माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
मे ४ का दिन चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपत्कालीन प्रतिक्रिया केन्द्र र ३६० ग्रुपले संयुक्तरूपमा जाँच प्रतिवेदन प्रकाशित गरी अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी अर्थात् सीआईएले इन्टरनेटमार्फत अरू मुलुकमाथि आक्रमण गरेको अवस्थाबारे देखाएको छ । प्रतिवेदनले चीन र अरू मुलुकमा देखिएका केही साइबर सुरक्षा मामिलाको विशिष्ट प्रकृया देखाएर सीआईएको साइबर आक्रमण तथा जासुसी गतिविधि, सम्बन्धित हानिकारक गतिविधि र ‘ह्याकर साम्राज्य’ को रूपमा रहेको अमेरिकाले गरेको तथाकथित योगदानबारे गहिरोरूपमा विश्लेषण गरेको छ ।
प्रतिवेदनमा औँल्याइएको छ कि चीन र अरू मुलुकमा भएका धेरै वास्तविक मुद्दाबाट सीआईएले विश्वमा लामो समयसम्म साइबर आक्रमण गरी विश्व नेटवर्क सुरक्षालाई हानि गरिरहेको प्रमाणित गरिएको छ । अमेरिकाले तथाकथित साइबर सुरक्षाको निहुँमा गुट बनाएर विभाजन र द्वन्द्व सिर्जना गरेको छ, तथाकथित सार्वजनिक सुरक्षाको निहुँमा अरूमाथि निगरानी गरी गोपनीयता भङ्ग गरेको छ, तथाकथित प्रविधि सुरक्षाको निहुँमा प्राविधिक नाकाबन्दी लागू गरी विकासको अधिकारमा क्षति पु¥याएको छ, ‘अमेरिकाको प्रभुत्वको हात जताततै फैलिएको छ, आफूलाई सुरक्षा गाइडरको रूपमा लिने अमेरिकाले विश्वको सुरक्षा र विकासमा प्रणालीगत क्षति पु¥याएको छ ।’
यति मात्र होइन अमेरिकाले गोपनीयता भङ्ग गर्ने दोष अरू मुलुकमाथि लगाएको छ । मे ७ का दिन अमेरिकी विदेशमन्त्री आन्थोनी ब्लिन्केनले चीनले सिनच्याङ, तिब्बत आदि क्षेत्रका अल्पसङ्ख्यक जातीय समूहलाई डीएनए जैविक डाटा सङ्कलन गरेबाट उनीहरूलाई निगरानी गरेको उल्लेख गरेका छन् । त्यसपछि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अमेरिकाको भनाइ निकै बेतुका भएको भन्दै चीन कानुनबाट शासित देश भएकोले चिनियाँ नागरिकको गोपनीयता कानुनबाट सुरक्षित भएको तर अमेरिकाले जीन डाटाको व्यापक सङ्कलन गरिरहेको आरोप लगाउनुभयो । वाल स्ट्रिट जर्नलका अनुसार, अमेरिकी पेन्टागनले जीन हतियारमार्फत अरूलाई प्रहार गर्ने अनुसन्धान कार्यक्रम तर्जुमा गरेको छ, एसियाका चिनियाँ, युरोपका आर्यन, मध्य पूर्वका अरबेलीका जीनलाई अमेरिकी सेनाले सङ्कलनको दायरामा राखेको छ । रसिया टुडे टीभीका अनुसार, अमेरिका वायु सेना शिक्षा र प्रशिक्षण मुख्यालयले भर्ती सूचना सार्वजनिक गरी रूसीहरूको आरएनए र सिनोभियल तरल पदार्थ नमुनाको सङ्कलन गर्न चाहेको विशेष गरी उल्लेख गरेको थियो । कसले जीन प्रयोग गरेर गोप्य कुरा गरेको छ त सबैको मन ऐनाजस्तै स्पष्ट भएको छ ।
एकातिर अन्य व्यक्तिको गोपनीयतामा आक्रमण र डाटा चोरी गरी विश्वलाई हानि गरेको छ भने अर्कातिर आफूले गरेको गतिविधिको दोष अरूमाथि लगाएको छ जुन अमेरिका हो, उसले ‘ह्याकर साम्राज्य’ लाई पुनःपरिभाषित गरेको छ ।–सीआरआई
Leave a Reply