भर्खरै :

सभ्यताहरूमाझ आपसी सिकाइ

सभ्यताहरूमाझ आपसी सिकाइ

मानव सभ्यताको इतिहास कैयौँ सहस्राब्दी पुरानो छ । विभिन्न महादेश र विभिन्न समयमा सभ्यताहरूको उत्पत्ति र विकास भएको भए पनि तिनीहरूले आपसी आदानप्रदान र आपसी सिकाइको माध्यमबाट समृद्धि र विभिन्न आविष्कार हासिल गरेका छन् । चीनबाट सुरु भएको प्राचीन सिल्क रोड यसको सबैभन्दा तड्कारो उदाहरण हो ।
यस मार्गको सञ्जालमार्फत चीनमा रोमन अवशेषहरू र चिनियाँ रेशम र सिक्काका अवशेषहरू प्राचीन रोमका बजारहरूमा भेटिएका छन् । एडमिरल झेङ हे (१३७१–१४३३) ले चिनियाँ सभ्यताका उत्पादनहरू दक्षिणपूर्वी एसिया र पूर्वी अफ्रिकामा परिचय गराए । साथै मध्यपूर्वका साहुमहाजन र व्यापारीहरूले चीनमा आफ्नो बाटो भेट्टाए, समयसँगै चिनियाँ राष्ट्रको ठूलो, विविध तर एकताबद्ध परिवारको हिस्सा बने ।
चीनको इतिहास पनि द्वन्द्वरहित छैन । तर, यी सबैभन्दा बढी खतरनाक पुँजीवाद र आधुनिक साम्राज्यवादको विश्वव्यापी उदय थियो । साम्राज्यवाद र उपनिवेशवादले १४९२ बाट विशेषगरी मानवताको अन्तर–सभ्यता सम्बन्धलाई मौलिकरूपमा बाधा पु¥याए ।
कार्ल माक्र्सले आफ्नो सबैभन्दा चर्चित कृति क्यापिटल (पुँजी) को प्रथम खण्डमा उल्लेख गर्नुभएको छ, “अमेरिकामा सुन र चाँदीको खोज, आदिवासी जनताको खानीमा दफन, दासत्व र अत्याचार, इस्ट इन्डिजको विजय र लुटपाटको सुरुवात, कालो छालाको व्यावसायिक शिकारको लागि अफ्रिकालाई युद्ध क्षेत्रमा परिणत गर्नुले पुँजीवादी उत्पादनको युगको गुलाबी बिहानीको सङ्केत गरेको थियो ।’’
सभ्यताबिचको आदानप्रदान र सहयोगलाई द्वन्द्व र उत्पीडनले प्रतिस्थापन ग¥यो । पश्चिमका शक्तिशाली देशहरू अझै त्यस व्यवहारबाट मौलिकरूपमा अलगिन असमर्थ छन् । उदाहरणको लागि बितेको दशकमा सोभियत सङ्घको विघटनदेखि इराक युद्धसम्मको नाटकीय घटनाहरूको परिप्रेक्ष्यमा सन् १९९० को दशकमा अमेरिकी शिक्षाविद् स्यामुएल हन्टिङ्टनले ‘सभ्यताहरूको द्वन्द्व’ लेखेर डिस्टोपियन सिद्धान्तलाई सजीव बनाएका थिए ।
समकालीन संसारमा एक नेता र एउटै राजनेता छन् जसले मौलिकरूपमा भिन्न मान्यतालाई अगाडि बढाइरहेका छन् । शान्ति, विकास, समानता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताजस्ता साझा मानवीय मूल्यहरूको वकालत गरिरहेका छन्  । आधुनिकीकरणको लागि विभिन्न दृष्टिकोणहरू अगाडि ल्याउन र विकास गर्न सकिन्छ र त्यसो गर्ने अधिकार प्रत्येक देशसित छ भन्ने कुरामा जोड दिन्छ । मार्च १५ मा विश्व चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा राजनीतिक दलहरूबिचको उच्चस्तरीय अनलाइन बैठकमा सहभागी हुँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले मानवताको भविष्यको लागि साझा समुदायलाई साकार पार्नको लागि तयार पारिएको विश्वव्यापी सभ्यता पहलको अनावरण भइरहेको बताउनुभयो ।
सीले अगाडि भन्नुभयो, “मानव समाजले बनाएका सबै सभ्यताहरू उत्कृष्ट छन् । ती सभ्यतामा प्रत्येक देशको आधुनिकीकरणको अभियानले आफ्नो शक्ति प्राप्त गर्छ र जहाँ यसका अद्वितीय विशेषताहरू सँगै आउँछन् । समय र स्थानलाई पार गर्दै तिनीहरूले मानवताको आधुनिकीकरण प्रक्रियामा संयुक्तरूपमा महत्वपूर्ण योगदान दिएका छन् । मानव विकासको नयाँ रूपको रूपमा चिनियाँ आधुनिकीकरणले अन्य सभ्यताको गुणलाई आकर्षित गर्नेछ र विश्व सभ्यताको बगैँचालाई थप जीवन्त बनाउनेछ ।”
राष्ट्रहरूले विभिन्न सभ्यताका मूल्यमान्यताको कदर गर्न दिमाग खुला राख्नुपर्ने र उनीहरूले आफ्ना मूल्य वा मोडलहरू अरुमाथि थोप्न र वैचारिक तथा राजनीतिक द्वन्द्व निम्त्याउनबाट जोगिनुपर्नेमा राष्ट्रपति सीले जोड दिनुभयो ।
सीको अभिव्यक्तिले विभिन्न औपनिवेशिक र अहिले नवऔपनिवेशिक शक्तिहरूले विगत ५ सय वर्षदेखि विगतदेखि र हालसम्मका अभ्यासबाट मौलिकरूपमा फरक अवधारणा र दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । यद्यपि, यसले विकासोन्मुख देशहरू र तिनीहरूका जनता, मानव जातिको ठूलो सङ्ख्या र महान्, प्राचीन र समय–सम्मानित सभ्यताका उत्तराधिकारीहरूको भावना र चासोसित पूर्ण रूपमा मेल खान्छ ।
सीले धेरै अवसरहरूमा सङ्केत गर्नुभएझैँ चिनियाँ विशेषतासहितको समाजवादले आफ्नो स्वतन्त्रता कायम राख्दै तीव्रगतिमा अर्थतन्त्रको विकास गर्न चाहने देशहरूका लागि नयाँ विकल्प प्रदान गर्दछ । यो मानवजातिले सामना गरिरहेका समस्याहरूको दिगो समाधानको खोजमा चिनियाँ ज्ञान र चिनियाँ अनुभवको योगदानको महत्वपूर्ण उदाहरण हो ।
(लेखक अन्तर्राष्ट्रिय सम्बन्धका सल्लाहकार र विश्लेषक तथा लन्डनस्थित फ्रेन्ड्स अफ सोसलिस्ट चाइनाका सह–सम्पादक हुन् । यो चाइना टुडेमा पहिलोपटक प्रकाशित उनको लेखको सम्पादित अंश हो ।)
पेइचिङ रिभ्यु
अनुवाद : वाणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *