भर्खरै :

राष्ट्रपतिका लागि नेका ¥याल चुहाउँदै

राष्ट्रपतिका लागि नेका ¥याल चुहाउँदै

एमालेसमेत सहभागी भएको वर्तमान गठबन्धनका दलहरूले सभामुख हात पारेपछि यतिबेला भावी राष्ट्रपति को बन्ने भन्नेबारे चर्चाको विषय बनिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेकाले प्रधानमन्त्री पदमा विश्वासको मत दिएपछि अझ बढी चर्चाको विषय बनेको हो । यतिबेला गठबन्धन सरकारमा रहेका दल एमाले र एमाओवादी केन्द्रबिच वैमनस्यता बढेको देखिएको छ । प्रचण्डलाई प्रम बनाउँदा भएको राष्ट्रपति र सभामुख आधा कार्यकाल एमालेले पाउने मौखिक सम्झौता हेरफेर गर्न नहुने एमालेको अडान यथावत छ । यता प्रमलाई विश्वासको मत दिएको हुँदा संवैधानिक पदमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने माओवादी केन्द्रको विचार रहेको छ । राष्ट्रपति पाउने अभिलाषामा दाहाललाई विश्वासको मत दिने नेका भने राष्ट्रपति पद पाउन अन्य दलको पनि समर्थन लिने प्रयासमा छ ।
राष्ट्रपति पाउने भए सरकारको समर्थन कायम हुने र नपाउने भए समर्थन फिर्ता लिने नेकाको विचार सही छैन । पद पाएपछि सरकारको समर्थन गर्ने र नपाए विरोध गर्ने काम प्रजातान्त्रिक दल नेकालाई सुहाउँदैन । राष्ट्रपति पद गुमेपछि सरकारको समर्थन फिर्ता लिएरै के गर्ने ? प्रजातन्त्रको लामो इतिहास भएको नेका किन पदमा भुल्छ र द्वैधचरित्र अपनाउँछ ? राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
नेका नरहेको गठबन्धनको सरकार बनेपछि नेका प्रतिपक्षमा बस्नुपर्ने हो । तर, नेकाले सरकारको समर्थन गरेर प्रतिपक्षमा बस्ने दाबी ग¥यो । प्रतिपक्षको सुविधा पाउनुपर्ने माग नेकाले ग¥यो । यो नेकाको द्वैधचरित्रबारे अरू त के आफ्नै दलका नेताहरू सन्तुष्ट छैनन् । नेकाको इतर पक्षले त देउवाले गरेको निर्णय गलत भएको स्वीकारेको थियो । अब एमाले र माओवादी केन्द्रको आन्तरिक सहमतिअनुसार एमालेले नै राष्ट्रपति पद पाउने हो कि अर्कै कुन दलले पाउने हो ? राष्ट्रपति पद जुन दलले पाए पनि यहाँ कुनै फरक देखिँदैन । हो, नेका प्रमुख प्रतिपक्षमा रहेरै राजनीति गर्नुपर्ने हो । पदको लागि संसदीय दलको मान्यता नै उल्लङ्घन गर्ने नेका कस्तो दल भन्ने कुरा आम जनताले बुझ्नु जरुरी छ । राष्ट्रपतिका लागि ¥याल चुहाएर नेकाले किन धूमिल राजनीति गरिरहेको हो ?
सत्ता गठबन्धनमा नरहेको दलले राष्ट्रपति पाउने चर्चाले नेकामा उत्साह देखिएको छ भने एमालेमा सशङ्कित ! राष्ट्रपति पदको लागि भइरहेको यो कुकुरझगडाले देशमा राम्रो सन्देश प्रवाह गर्दैन । पुँजीवादी व्यवस्थामा पद र पैसाकै निम्ति तँछाडमछाड हुन्छ, भइरहेको छ । यो पुँजीवादी व्यवस्थाको चरित्र नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *