भर्खरै :

अमेरिका प्रेस स्वतन्त्रताको रक्षक होइन, भक्षक हो

अमेरिका प्रेस स्वतन्त्रताको रक्षक होइन, भक्षक हो

संरा अमेरिकी सरकारले अन्य देशको सार्वभौम सत्ता मिच्छ र तिनको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ । यी चलखेललाई न्यायोचित देखाउन उसले अनेक रणनीति अपनाउँछ । आफ्ना विपक्षीहरूले वाक स्वतन्त्रता मिचेको भनेर आरोप लगाउनु वासिङटनको मुख्य दाउपेच हो ।
यो आरोप विरोधाभाषपूर्ण छ । किनभने, संरा अमेरिका प्रेस स्वतन्त्रता हनन गर्नमा विश्वमै सबैभन्दा अगाडि छ ।
वासिङटनले प्रेस स्वतन्त्रता हनन ग¥यो भनी दाबी गर्ने धेरै देशहरूभन्दा संरा अमेरिका एक अर्थमा फरक छ । अमेरिकी सरकारले विश्वभरि स्वतन्त्र मिडियाहरूमा सेन्सर लगाउँछ र वैकल्पिक स्वरको मुख थुन्छ । यसरी उसले विश्वभरिका जनतालाई चोट पु¥याउँछ ।
जो बाइडेन सरकारले आफूलाई नागरिक स्वतन्त्रताको रक्षकको रूपमा चित्रण गर्न हुनीहुनामी गरेको छ ।
गत मे महिनामा ह्वाइट हाउसले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एउटा वक्तव्य प्रकाशित ग¥यो । वक्तव्यको उद्देश्य रुसलाई वाक स्वतन्त्रता हननकर्ता देखाउनु र संरा अमेरिकालाई वाक स्वतन्त्रताको पावन रक्षक देखाउनु थियो । तर, वास्तविकता उल्टो छ । पत्रकारहरूलाई थुनछेक गर्ने काममा मस्कोभन्दा वासिङटन कता हो कता दोषी देखिन्छ ।

जुलियन असान्जप्रतिको अमेरिकी सरकारको रवैयाले विश्वभरिको वाक स्वतन्त्रता धरापमा पारेको छ
विश्वप्रसिद्ध पत्रकार जुलियन असान्जलाई सजाय दिलाउन संरा अमेरिकाले जुन निरङ्कुशता देखाएको छ, त्यसले प्रेस स्वतन्त्रता रक्षकको अमेरिकाको बहुप्रचारित छवि रुखो पाखण्डसिवाय केही होइन भन्ने देखाएको छ । असान्ज प्रकरण संरा अमेरिका प्रेस स्वतन्त्रताविरोधी छ भन्ने कुराको सबैभन्दा तीतो विम्ब हुन् ।
असान्ज विसलब्लोइङ पत्रकारिता गर्ने वेबसाइट विकीलिक्सका संस्थापक र प्रकाशक हुन् । उनीमाथि संरा अमेरिकाले सबैभन्दा क्रुर हमला गरेको छ । इतिहासमा कुनै पनि सरकारले वाक स्वतन्त्रतामाथि यति ठूलो हमला गरेको थिएन । यसको असर सारा संसारभरि पर्नेछ ।
असान्जविरुद्ध अमेरिकी मुद्दा पत्रकारिताको अपराधीकरण हो ।
वासिङटनले असान्जलाई सुपुर्दगी गरी देश ल्याएर सजाय दिन खोज्दै छ । जब कि असान्ज अस्ट्रेलियाका नागरिक हुन् । अमेरिकी युद्ध अपराध उदङ्गयाउने गरी सत्यतथ्य जानकारी प्रकाशित गर्ने ‘अपराध’ गर्न उनी कहिल्यै अमेरिकामा बसेका छैनन् । अथवा, एउटा असल पत्रकारले गर्नुपर्ने पत्रकारिताका लागि उनी कहिल्यै अमेरिकामा बसेका छैनन् ।
असान्जले अमेरिकामा १८ विविध आरोपहरूमा १७५ वर्षको जेल सजाय पाउनेछन् । असान्जलाई सुपुर्दगी गर्न सफल भए अमेरिकाले उनलाई मध्ययुगीन कालकोठरीमा राख्नेछ । उनलाई बाँकी जीवन एकान्तबासमा राखिनेछ ।
संरा अमेरिका र बेलायतको मुद्दाका कारण असान्जले एक दशक कैदमा बिताइसकेका छन् । सन् २०१२ बाट विकिलिक्सका यी पत्रकारले लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए । त्यहाँभित्र उनले सात वर्ष बन्दीसरह जीवन बाँचे ।
सन् २०१५ राष्ट्रसङ्घको स्वनिर्णित कैदसम्बन्धी कार्यदलले असान्जलाई ‘स्वनिर्णित कैदी’ करार गरेको थियो र उनलाई रिहा गरेर क्षतिपूर्ति दिनुपर्ने निक्र्योल गरेको थियो ।
बेलायत सरकारले राष्ट्रसङ्घका कानुनविदहरूलाई बेवास्ता ग¥यो । उल्टो सन् २०१९ मा बेलायती अधिकारीहरू इक्वेडरको क्षेत्राधिकार मिचेर दूतावासमा पसे र असान्जलाई अपहरण गरे । (त्यसबेलासम्म असान्ज इक्वेडरका वंशजसरहको नागरिक बनिसकेका थिए ।)
सन् २०१९ यता असान्जले बेलायतको कडा पहरासहितको बेलमार्श जेलमा कहालिलाग्दो व्यवहार भोगे । उनलाई ‘आतङ्कवाद’, हत्या र अन्य जघन्य अपराधका दोषीहरूसँगै राखियो ।
स्वनिर्णित कैदसम्बन्धी राष्ट्रसङ्घको कार्यदलले अस्ट्रेलियाका पत्रकारको स्वतन्त्रता र मौलिक अधिकार खोसेको भनेर सन् २०१९ मा फेरि एकपटक बेलायत सरकारको निन्दा ग¥यो ।
बेलमार्शमा असान्जलाई दैनिक २३ घन्टा एकान्तबासमा राखिएको थियो । राष्ट्रसङ्घका कानुनविद्हरूले यस्तोखाले दीर्घकालीन एकान्तबास मनोवैज्ञानिक यातना साबित हुने दोहो¥याइरहेका छन् । संरा अमेरिका र बेलायतले बारम्बार यस्तो सजाय दिँदै आएका छन् ।
अर्को शब्दमा, पत्रकारिता गरेको ‘अपराध’ मा जुलियन असान्जलाई एक दशक कैद गरिसकिएको छ, कठोर यातना दिइएको छ र बाँकी जीवन अमेरिकी जेलमा कोच्ने चाँजो मिलाइँदै छ ।
योभन्दा क्रुर निरङ्कुशता अकल्पनीय छ । असान्जको मुद्दालाई लिएर संरा अमेरिकाले आफूले पृथ्वीको कुनै पनि पत्रकार वा व्यक्तिलाई कैद गर्न सक्ने नजीर बसाल्दै छ । त्यस नजीरबाट ती पत्रकार वा व्यक्ति जुनसुकै राष्ट्रका भए पनि अमेरिकाले तिनलाई बाँकी जीवन कालकोठरीमा राख्नेछ र यातना दिनेछ । यसको लागि वासिङटनले केही फर्जी आरोप लगाए पुग्ने भयो । त्यस व्यक्तिले आफ्नो घरेलु कानुन उल्लङ्घन गरेको दाबी गरे पुग्ने भयो ।
अमेरिकी सत्ताबाट यस्तो आततायी सजाय पाने असान्ज एक्ला व्यक्ति भने होइनन् । अमेरिकाले धेरै राजनीतिक कैदीहरू राखेको छ । तीमध्ये अश्वेत क्रान्तिकारी पत्रकार मुमिया अबु–जमाल पनि एक हुन् ।
संरा अमेरिकामा विश्वका पुगनपुग ५ प्रतिशत मानिसहरू बस्छन् । तर, विश्वका झन्डै २५ प्रतिशत कैदीहरू अमेरिकामा मात्र छन् ।

 

मिडियामाथिको अमेरिकी सेन्सरले अमेरिकालाई मात्र नभई विश्वलाई नै असर गर्छ
विश्व प्रेस स्वतन्त्रता दिवसमा गत मे महिनामा बाइडेन सरकारले जारी गरेको वक्तव्यमा “सत्य बोल्नेहरूलाई चुप लगाउने उद्देश्यले ल्याइएको ‘दुष्प्रचार’ कानुन” ल्याएकोमा रुसको निन्दा ग¥यो । पाखण्ड पनि कति हाँस्यास्पद हो ! अमेरिकी सरकारले ‘दुष्प्रचार’ को बकवासलाई प्रयोग गरेर विश्वभरिका सञ्चार माध्यम र पत्रकारहरूमाथि सेन्सरको कैँची चलाएको छ । यसको लागि उसले ती माध्यम र पत्रकारका रचनाहरूलाई डिजिटल मञ्चहरूबाट मेट्छ र हटाउँछ ।
वासिङटनले मस्कोलाई रुसमा वाक स्वतन्त्रता उल्लङ्घन गरेको आरोप लगाइरहँदा अमेरिकी सेन्सरले समग्र विश्वलाई हानि गर्दै छ ।
गत मार्चमा विश्वका सबै देशमा रुसको प्रमुख सञ्चार माध्यम आरटीका सामग्रीहरूमा सेन्सर लगाउन अमेरिकी सरकारले यूट्युबलाई बाध्य पा¥यो । त्यस्तै युरोपेली युनियनले पनि रुसी सञ्चार माध्यम आरटी र स्पुट्निकमाथि प्रतिबन्ध लगायो ।
वासिङटन र नेटो मुख्यालय ब्रसेल्सले वाक स्वतन्त्रतामाथिको यो भयावह उल्लङ्घन आवश्यक भएकोमा जोड दिए । मस्कोले युक्रेन युद्धबारे ‘दुस्प्रचार’ बढाइरहेको भन्ने उनीहरूको तर्क थियो । जब कि तिनका आफ्नै सञ्चारमाध्यमहरूले झूटा समाचार र पश्चिमी देशहरूका अवैध एवम् आक्रामक युद्धहरूलाई सही ठह¥याउने बहकाउ खबर प्रवाह गर्छन् । यसकारण, उत्तर अमेरिकीहरू टिभीका समाचारमा ११ प्रतिशत र पत्रपत्रिकामा १६प्रतिशतमात्र विश्वास गर्छन् ।
रुसी सञ्चार माध्यमहरूमाथिको यूट्युबको सेन्सरले उत्तर अमेरिका वा युरोपलाई मात्र असर गर्दैन । बरु पूरै विश्वलाई असर गर्छ । फेरि यूट्युब निजी कम्पनी मात्र होइन । बरु यसको मालिक गुगल पनि हो । गुगलको अमेरिकी सरकारसँग नङमासुको सम्बन्ध छ ।
सिलिकन भ्यालीका सबै मुख्यमुख्य कम्पनीहरूले अमेरिकी सरकारको ठेक्का लिन्छन् । गुगल, फेसबुक (फेसबुक इन्स्टाग्राम र ह्वाट्सएपको मालिक पनि हो), र ट्वीटरले अमेरिकी सरकारका एजेन्सीहरूका अरबौँ डलरबराबरका ठेक्काहरू लिएका छन् । यी एजेन्सीहरूमा सीआईए, एफबीआई, राष्ट्रिय सुरक्षा निकाय (एनएसए), रक्षा मन्त्रालय, मातृभूमि रक्षा विभाग (डीएचएस) र प्रहरी विभाग पर्छन् ।
अमेरिकी सरकारले सिलिकन भ्यालीका ठूला प्राविधिक कर्पोरेसनहरूलाई नरम शक्तिको हातखुट्टाको रूपमा प्रयोग गर्छ । आफ्नो विदेशनीतिलाई असजिला हुने सूचनाहरूमाथि कैँची लगाउँछ । यसरी उसले अन्य देशका अरबौँ जनताको वाक स्वतन्त्रता हनन गर्छ ।
यो सेन्सरसिप वा काँटछाँटलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायका अवकाशप्राप्त कारिन्दाहरूले प्रत्यक्ष हेरविचार गर्छन् । गुगल र फेसबुकले दर्जनौँ पूर्व सीआईए एजेन्टहरू र नेटो सञ्चार अधिकारीहरूलाई काममा राखेको छ । ट्वीटरले धेरै पूर्व एफबीआई अधिकारीहरूहरूलाई भर्ती गरेको छ । मध्यपूर्वसँग सम्बन्धित सामग्रीहरूको निरीक्षण गर्ने ट्वीटरको उच्च अधिकारी बेलायती सेनाको मन्त्रयुद्ध युनिटको सदस्य पनि हो । यस युनिटले आफूले ‘सूचना युद्ध’ चलाइरहेको स्वीकारेको छ ।
