताको सुखी र समृद्धि बनाउने सरकारको सोच कसरी पूरा हुन्छ ?
मुख्य कुरा दल ठूलो हुनु या बढी सीट जित्नु होइन । बढी सीट जितेर जनताको सेवा हुने मौलिक काम ठूला दलका नेताहरूले कहाँ के गरे ¤ हाम्रो समाजमा अझै लैङ्गिक असमानता छ, महिला हिंसा बढेको छ । महिला बेचबिखन र दुव्र्यवहार बढेको बढेकै छ । जातीय विभेद अन्त्य भएको छैन । मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन गर्ने जिम्मा सरकारकै हो । आफ्नो अधिकारको खोजी गर्दा कर्तव्य भुल्नु हुँदैन । राजनीतिक दलका नेता र कार्यकर्ताहरूको यस्तै व्यवहारले गर्दा जनतामा असन्तोष बढेको हो । काठमाडौँ राजधानीमा बालेन साहको चर्चा त्यत्तिकै भएको होइन । एक स्वतन्त्र व्यक्तिले पार्टीको भन्दा बढी मत लिनु भनेको सामान्य होइन । निर्वाचित भएपछि, जनप्रतिनिधिहरूले जनताको विश्वास गुमाएको हुँदा, आफ्नो दायित्व र कर्तव्य भुलेको हुँदा नपत्याउने खोलाले बगाउँछ भनेझैँ स्वतन्त्र उम्मेदवारहरूले बढी मत पाउन थालेका छन् । यो शुभ सङ्केत होइन । यो राजनीतिक दलको निम्ति ठूलो चुनौती हो । तर, पनि ठूला दलका नेताहरू इमानदारीपूर्वक राजनीति गर्दैनन् । अनि किन जनतामा असन्तोष बढ्दैन र ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *