भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ का सम्पादक र प्रबन्धकहरूबारे

  • बैशाख २९, २०८०
  • तपाईँहरूको एक नियमित पाठक
  • विचार
‘श्रमिक’ र ‘मजदुर’ का सम्पादक र प्रबन्धकहरूबारे
म ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको एक नियमित पाठक हुँ । मसँग कुनै पुँजीवादी विश्वविद्यालयको प्रमाणपत्र छैन, तर तपाईँहरूको पत्रिकामा छापिने समाचार, लेखहरू र अनुवादहरूको झन्डैझन्डै सबै भाग बुझ्छु र पढ्छु ।
२६ वैशाख २०८० को ‘श्रमिक’ को अन्तर्राष्ट्रिय पृष्ठको ‘मार्शल झुकोभका सम्झनाहरू–१२’ को दोस्रो कोलमको एक अनुच्छेद दुई तीन पटक पढेँ । जुन यसप्रकार छ ः
“राजनीतिक तयारी अर्को महत्वपूर्ण पाटो थियो । युद्धबीच धेरै सैनिकहरूले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सैनिकहरूको मनोबल उच्च पार्न बैठक र राजनीतिक कक्षाहरू चलिरहन्थ्यो । आफैँलाई उदाहरण बनाउन भनिन्थ्यो । पार्टीको सदस्यता नलिएका सैनिकहरूसमेत फासीवादविरोधी बनेका थिए । देशभक्तिले उनीहरू ओतप्रोत भएका थिए । फासीवादको विरोध गरे पनि जर्मनीका सर्वसाधारणप्रति बफादार बन्नुपर्ने कुरा उनीहरूलाई सिकाइएको थियो ।”
दोस्रो विश्वयुद्धमा फासीवाद र नाजीवादको विरोधमा अर्थात् प्रजातन्त्रको विरोधमा एउटा ‘जाति’, ‘भाषा’ र ‘धर्म’को समर्थन र अन्तर्राष्ट्रवादको विरोधमा सङ्कीर्ण ‘राष्ट्रिय समाजवाद’ को विरोधमा सोभियत कम्युनिस्ट पार्टी, सरकार र व्यापक कामदार जनता लडाइँ गर्दै थिए । लडाइँमा हुने दुःख–कष्ट र गा¥होफारोको बारेमा हाम्रा नेपाली पाठक, ‘सम्पादक’ र ‘प्रबन्धक’ साथीहरूलाई भन्न पर्दैन ।
तर, त्यस्तो जीवन–मरणको कठिनाइमा समेत ती सोभियत वा रुसी कामदार (सर्वहारावर्गका) सिपाहीँहरूले समयमा मिठो खाने, सुत्न पाउने, तलब र भत्ता बढाउने, कम समय काम गर्ने’ जस्ता कुनै माग नराखी कसरी लडिरहे ? अचम्म लाग्थ्यो । नेपालमा पनि ‘एमाले’, ‘माओवादी’, ‘समाजवादी केन्द्र’, ‘जनमोर्चा’ आदि ‘कम्युनिस्ट’ र ‘समाजवादी’ दलहरू छन् । तिनीहरूका मजदुर–किसान, युवा–विद्यार्थी वा महिलाहरू विभिन्न कार्यालय, विश्वविद्यालय, कलेज, अस्पतालहरू, नगरपालिका, गाउँपालिका वा अन्य धेरै संस्थाहरूमा काम गर्दै छन् । देशमा आर्थिक सङ्कट आएको (मूल्यवृद्धि, व्यापार घाटा, राष्ट्रिय उत्पादन घट्दै गएको, विदेशी आयात बढेको, पुँजीपतिवर्गले सरकार र बैङ्कहरूसँग धेरै ऋण लिएर कारखाना र व्यापार एवम् उत्पादनमूलक काम नगरी विदेशी बैङ्कमा अर्बौँ रकम लुकाएको वा नेपालमै उत्पादन काममा लगाउनुपर्ने ठुलो रकम लुकाएको हुनाले देश आर्थिकरूपमा असफल साबित हुने समाचार र लेखहरू समाचारपत्रहरूमा प्रकाशित छन् ।
तर, ‘कम्युनिस्ट’ र ‘समाजवादी’ दलका समर्थक र सदस्यहरूले तलब बढाउने, भत्ता बढाउने, बढी सहुलियत लिन र पाउन खोजेको विषयमा व्यापक चर्चा हुँदै छ । के ती पार्टीहरूमा नेता र कार्यकर्ताहरूको सोभियत वा रुसी कामदार सेनाको सुझबुझ, त्याग, तपस्या, बलिदान र देशभक्तिबारे थाहा पाएका होइनन् होला र ¤ अमेरिकी साम्राज्यवादका आर्थिक हतियार ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ र ‘विश्व बैङ्क’ ले श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदिलाई ऋण दिएजस्तै नेपालको पनि ऋण लिन लगाउन खोजेका हुन् र ¤ त्यसो हो भने नेपालका सबै ‘कम्युनिस्ट’ र ‘समाजवादी’ दलहरू सबै अमेरिकी पुँजीपतिवर्गको दलाल भएनन् र ¤?
‘मार्शल झुकोभका सम्झनाहरू’ मा लेखिएको १२ औँ अङ्कमा लेखिएको ‘राजनैतिक तयारी’ भन्नुको अर्थ– एक, तत्कालीन लडाइँको राजनैतिक शिक्षा हुुनुपर्छ जुन कुरालाई नेपालका राजनैतिक दबुलीमा असाध्यै नमिठो मानिन्छ । दोस्रो, युद्धको बेलामा पनि सिपाहीँहरू पार्टी सदस्य बन्ने भावना हुनुको कारण शिक्षा हो । तेस्रो, राजनैतिक कक्षाहरूमार्फत सङ्घर्षको निम्ति मनोबल उच्च बनाउने गतिविधि । चौथो, सङ्घर्षमा आफूलाई उदाहरण बनाउने प्रतिस्पर्धी हुन उत्साहित गर्ने । पाँचाँै, फासीवादविरोधी भावना जगाउन पार्टी सदस्य हुने प्रतिस्पर्धा गर्ने । छैटौँ, फासीवादको विरोधमा सङ्घर्षशील बनाउन देशभक्तिको भावना जगाउने । सातौँ, जर्मनी फासीवादको वा सरकारको विरोध गर्दा त्यहाँका जनताको विरोध नगर्ने राजनैतिक चेतना जगाउने आदि ।
तर, नेपालमा आर्थिक कठिनाइको बेलामा कार्यालय, विद्यालय, अस्पताल, प्रेस, पसल र हरेक ठाउँमा तलब बढाउने, भत्ता र सहुलियत बढाउने हडताल र प्रदर्शन र विरोधको तयारी हुँदै छ । त्यस्तै पैसाको निम्ति नेपाली नागरिकहरूलाई भुटानी नागरिक बनाएर अमेरिका पठाएर अर्बौँ रुपियाँ कमाउन खोज्ने सरकारी राजनैतिक पार्टीहरूका सभापति, अध्यक्ष र सचिवहरूसमेत भागाभाग, पक्राउ र आत्मसमर्पण गर्दै छन् । पार्टी नेता र कार्यकर्ताहरूमा भएका यस्ता पुँजीवादी भावनाकै कारण देश झन्झन् दुर्घटनातिर लम्कँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *