भर्खरै :

चिनियाँँ पर्यटकहरूलाई भेदभाव खेदजनक

चिनियाँँ पर्यटकहरूलाई भेदभाव खेदजनक

चीनले कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रणसम्बन्धी नयाँ अवधिमा प्रवेश गरेपछि चीन र विदेशबीचको आवतजावत अरू सुविधाजनक बनेको छ । अन्तर्राष्ट्रिय समाजले यसलाई स्वागत गरेको छ । तथापि थोरै मुलुकहरूले विज्ञान तथा वास्तविकताविपरीत चिनियाँ पर्यटकमाथि भेदभाव गर्दै आफ्नो मुलुक प्रवेशलाई कुण्ठित बनाएका छन् । त्यसप्रति चीनले पनि वास्तविकताबमोजिम बराबर प्रतिक्रिया जनाएको छ । जसको उद्देश्य चिनियाँ नागरिकहरूको वैधानिक हक हितको संरक्षण गरिनुका साथै मुलुकहरूबिचको सामान्य आदानप्रदान तथा सहयोगको लागि आवश्यक वातावरण संरक्षण गरिनु हो ।
अमेरिका, जापान र दक्षिण कोरिया तीन मुलुक ती थोरै मुलुकहरूको प्रतिनिधित्व गर्छन् । जापान र दक्षिण कोरिया चीनका छिमेकी मुलुकहरू हुन् र तिनीहरू र चीनबिचको आर्थिक सम्बन्ध घनिष्ठ रहेको छ । चीनसँग सामान्य व्यक्तिगत आवतजावतको स्वागत नगर्ने कारण नभएको देखिन्छ । तथापि एसियामा अमेरिकाका मुख्य गठबन्धन मुलुकहरूको रूपमा अमेरिकाले इन्डो–प्रशान्त रणनीतिलाई अघि बढाएको पृष्ठभूमिमा तिनीहरूले अमेरिकासँगै मिलेर चिनियाँ पर्यटकहरूलाई आफ्नो मुलुक प्रवेश गर्न सीमित पार्ने कदम चालेको कुरा बुझ्न सकिन्छ ।
चीन, जापान र दक्षिण कोरिया छिमेकी मुलुक हुन् । विगत तीन वर्षमा उनीहरूले एकीकृत भएर महामारीको प्रतिरोध गरेका थिए । हाल देखापरेको यस्तो समस्या खेदलाग्दो कुरा हो । तथापि त्यसको जिम्मा चीनले वहन गर्नु जरूरी छैन । यस्तो बेलामा तिनीहरूले राजनीतिक नाटक गरेमा मुलुकहरूबिचको आदान प्रदान र सहयोगको स्थितिलाई बिगार्ने छ । तिनीहरूले राम्रोसँग सोच विचार गर्नुपर्छ र गलत बाटोमा निरन्तर रूपमा हिँड्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *