भर्खरै :

प्रजग कोरियाको आर्थिक विकास – ३

प्रजग कोरियाको आर्थिक विकास – ३

यी तीन वर्षको अवधिमा कृषि सहकारी आन्दोलनबाट गरिब किसानहरूको नेतृत्वमा मध्यम किसान र धनी किसानहरूको व्यक्तिगत खेतीपातीलाई सम्झाई–बुझाई, व्यक्तिगत खेतीपातीमा भन्दा सामूहिक खेतीपातीमा बढी फाइदा हुने यथार्थलाई देखाएर अनुभव चरणको आधारमा समाजवादी सामूहिक खेतीको लागि अनुकूल वातावरण र निजी व्यापार र उद्योगको समाजवादी रूपान्तरणको अनुकूल परिस्थिति तयार पारियो । त्यसबेला कामदार गरिब किसानहरूको सङ्ख्या ४० प्रतिशत, मध्यम किसान ५९.४ प्रतिशत र धनी किसान ०.६ प्रतिशत थियो । कृषि सहकारी आन्दोलनप्रति तिनीहरूको धारणा फरकफरक थियो । कामदार गरिब किसानहरूले सुरुदेखि नै कृषि सहकारी आन्दोलनलाई सक्रिय समर्थन गरेका थिए, कृषि सुधारबाट आफ्नो जीवनस्तर राम्रो गरेका कतिपय धनी किसानहरूले यस आन्दोलनलाई गरिब किसानहरूले जस्तै सक्रिय समर्थन गरे भने कतिपय धनी किसानहरूले पर्ख र हेर भन्ने नीति लिए । धनी किसानहरू चाहिँ अरू आन्दोलनलाई कर्के नजरले हेरे वा यसको विरोध गरे । यस्तो परिस्थितिमा कामदार गरिब किसानहरूमा दृढतापूर्वक भर गरी मध्यम किसानसँगको गठबन्धनलाई बलियो पारेर धनी किसानहरूलाई प्रशिक्षित गरेर (धनी किसानहरूको विचारलाई समाजवादी विचारमा फेरेर) कृषि सहकारी आन्दोलनलाई अघि बढाउने सिद्धान्तलाई जोड दिइयो । यो सिद्धान्त जुछेमा आधारित नयाँ प्रयोग र सृजनशील थियो । यस आन्दोलनको सिलसिलामा कृषि सहकारीको स्वरूपलाई तीन तहमा विभक्त गरियो । पहिलो स्वरूप खेत र कृषि औजारलाई सामूहिकीकरण नगरी एक आपसमा खेतीपातीमा मात्र सघाउने सहयोगी दल, दोस्रो स्वरूप चाहिँ कृषि औजार खेत एकत्रित गरी सामूहिकीकरण गरी मिलेर काम गर्ने र आ–आफ्नो खेतको परिमाण र काम गरेको परिमाणअनुसार आम्दानी बाँड्ने अर्ध–समाजवादी स्वरूप र तेस्रो स्वरूप भनेको खेत र उत्पादनका आधारभूत साधनहरू एकत्रित गरेको र काम गरेको परिमाणअनुसार मात्र आम्दानी वितरण गर्ने सहकारी अर्थतन्त्रको उच्चत्तम रूप पूर्ण समाजवादी स्वरूप हो । त्यसअनुसार, सुरुमा १५ देखि २० ओटा घर परिवारको मात्र सानो सहकारी बनाइयो । पछि, परिस्थिति परिपक्व भएपछि विस्तारै विस्तारै सहकारीमा ४० देखि १०० घर–परिवार समेटियो । १९५५ भित्रमा झन्डै आधा जति कृषि सहकारीमा व्यक्तिगत किसान अर्थतन्त्रलाई १,५०० कृषि सहकारीमा नयाँ ढङ्गले अथवा दोस्रो स्वरूपमा रूपान्तरण गरियो । सन् १९५६ सम्ममा कृषि सहकारीमा प्रवेश गर्नेको घरधुरीको कुल सङ्ख्या ८०.९ प्रतिशत पुग्यो । यसले समाजवादी कृषि सहकारी दोस्रो चरणमा प्रवेश गरेको देखायो । कृषि सहकारी आन्दोलनको सिलसिलामा राज्यले ३० लाख टन खाद्यान्न र बीउबिजन ऋण प्रदान ग¥यो भने आर्थिक जग कमजोर भएका र गरिब किसानहरूलाई २४ हजार ३ सय मिलियन वन कृषि ऋण प्रदान ग¥यो । त्यसैगरी राज्यले १६ लाख टनको अन्न र गहुँको कर र १ हजार ४ सय मिलियन वन ऋणको घाटा बेहो¥यो ।
पुँजीवादी व्यवस्थामा नाफा–नोक्सान हिसाब–किताबमा बढी जोड दिइन्छ भने समाजवादी व्यवस्थामा जनताको सेवा र हितमा सरकार वा राज्यले घाटा व्यहोर्नुमा जोड दिइन्छ । परिणामस्वरूप, पहिल्यै बनिसकेका १३ हजार ३०९ ओटा कृषि सहकारीमा पछि बनेका ३ हजार ८४३ ओटा कृषि सहकारीहरू समावेश भए । प्रत्येक कृषि सहकारीमा किसान घरपरिवारको सालाखाला सङ्ख्या ८० देखि ३०० सम्म बढ्यो । भूमि (खेत) को सालाखाला क्षेत्रफल १३० देखि ५०० हेक्टर पुग्यो ।
निजी व्यापार र उद्योगको समाजवादी रूपान्तरण
ग्रामीण इलाकाहरूमा तीन स्वरूपका कृषि सहकारी आन्दोलन चलाइएजस्तै त्यही समयमा एकसाथ सहरी क्षेत्रहरूमा पनि तीन स्वरूपको निजी व्यापार र उद्योगको समाजवादी रूपान्तरणको आन्दोलन चलाइयो । सहरी क्षेत्रहरूमा निजी हस्तशिल्प, पुँजीवादी व्यापार र उद्योगलाई समाजवादी बाटोमा डो¥याउन १९४५ मा नै एकातिर पुँजीवादी व्यापारी र उद्योगपतिहरूलाई आर्थिक गतिविधि गर्न दिई सकारात्मक पक्षहरूको उपयोग गर्ने र नकारात्मक पक्षहरूको निषेध र नियन्त्रण गर्ने अनि निजी करिगरहरूबिच बलियो एकता र सहकारितामा जोड दिने नीति लिइएको थियो । पुँजीवादी व्यापारी र उद्योगलाई समाजवादी पुनःसङ्गठनमा रूपान्तरण गर्ने कार्य तुलनात्मकरूपले जटिल र गा¥हो थियो । यस सम्बन्धमा किम इल सङले भन्नुभयो, “सङ्क्रमणकालीन अवधिमा पुँजीवादी व्यापार र उद्योगको सम्बन्धमा हाम्रो पार्टीको नीति तिनीहरूको सकारात्मक विशेषताहरूलाई सदुपयोग र नकारात्मक कुराहरू नियन्त्रण गर्दै तिनीहरूलाई विस्तारैविस्तारै समाजवादी अर्थ व्यवस्थामा/अर्थतन्त्रमा रूपान्तरण गर्नु हो ।” यसअनुसार, साझा स्वामित्वमा औजारहरू नराख्ने र सामूहिकरूपमा मात्र काम गर्ने सहकारी अर्थ व्यवस्थाको पहिलो स्वरूप, साझा र निजी दुवै स्वामित्वमा औजारहरू राख्ने र कामअनुसारको समाजवादी वितरण र लगानीको परिमाणअनुसार वितरण गर्ने दुवै किसिमको वितरण प्रणाली रहेको दोस्रो अर्धसमाजवादी स्वरूप र उत्पादका सबै साधन र पुँजी पूर्णरूपले साझा सम्पत्ति हुने र समाजवादी वितरण प्रणालीको तेस्रो पूर्ण समाजवादी स्वरूपलाई कायम गर्दै पहिलो स्वरूपलाई दोस्रो स्वरूप र दोस्रो स्वरूपलाई तेस्रो स्वरूपमा रूपान्तरण गर्दै लाने कार्यलाई जोड दिइयो ।
कानसोन स्टिल कारखानाका (Kangson Steel Works) मजदुरहरूले ९० हजार टन स्टिलका छडहरू उत्पादन गरे । त्यस कारखानाको उत्पादन क्षमता ६० हजार टनमात्र भनिएको थियो । पछि चमत्कारी ढङ्गले १ लाख २० हजार टन उत्पादन गरियो । त्यसैगरी किम चाय्क फलाम कारखानाका मजदुरहरूले २ लाख ५० हजार टन कच्चा फलाम उत्पादन गर्ने लक्ष्य लिएकोमा २ लाख ७० हजार कच्चा फलाम उत्पादन गरे । यस कारखानाको उच्चत्तम उत्पादन क्षमता १ लाख ९० हजार टन भनिएको थियो ।
हल्का औद्योगिक कारखानाहरूले थप मानव–श्रम र साधनहरू बिना नै ७ हजार मिलियन वन मूल्य बराबरको सामानहरू उत्पादन गरे ।
समाजवादी निर्माणको १९५७ देखि १९६२ सम्मको पञ्चवर्षीय योजना
१९५३ देखि १९५६ सम्मको तीन वर्षीय योजनाले समाजवादी आधारस्तम्भको जग हाल्न आवश्यक वातावरणको सृजना गरिदियो ।
१९५८ अगष्टसम्ममा कृषि सहकारी आन्दोलन पूर्णरूपले सफलतापूर्वक सम्पन्न भयो । यसै वर्ष ३७ लाख टन अन्न उत्पादन भयो । १९६० मा अन्नकको उत्पान ३८ लाख ३० हजार टन पुग्यो । १९५७ देखि १९६० सम्ममा औद्योगिकीकरणको जग बसालेर उत्तर कोरिया औद्योगिक – कृषि राज्यमा फेरियो ।
सन् १९५८ मा कोरियाली मजदुर पार्टीको पूर्ण बैठकमा किम इल सङले भन्नुभयो, “फलाम र यन्त्रहरू उद्योगका राजाहरू हुन् र दसलाख हेक्टर क्षेत्रको भूमिमा सिँचाइ फैलाउन हरेक उपाय गर्नु ।” त्यसैगरी, उहाँले त्यहीं वर्षको एउटा सभामा भन्नुभयो, “समाजवादी समाजको निर्माण गर्न समाजवादी कार्यदिशामा उत्पादनको सम्बन्धलाई मात्र रूपान्तरण गर्नु पर्याप्त छैन । यसको साथै राष्ट्रिय अर्थतन्त्रको सबै क्षेत्रलाई आधुनिक प्रविधिबाट युक्त पार्न हामीलाई सक्षम बनाउने समाजवादको भौतिक र उत्पादन आधारलाई अझ बलियो बनाउन आवश्यक छ । समाजवादी उत्पादन सम्बन्धहरूको अत्यधिक विजय भएको अवस्थामा प्राविधिक पुनःनिर्माण नै सबैभन्दा बढी आवश्यक कार्य हुन आउँछ ।”
कियाङ कारखानामा मजदुरहरू साधारण पशुले तान्ने कृषि औजारहरू निर्माण गर्दै थिए भने तोकचोनका मजदुरहरू केही स्वचालित उपकरणहरू निर्माण गर्दै थिए । पछिल्ला वर्षहरूमा तिनीहरूले ट्रयाक्टर र स्वचालित यन्त्रहरू निर्माणमा ध्यान केन्द्रित गरे । खाका (Blueprint) र अन्य सुविधाहरू उपलब्ध नभएर तिनीहरूलाई नक्साङ्कन गर्नुप¥यो र तिनीहरू आफैले हरेक उपकरणको भागलाई निकालेर राम्ररी हेरी (अवलोकन गरेर) ती पाटपुर्जाहरूलाई जोड्ने रूपरेखा तयार गर्ने कार्यबाट हरेक समस्याको समाधान गरिछाडे । आत्मनिर्भरताको क्रान्तिकारी जोश–जाँगरबाट रातदिन कठोर मेहनतले काम गर्दै जाँदा बिचबिचमा केही गल्ती र कमीकमजोरी हुन गए तापनि त्यसलाई तुरुन्तै सच्याएर ३० दिनभित्र ट्रयाक्टर र ४० दिनभित्र स्वचालित यन्त्रहरू उत्पादन गर्न तिनीहरू सफल भए । रगवन (The Ragwon) र ¥योङसोङ (Ryongson) यन्त्र कारखानाका मजदुरहरूले माटो खन्ने यन्त्र, बुलडोजर, ८ मिटरको घुम्ने चक्र (8-metre turning lathe) जस्ता विभिन्न किसिमका आधुनिक उपकरण र यन्त्रहरू उत्पादन गरे । आवास निर्माणमा पनि ठूल्ठला नयाँ नयाँ पद्धतिहरू प्रचलनमा ल्याइए । ‘प्योङयाङको वेग’ नामको चमत्कारले १४ मिनेटमा एउटा तल्ला तयार गर्ने भयो । एउटा यन्त्रको औजारले अन्य थुपै्रथुपै्र यन्त्र–औजारहरू उत्पादन गर्ने आन्दोलनको शुभारम्भ भयो । यो आन्दोलनलाई राष्ट्रिय अर्थतन्त्रका सबै शाखाहरूमा ‘सारा जनसमुदायको आन्दोलन’ को रूपमा उठाइयो । सन् १९५९ मा मात्र १३ हजार ओटा यन्त्र औजारहरू उत्पादन गरिए । यन्त्र–निर्माण उद्योगको जग निकै छोटो अवधिमा नै मजबुत भयो र मजदुरहरू आफूहरूले जस्तोसुकै यन्त्र निर्माण गर्नसक्ने कुरामा विश्वस्त भए । हरेक सहर र काउन्टीमा कम्तीमा एउटा एउटा स्थानीय उद्योगहरू स्थापनामा पनि निकै जोड दिइयो । ती उद्योगहरूमा स्थानीय कच्चा पदार्थहरूबाटै दैनिक उपभोग्य वस्तुहरू उत्पादन गर्ने हस्तऔजारलगायत अन्य सुविधाहरू उपलब्ध गराइए । हल्का उद्योगमा केन्द्रबाट नियन्त्रित गरी उद्योगसँग सानो र मध्यम खालका उद्योग कल–कारखानाहरूको विकास गर्ने आफ्नै ढङ्गको नीति लागू गरियो । हरेक काउन्टीमा ४–५ ओटा गरी १ हजार ओटा स्थानीय उद्योगहरू स्थापना भयो ।
कृषि विकासको लागि सिँचाइ आयोजनालाई विशेष जोड दिइयो । देशभरमा १० हजार ओटा सिँचाइ आयोजनाहरू चलाइए । अन्न फल्ने र अन्न नफल्ने ३ सय ८० हजार हेक्टर भूमि सिँचाइ गर्ने ‘सिँचाइ आयोजनाहरू’ मात्र ६ महिना भित्रमा सम्पन्न भयो ।
सन् १९५८ मै एसियामा उत्तर कोरियामा सबैभन्दा पहिले माध्यमिक शिक्षा अनिवार्य गरियो । १९५९ मा विद्यालयका सबै तहहरूमा निःशुल्क र अनिवार्य शिक्षा लागू गरियो । पञ्चवर्षीय योजनाको अवधिभरमा १९ ओटा कलेजबाट ७८ ओटामा पुग्यो र विद्यार्थी सङ्ख्या २५ लाख ३० हजार पुग्यो । यो सङ्ख्या भनेको कुल जनसङ्ख्याको एकचौथाइ भाग हो ।
१९५६ र १९६० को बिचमा औद्योगिक उत्पादनको दर हरेक वर्ष ३६.६ प्रतिशतमा पुग्यो भने अन्न उत्पादनको दर ३२ प्रतिशत पुग्यो । राष्ट्रिय आम्दानी २.१ गुणाले वृद्धि भयो । कारखानाको ज्याला र कार्यालय मजदुरहरूको वास्तविक ज्याला २.१ प्रतिशत गुणाले वृद्धि भयो । गरिब किसानहरूको जीवनस्तर पहिलेका मध्यम वा रामै्र आम्दानी गर्ने मध्यम किसानहरूको दाँजोमा पुग्यो । खाद्यान्न लत्ता कपडा र आवासको समस्या पूर्णरूपले हट्यो । यसरी त्यस पञ्चवर्षीय योजनाले समाजवादअन्तर्गतको समाजवादी अर्थतन्त्रको बलियो जगहाल्यो । प्रजग कोरिया विकसित समाजवादी औद्योगिक–कृषि राज्यमा रूपान्तरण भयो । पञ्चवर्षीय योजना ४ वर्षमै वास्तवमा सम्पन्न भइसकेको थियो ।
चौतर्फी समाजवादी निर्माण
सन् १९६१ बाट चौतर्फी समाजवादी निर्माणलाई तीव्रता दिइयो । यसको लागि पहिलो ७ वर्षे योजना (१९६१–१९६८ मा सम्पन्न हुने) अघि सारियो । यस सम्बन्धमा किम इल सङले भन्नुभयो, “… समाजवादको पूर्ण विजयको लागि हामीले अझ धेरै गर्न बाँकी छ । समाजवादी आधारबाट उपलब्धी प्राप्त गरेपश्चात् पनि समाजवादी राज्यले राजनीतिक, आर्थिक र सांस्कृतिक सबै क्षेत्रहरूमा क्रान्तिलाई पूर्णरूपले निरन्तरता दिनुपर्छ । ……. सात वर्षीय योजनाको आधारभूत कार्यहरू भन्नाले विजयी समाजवादी व्यवस्थामा भर गरेर व्यापकरूपमा प्राविधिक पुनःनिर्माण र सांस्कृतिक क्रान्तिलाई अघि बढाउनु र जनताको जीवनस्तरमा आमूल सुधार गर्नु हो । हामीले समाजवादी औद्योगिकरणलाई अघि बढाउनुपर्छ, राष्ट्रिय अर्थतन्त्रका सबै शाखाहरूलाई आधुनिक प्रविधिबाट युक्त पार्नुपर्छ र सबै जनताको भौतिक र सांस्कृतिक स्तरलाई निर्णायकरूपले माथि उठाउनुपर्छ । यसरी, हामीले समाजवादको शिखरलाई चुम्नुपर्छ ।”
पार्टी, राज्य र आर्थिक सङ्गठनहरूमा काम गर्ने शैलीमा नयाँ नयाँ चुनौती र परिवेशसँग मिल्ने गरी परिवर्तन ल्याउनुपर्ने महसुस गरियो । १५ दिनसम्म चोङसान–रि र काङसो काउन्टि दक्षिण प्योङयाङ प्रान्तमा स्थलगत निरीक्षणको सिलसिलामा किम इल सङले चोङ्ग सान रि र काङसो काउन्टि पार्टी (Chongsan-ri and the Kangso Country Party) सङ्गठनहरूको ठोस रूपले सुपरीवेक्षण, अध्ययन र विश्लेषण गर्नु भई विभिन्न विषय र समस्याहरूबारे पार्टी सदस्य, किसान, रि र काउन्टि सदस्यहरूसँग गम्भीर छलफल गर्नुभयो । यसबाट उहाँले तल्लो एकाइहरूमा पुगेर त्यहाँको यथार्थ वस्तुस्थिति र मनस्थिति बुझ्ने र यसअनुसार ठोस मार्गनिर्देश गर्ने पार्टीका नीतिहरूलाई अन्तसम्म ठीक ढङ्गले अघि बढाउने ठीक ठीक उपायहरू पत्ता लगाउने सम्बन्धमा निर्देशन दिनुभयो । यसलाई चोङसान रि भावना र चोङसान रि कार्यविधि भनियो । यसको सार के भने माथिल्लो एकाइले तल्लो एकाइलाई सघाउने, माथिल्लो तहका पदाधिकारीहरूले आफ्नो मातहतका पदाधिकारी र कर्मचारी मजदुर र अरूलाई सघाउने, वास्तविक परिस्थितिबारे ठीक ठीक ढङ्गले बुझ्न र त्यसअनुसार ठीक ठीक ढङ्गले समस्या समाधानका उपायहरू बताउन तल्लो एकाइहरूमा निरीक्षण गर्न जाने, तिनीहरूसँगै काम गर्ने क्रान्तिकारी कार्यको पूर्णतालाई सुनिश्चित गर्न राजनीतिक कार्य उद्योग, कलकारखाना सबै कार्यक्षेत्रहरूमा जनतासँगैको कार्य र जनसमुदायमा होशियारीपूर्ण उत्साह–उमङ्ग र नेतृत्व लिने भावना जगाउने कार्यलाई प्राथमिकता दिने हो । यसबाट तत्कालको क्रान्तिकारी कार्यलाई सफा र ठोसरूपले अघि बढ्नुको साथै कार्यकर्ता र पदाधिकारीहरूको विचारधारात्मक र राजनीतिक तह अनि व्यवहारिक क्षमता शक्तिशाली ढङ्गले अघि बढ्यो ।
ताय्न विद्युतीय यन्त्र कारखानाको (Taen Electrical Machinery Plant) स्थलगत निरीक्षणमा जानुभयो । उहाँले १० दिनभन्दा बढी समय एउटा एउटा कुराको जाँचबुझ गर्नुभयो । सन् १९६१ नोभेम्बरमा भएको कोरियाली मजदुर पार्टीको पूर्ण बैठकको निर्णयअनुसार राष्ट्रिय अर्थतन्त्रमा मार्गनिर्देशन र व्यवस्थापनमा देखा परेका समस्याहरूको गाँठो फुकाउन निर्देशनहरू दिनुभयो । त्यसअनुसार पार्टी समितिको सामूहिक नेतृत्वअन्तर्गत उद्योग र कल–कारखानाको व्यवस्थापन गर्ने सिद्धान्त, प्राविधिक मार्गनिर्देशनलाई तीव्रता दिने उत्पादन–मार्गनिर्देशनको प्रणाली, माथिल्ला एकाइहरूले तल्लो तहका एकाइहरूलाई सामानहरू उपलब्ध गराउने भौतिक आपूर्ति प्रणाली, मजदुरहरूको लागि नयाँ ढङ्गको आपूर्ति सेवा प्रणालीको विकास, निर्देशकद्वारा व्यवस्थापन गर्ने म्याद नाघेको एक व्यक्ति प्रणालीको ठाउँमा हरेक आर्थिक एकाइमा पार्टी समितिको सामूहिक नेतृत्वले व्यवस्थापन गर्ने प्रणाली आदि पक्षहरू पर्थे । यसले व्यवस्थापनमा व्यक्ति व्यक्तिको मनोगतवाद र स्वेच्छाचारी प्रवृत्ति अनि आर्थिक, प्राविधिक, प्रशासनिक र व्यापारी विधिबाट अर्थतन्त्रको व्यवस्थापन गर्ने काम नलाग्ने पुराना तरिकाहरूको उन्मूलन भयो । यसलाई ‘ताय्न कार्य प्रणाली’ भनिन्छ । यसलाई कृषि व्यवस्थापनमा पनि लागू गरियो ।
दुङ्गाको कपडा कारखाना
२ लाख ५० हजार टन फलाम वार्षिक उत्पादन गर्ने क्षमता भएको ह्वाङ्गहायै फलाम कारखाना (Hwanghae Iron Works) ६ महिनाभित्रै निर्माण भयो । ‘हरेक कुरो भाइनालन (Vinalon) कारखानालाई !’ नारामा विश्व विख्यात अद्यावधिक ‘भाइनालन कारखाना’ को पूर्ण कोरियाली प्रविधि, घरेलु कच्चा पदार्थ र कोरियालीहरूको कठोर परिश्रममा एक वर्ष केही महिनाभित्र निर्माण भयो । यस कारखानाको निर्माणबाट विश्व नै आश्चर्यचकित भयो । यो कारखाना निर्माणको वेग अभूतपूर्व थियो । यस्तो अति तीव्र वेगलाई ‘भाइनालन वेग’ (Vinalon Speed) भनिन्छ । १९६२ को वर्षमा ५० लाख टन अन्न, २५ करोड मिटर कपडा, ८ लाख टन सामुद्रिक उत्पादन (Marine Products) २ लाख परिवारलाई आवासगृह, १२ लाख टन इस्पात र १ करोड ५० लाख टन कोइला उत्पादन भयो । कुनै पनि बेला अमेरिकी साम्राज्यवादीहरूसँग युद्ध लड्नुपर्ने भएकोले १९६३ को वर्षमा प्रतिरक्षामा विशेष ध्यान पु¥याउनुपर्नाले विकासको कार्य ढिलो भयो । १९६४ बाट पुनः समाजवादी विकास कार्यले द्रुत गति लियो । फेरि १९६६ तिर अमेरिकासँग युद्ध गर्नुपर्ने गम्भीर स्थितिको सृजना हुनाले १९६६ अक्टोबरमा बसेको कोरियाली मजदुर पार्टीको ऐतिहासिक बैठकले सातवर्षे योजनामा अर्को तीन वर्ष थप्ने प्रस्ताव पारित ग¥यो र प्रतिरक्षा सामथ्र्य मजबुत पार्न पार्टी, नेता, सेना र सारा जनता दिलोज्यानले लागे ।
सातवर्षीय योजनाको अवधिमा ठूल्ठूला जलविद्युत् र थर्मोविद्युत् संयन्त्रहरू निर्माण गरिए । त्यसपछि जल विद्युत्मा चल्ने साना–ठूला उद्योग र कलकारखानाहरू जल विद्युत्मा मात्र भर पर्नुपर्ने आवश्यकता भएन । सन् १९७० मा भारी उद्योगहरूले १६ हजार ५ सय मिलियन (१६ अरब ५० लाख) किलोवाट बिजुली, २७.५ मिलियन अर्थात् २ करोड ७५ लाख टन कोयला, २२ लाख टन इस्पात, १५ लाख टन रासायनिक मल र ४० लाख टन सिमेन्ट उत्पादन गरे । यस अवधिमा थुपै्रथुपै्र हल्का उद्योग र कलकारखानाहरू स्थापना गरिए । त्यसमा वार्षिक ४० करोड मिटर उच्च गुणस्तरको कपडा उत्पादन गर्ने कपडा उद्योग, खाद्यान्न उद्योग, दैनिक उपभोग्य सामानहरू उत्पादन गर्ने उद्योग आदि पर्छन् । प्रतिव्यक्ति उत्पादन १ हजार १८४ किलोवाट बिजुली, १ हजार ९७५ किलोग्राम कोइला, १५८ किलोग्राम इस्पात, १०८ किलोग्राम रासायनिक मल, र २८७ किलोग्राम सिमेन्ट थियो । त्यसैगरी ग्रामीण इलाकाहरू पनि विद्युतीकरण गर्नाले ग्रामीण इलाकाको हरेक रिमा विद्युत् र हरेक घरमा बिजुली बत्ती पुग्यो । ग्रामीण इलाकाहरूमा मात्र बिजुलीको खपत १ अरब किलोवाट भयो । बिजुलीबाट चल्ने ८५० किलो मिटरको रेलमार्ग निर्माण गरियो । कुखुरापालन उद्योगहरू ७० करोडभन्दा बढी अण्डा उत्पादन गर्न र हरेक वर्ष ठूलो परिमाणमा कुखुराको मासु उत्पादन गर्न सक्षम भयो । यसरी मुक्तिभन्दा पहिले अति पिछडिएको कोरिया १५–१६ वर्षको छोटो अवधिमै उद्योग र कृषिमा विकसित मुलुकहरूको दाँजोमा पुग्यो अर्को भाषामा भन्नुपर्दा १ शताब्दी वा त्यसभन्दा बढी समय लगाएर विकसित पश्चिमेली देशहरूले गरेको विकास कोरियाले १५ –१६ वर्षमै गरेर देखायो । यसरी ७ वर्षीय योजना सफलतापूर्वक सम्पन्न भएपछि समाजवादी औद्योगिकीकरणको ऐतिहासिक कार्य पूरा भई देश समाजवादी औद्योगिक राज्यमा रूपान्तरण भयो ।
६ वर्षीय योजना १९७१–७६
कोरियाली मजदुर पार्टीको १९७० नोभेम्बर बसेको पाँचौँ महाधिवेशनले १९७१ देखि १९७६ सम्मको ६ वर्षीय योजनालाई पारित ग¥यो । त्यस योजनाका मुख्य लक्ष्यहरू भारी र हल्का परिश्रमबिचको भेदलाई कम गर्ने, कृषि र औद्योगिक कार्यबिचको भेदलाई कम गर्ने र महिलाहरूलाई घरधन्दाको बोझबाट मुक्त गर्ने थियो । यस अवधिमा यी प्रमुख लक्ष्यहरू सफलतापूर्वक पूरा गरिए । औद्योगिक उत्पादनको वार्षिक दर सालाखाला १६.३ प्रतिशतले वृद्धि भयो । कुल औद्योगिक उत्पादनको मूल्य १९७० को भन्दा १९७६ मा २.५ गुणाले बढ्यो । यसैगरी, अन्य क्षेत्रहरूमा पनि वृद्धि दर सालाखाला २ गुणाले बढ्नुका साथै ती क्षेत्रका आर्थिक जगहरू अझ बलियो बनाइयो । श्रमिक जनताको श्रम अवस्थामा धेरै ठूलो प्रगति भयो । सन् १९७४ मार्चमा उत्तर कोरियालाई ‘करमुक्त देश’ घोषणा गरियो । यसअनुसार कुनै पनि आम्दानी कर र अन्य कर प्रणाली उन्मूलन भयो । कुनै पनि कर नलिने संसारमा एउटा मात्र देश भनेको उत्तर कोरिया भयो ।
दोस्रो ७ वर्षीय योजना १९७८–१९८४
त्यस दोस्रो ७ वर्षीय योजनाको मुख्य लक्ष्य भनेको राष्ट्रिय अर्थतन्त्रको जछेमुखि, आधुनिकीकरण र वैज्ञानिकीकरणलाई अघि बढाई समाजवादका आर्थिक आधारलाई अझ सुदृढ बनाउने र जनताको जीवनस्तरलाई निकै माथि उठाउनु थियो । दोस्रो ७ वर्षीय योजनाको समापनको बेला सम्ममा ५६ हजारदेखि ६० हजार मिलियन किलोवाट बिजुली, ७०–८० मिलियन टन कोयला, ७.४–८ मिलियन टन सिमेन्ट, ३.५ मिलियन टन सामुद्रिक उत्पादन (Marine Products), हरेक वर्ष १० मिलियन टन अन्न, १ लाख हेक्टर समुद्री किनारको जग्गालाई माटोले पुरी सम्याएर खेतीयोग्य भूमिमा फेर्ने र राष्ट्रिय अर्थतन्त्रका सबै शाखाहरूको उत्पादनमा पहिलेभन्दा २ गुणाले बढी वृद्धि गर्ने योजना थियो । योजना पूर्णरूपले सफल भई समाजवादको पूर्णरूपले विजय प्राप्त गर्ने सङ्घर्षमा युगान्तकारी घटना भयो । सारा कोरियाली जनताले राजनीति, आर्थिक, सांस्कृतिक र अन्य क्षेत्रहरूमा अझ सुखद् र गौरवान्वित जीवन प्राप्त गरे ।
१९८५ र १९८६ मा समाजवाद निर्माणमा उल्लेख्य प्रगति भयो । (सजिलोको निम्ति १० लाखलाई १ मिलियनको रूपमा उल्लेख गरिएको छ – सं.)
कोरियाली प्रविधि, नमुना, साधन र लगानीबाटै निर्मित भीमकाय पश्चिमी समुद्री बाँधको लागि एउटा आयोग बनाइयो । यो बाँध ८ किलोमिटर लामो छ । यसले पश्चिमी समुद्रका ठूल्ठूला र डरलाग्दा समुद्री छालहरूलाई रोक्ने काम गर्छ । यसमा ५० हजार टन, २० हजार टन र २ हजार टनका जहाजहरू आवतजावत गर्नसक्ने तीनओटा जलमार्गहरू छन् । धेरै मिटर लामो घुम्ने एउटा पुल छ ।
तेस्र्रो सात वर्ष योजना –१९८७–१९९३
यस तेस्रो सात वर्षे योजनामा १ लाख मिलियन किलावाट बिजुली, १२० मिलियन टन कोइला, १० मिलियन टन इस्पात, १.७ मिलियन टनभन्दा बढी फलामरहित इस्पात, २२ मिलियन टन सिमेन्ट, १५ मिलियन टन अन्न, ११ मिलियन सामुद्रिक उत्पादनहरू (Marine Products), ७.२ मिलियन टन रसायनिक मल, १५०० मिलियन मिटर कपडा उत्पादन गर्ने ३ लाख हेक्टर समुद्री किनारा सम्याएर खेतीयोग्य भूमि बनाउने आदि लक्ष्यहरू लिइएको थियो ।
त्यस अवधिभित्रै शोषणरहित वर्गविहीन समाज, मजदुर र किसानबिचको भेद हटाउने, कृषिलाई पूर्णरूपले यान्त्रीकरण, विद्युतीकरण र उर्वरीकरण गर्ने, सहर र गाउँबिचको भेदलाई निकै हदसम्म घटाउने, सहकारी स्वामित्वलाई जनताको पूर्ण समाजवादी स्वामित्वमा रूपान्तरण गर्ने, वर्गविहीन समाजमा पुँजीवादी विचारधारा पालेका व्यक्तिहरूलाई प्रशिक्षित गर्ने विचारधारात्मक वर्गसङ्घर्षलाई तीव्रता दिने आदि कार्यहरूबाट समाजवादको उच्च तहमा प्रवेश गर्ने योजना थियो । यो तेस्रो सातवर्षीय योजना पनि बेलैमा पूर्ण सफलतापूर्वक सम्पन्न भयो र साम्यवादतर्फ जाने बाटो खुल्यो ।
त्यसपछिका विभिन्न योजना पूरा भएको र आजको मितिसम्ममा प्रजग कोरिया अन्तरिक्षमा प्रवेश गरेको र आणविक शस्त्र–अस्त्रले युक्त निकै शक्तिशाली र समृद्ध समाजवादी देशमा रूपान्तरण भयो ।
स्रोत : ‘मजदुर किसान’, असोज–कार्तिक, २०७०
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *