वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
सुर्खेत, ७ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रदेश नं ६ को भेला शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले देशको सार्वभौमिकता रक्षाको आन्दोलनमा युवा–विद्यार्थीहरु अझ सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राशिसंघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल, नेक्रायुसंघ प्रदेश नं ६ का अध्यक्ष रणबहादुर रोकाया, नेमकिपा सुर्खेतका अध्यक्ष बमबहादुर शाही,नेक्राविसंघका केन्द्रीय सहसचिव लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य रामचन्द्र श्रेष्ठ र कुमारविक्रम शाही तथा प्राध्यापक समाजका शारदा दाहाललगायत बोल्नुभएको थियो ।
भेलाले महेश नेपालीको अध्यक्षतामा नेक्राविसंघ प्रदेश नं ६ समिति गठन गरेको छ ।
Leave a Reply