अमेरिकी साम्राज्यले अस्थिर बनाउन छनोट गरेको चीन, रुस, इरान, भेनेजुयला, निकारागुआ, क्युवा, सिरिया र अन्य देशहरूका सञ्चार माध्यम र पत्रकारहरूको मुख सिलिकन भ्यालीको सेन्सरसिपले थुनिदिएको छ ।
अमेरिकी सरकार र सिलिकन भ्यालीको उसको नरम शक्ति शाखाले इरानका सञ्चार माध्यमहरूमाथि निरन्तर अङ्कुश लगाउँदै आएको छ । अमेरिकी न्याय मन्त्रालयले इरान र यमनले चलाइरहेका दर्जनौँ समाचार वेबसाइटहरूका डोमेन नाम (वा पुच्छ«े नाम) समेत बन्द गराएको छ । इरानको शीर्ष समाचार संस्था प्रेस टिभीको सामाजिक सञ्जाल एकाउन्टमाथि दर्जनौँपटक सेन्सर लगाइएको छ । अमेरिकी सत्ताले उसको डोमेन नाम presstv.com बन्द गराएको थियो ।
सामाजिक सञ्जालमाथि लगाइने सेन्सरसिपले अमेरिकाको सेवा गर्छ । निकारागुआमा २०२१ नोभेम्बरमा निर्वाचन भएको थियो । निर्वाचनको मुखमै सिलिकन भ्यालीले सामाजिक सञ्जालका सान्डानिस्टा समर्थकहरूका एकाउन्टहरू काँटछाँट गरेको थियो । फेसबुक, इन्स्टाग्राम, ट्वीटर र फेसबुकका सयौँ प्रोफाइलहरू सेन्सर भयो । ती सबै सान्डानिस्टा पार्टीको समर्थनमा थिए । तीमध्ये कुनै पनि प्रोफाइल अमेरिकाले समर्थन गरेको दक्षिणपन्थी विपक्षीको थिएन । बरु उल्टो अमेरिकासमर्थक दक्षिणपन्थी विपक्षीलाई सामाजिक सञ्जाललाई निरन्तर बढावा दिइएको छ । जब कि वामपन्थीहरूका प्रोफाइलहरू बन्द गरिएको छ ।
भेनेजुयलाविरुद्ध अमेरिकाले उक्साएको विद्रोह प्रयासमा यो कुरा अझ स्पष्ट भयो । भेनेजुयलाले प्रजातान्त्रिक तवरले निर्वाचित गरेका सरकारी जनप्रतिनिधिहरूको ट्वीटरलाई बन्द गरियो । जब कि अमेरिकाले नियुक्त गरेका विद्रोही कठपुतलीहरूका सबै ट्वीटरलाई बढावा दिइयो । यी कठपुतलीहरूमा बलपूर्वक सरकार उल्ट्याउन चाहेका तर निर्वाचित हुन नसकेका जुवाँ गाइडो र उनका भ्रष्ट चाटुकारहरूको गिरोह पर्छन् ।
यी स्वतन्त्र स्वरहरूमाथि गरिएको सेन्सरलाई न्यायोचित देखाउन सिलिकन भ्यालीका कर्पोरेसनहरूले ‘दुष्प्रचार’ को कच्चो आरोप लगाउने गर्छन् । यस्तो गर्दै गर्दा ती कर्पोरेसनहरूले सरकारी सञ्चारमाध्यमबाट मोटो रकम लिन्छन् । वासिङटनका शत्रुहरूविरुद्ध प्रचारबाजीलाई बढावा दिन विज्ञापनको रूपमा यस्तो रकम लिइन्छ ।
यो त भयो प्रत्यक्ष सेन्सरसिप । यसबाहेक सिलिकन भ्यालीका ठूला कर्पोरेसनहरूले अझ सुक्ष्म सेन्सरसिप पनि गर्छन् ।
उदाहरणको लागि गुगललाई हेरौँ । मूलधारे कर्पोरेट मिडियाका वेबसाइटहरूलाई बढावा दिन गुगलले आफ्नो अलगोरिदम वा गणितीय सुत्रहरू बङ्गयाउने गर्छ । उसले सर्च रिजल्टहरू (वा खोजेका साइटहरू) लुकाउन केही सञ्चार माध्यमलाई कालो सूचीमा राखेको छ । यसको अर्थ स्वतन्त्र सञ्चारहरूको प्रकाशनमा, खासगरी वामपन्थी र साम्राज्यवादविरोधी पेजहरूमा गुगल अलगोरिदमले अवरोध हाल्छ र त्यहाँ खोजीकर्ताहरूको पहुँच घटाउँछ ।
निजत्व सुरक्षित गराख्ने भनिने र आफूलाई गुगलको विकल्पको रूपमा प्रचार गर्ने डुकडुकगो समेत राजनीतिक सेन्सरसिपमा संलग्न छ । २०२२ फेब्रुअरीमा युक्रेनमा रुसले विशेष सैन्य कारबाही थाल्यो । त्यसपछि डुकडुकगोले रुससमर्थक आरोप लागेका सम्पूर्ण वेबसाइटहरू सर्च रिजल्टमा तल पारेको घोषणा ग¥यो ।
स्वतन्त्र पत्रकारहरूलाई स्वदेशमा सेन्सर गर्ने अमेरिकी सरकारले बाह्य शत्रुलाई अस्थिर पार्न विदेशमा कथित ‘स्वतन्त्र पत्रकारहरू’ लाई खर्च दिन्छ
संरा अमेरिकाले आफ्ना अपराधहरू उदाङ्गो पार्ने पत्रकाहरूलाई दण्डित गर्छ । स्वदेशमै रहेर पनि स्वतन्त्र विचार प्रसार गर्ने सञ्चारमाध्यमहरूमा आक्रामक सेन्सर लगाउँछ । तर, विदेशमा ‘स्वतन्त्र मिडिया’ को समर्थन गरेको वासिङटनले दाबी पनि गर्छ । विश्व प्रेस दिवसको वक्तव्यमार्फत बाइडेनले विदेशमा कथित ‘स्वतन्त्र मिडिया’ लाई टेवा दिन आह्वान गरे ।
यूएसएड र नेडजस्ता सीआईएका हाँगाबिँगाले संरा अमेरिकाले सत्ता परिवर्तन गर्न चाहेका देशहरूमा सञ्चार अभियन्ताहरूलाई लाखौँ डलर खन्याउने गर्छन् । अमेरिकी सरकार ‘नागरिक समाज’ लाई सहयोग गरेको दाबी गर्छ । तर, वास्तवमा उसले वासिङटनले आफ्ना शत्रुहरूलाई अस्थिर बनाउने हतियारको रूपमा मिडियालाई प्रयोग गर्ने राजनीतिक विपक्षी समूहहरूमाथि पैसा खन्याउँछ ।
सिद्धान्ततः यी मिडिया अभियन्ताहरू ‘स्वतन्त्र’ हुँदैनन् । यिनले अमेरिकाको राजनीतिक स्वार्थ पूर्ति गर्न अमेरिकी सरकारबाट पैसा लिन्छन् । यिनीहरू अमेरिकी विदेश मन्त्रालयका परोक्ष कारिन्दा हुन् र वासिङटनको नरम शक्तिका औजार हुन् ।
यी मिडिया अभियन्ताहरूले निरन्तर झूटा
समाचार र फर्जी सूचनाको प्रचारबाजी गर्छन् । यिनले निकारागुआ, भेनेजुयला, बोलिभिया, हङकङ, सिरिया, बेलारुसलगायत देशहरूमा हिंसात्मक विद्रोह गराउन मुख्य भूमिका खेलेका छन् ।
स्वदेशमा स्वतन्त्र पत्रकारहरूलाई सजाय दिने र बाहिरफेर तिनलाई खर्च दिने प्रवृत्ति वासिङटनको फोस्रो पाखण्ड हो । यसबाट सूचना युद्धको अमेरिकी रणनीति मानवद्वेषी भएको उजागर हुन्छ । वासिङटनले आफूलाई स्वतन्त्रता र प्रजातन्त्रको दूत भनी चित्रण गर्न सक्छ । तर, उसको विश्वव्यापी साम्राज्य आफैमा स्वेच्छाचारी र क्रुर छ । अमेरिकी सरकारको दमनले विश्वभर सबैलाई असर गर्छ । अमेरिकाले आफ्नो साम्राज्य कायम राखेसम्म र पृथ्वीको समग्र राजनीतिक र आर्थिक प्रणालीलाई मुठ्ठीमा राखिरहेसम्म संसारको कुनै देश वा व्यक्ति पूर्णतः सुरक्षित रहन सक्दैन ।
(‘एमआर अनलाइन’ बाट)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *