रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
हो, सबैको व्यक्तित्व समान हुँदैन, सबै व्यक्ति सबै पदको निम्ति योग्य पनि हुँदैनन् । मानिस स्वभावैले मानवीय गुणले युक्त हुने हुँदा कसैको कहीँको दबाबलाई अस्वीकार गर्न नसक्दा वा अड्न नसक्दा अनर्थ हुने गर्छ । यस्तो अवस्थामा व्यक्तिले पाएको पद होइन, आफ्नो क्षमता र आकाङ्क्षा गरेको पद प्राप्त गर्न आफूलाई नसुहाउने पद त्यागेर विवादबाट पन्छेर भविष्यको निम्ति राम्रो उदाहरण प्रस्तुत गर्नु समीचीन हुनेछ भन्नेहरूको सङ्ख्या पनि कम देखिन्न । मनले कमलो व्यक्ति जसरी बगरे वा कसाही बन्न सक्दैन, त्यस्तै दबाबको अगाडि झुक्ने खालको मानवीय कमजोरी भएको व्यक्ति स्वतन्त्र र निर्भिक निर्णय गर्नुपर्ने पदको निम्ति उपयुक्त हुने गर्दैन । त्यस्तै, रोग र उपचारलाई प्राथमिकता नदिई रोगीको पीडालाई भावुक ढङ्गले हेर्ने डाक्टरलाई सर्जन वा चिरफार गर्ने चिकित्सक बन्न गा¥हो हुन्छ । बरु, उनी राम्रो फिजिसियन वा विशेषज्ञ हुन सक्छन् ।
८४ वर्षको उमेरमा सन् १९७८ मा धर्मगुरु पोप चुनिएका पोप जोन पोल द्वितीय साढे चार सय वर्षदेखि अर्थात् १५२३ पछिका पहिलो गैर–इटालियाली हुन् । दर्जनौँ भाषाका ज्ञाता र एक कवि, संसारका १७ प्रतिशत जनसङ्ख्या भएको रोमन क्याथोलिकहरूका उनी धर्मगुरु हुन् र धर्म प्रचार गर्न उनले १२० राष्ट्रहरूको भ्रमण गरे ।
उनी धर्मको नाममा गरिने हिंसा र युद्धका विरोधी थिए । पूर्वी युरोपमा समाजवादको पतनपछि पूर्व समाजवादी देशहरूमा फैलिएको गरिबी, भोकमरी, अपराधमा वृद्धि, लागूपदार्थ , वेश्यावृत्ति र उपचारबिनाको मृत्युको कारण उनले समाजवादको सकारात्मक पक्षलाई पनि अनुभव गरेका थिए ।
समाजवादी क्युवामा ठूलो स्वागत पाएर उनी चकित भए भने कम्युनिस्टहरू उनीसँग डराउँदैनन् बरु समाजवाद जनताको विश्वास र समर्थनमा अडेको हुन्छ भन्ने उनले बुझे ।
उनको मुत्युपछि पनि रोमन क्याथोलिकहरूले उनलाई सम्झिरहने छन् र अरब देशहरूमा होस् या अन्य धर्मावलम्बीहरू होस्, धर्म एक प्रकारको विश्वासमा अडेको हुन्छ र समाज जतिसुकै भौतिकरूपले अगाडि बढे पनि अन्धविश्वास धेरै वर्षसम्म रहिरहन्छ भन्ने प्रस्ट छ ।
बेलायती दरबार विवादमा फस्न सक्ने
३० औँ वर्षसम्मको प्रेम प्रसङ्गपछि युवराज चाल्र्स र क्यामिला पार्करको चैतको अन्तिम हप्तामा विवाह भयो । तर, युवराज चाल्र्सको विवाह १९८१ मा श्रीमती डायनासँग भएको थियो । उनीहरूबाट दुईजना छोराहरू पनि छन् ।
केही वर्षदेखि युवराज चाल्र्स र डायनाको बिचमा मनमुटाव भयो र पेरिसको एक कार दुर्घटनामा उनी मरिन् । त्यसपछि चाल्र्सको क्यामिलासँगको प्रेमप्रसङ्ग बिचबिचमा चर्चामा आई नै रह्यो । क्यामिला अर्कै पुरुषसँग विवाह भएर केटाकेटी भएकी महिला हुन् । उनी उनको लोग्नेसँग पारपाचुके पनि भइसकेकी महिला हुन् ।
एडवार्ड (Edward VIII 1894-1972) सन् १९३६ मा राजा भए । उनले एक पारपाचुके भएकी महिलासँग विवाह गर्न खोज्दा राजालाई भनिएको थियो, “सरकारबाट चाहिबक्सेको पारपाचुके भएकी महिलासँग विवाह गरिबक्सनुहुन्छ तर गद्दी छोडेर । किनभने, बेलायती राज खान्दानमा पारपाचुके भएकी महिलासँग विवाह गर्ने परम्परा छैन ।
राजा एडवार्डले गद्दी छोडे । पारपाचुके भएकी अमेरिकी महिला सिम्पसन बालिस (Simpson Walish, 1896-1986) सँग विवाह गरेर उनी इटालीमा गएर बसे । एडवार्ड सन् १९७२ मा र सिम्पसन सन् १९८६ मा इटालीमै मरे । बेलायती राजदरबारसँग तिनीहरूको सम्बन्ध कहिल्यै राम्रो भएन ।
युवराज चाल्र्स र क्यामिला पार्करको विवाह समारोहमा महारानी एलिजावेथ उपस्थित नहुनु र कुनै दिन पारपाचुके भएकी महिलासँग विवाह गरेको व्यक्ति गद्दीमा बस्न नपाउने प्रश्न नजिरको रूपमा बेलायतको राजनैतिक डबलीमा उठ्न सक्ने सम्भावना छ । हेर्न बाँकी नै छ– बेलायतीहरू आफ्नो परम्परामा कायम रहन्छन् वा छाड्छन् ।

पद, व्यक्तित्व र पेसाको चुनाव
कार्यपालिका, विधानपालिका र न्यायपालिका गरी राज्यका तीनै वटा अङ्गको अधिकार एउटै संस्था वा व्यक्तिको हातमा हुँदा त्यो व्यवस्था निरङ्कुश हुने वा व्यक्तिको हातमा रहेमा व्यक्ति नै निरङ्कुश हुने अनुभव विश्व इतिहासमा विभिन्न देशका जनताले भोगेकै हुन् । यसकारण, राज्यको पृथकीकरणको सिद्धान्त अगाडि बढेको थियो ।
प्रतिनिधिसभा वा विधायिकाले संविधानविपरीत वा मानव अधिकार हनन हुने खालको कुनै विधेयक पारित गरेमा त्यसको विरोधमा जनता सर्वोच्च अदालतमा गुहार माग्न पुग्नेछन् । अदालतले संविधानको उचित वा न्यायसम्मत व्याख्या गर्ने काम गर्छ र जनताका अधिकारहरूको रक्षा गर्छ ।
त्यस्तै, कार्यपालिकाले संविधान र प्रचलित ऐन–कानुनको भावना र परम्पराविपरीत वा जनताका अधिकारहरूको दुरूपयोग गरेमा राष्ट्रपति, प्रधानमन्त्री वा सरकार (कार्यपालिका) को निर्णय या कारबाहीलाई गैरसंवैधानिक अदालतले निर्णय गर्नेछ ।
यसरी न्यायपालिकाले विधानपालिका र कार्यपालिकाबाट हुने ‘असंवैधानिक’ कार्यहरू, निर्णय र निर्देशन वा जनताका अधिकार हनन हुने विधेयकहरू वा अध्यादेश जारी गरेमा समेत ‘असंवैधानिक’ वा ‘गैर–कानुनी’ फैसला वा निर्णय गरी संविधान, ऐन–कानुन र जनताको अधिकारको रक्षा गर्छ ।
सैद्धान्तिकरूपले न्यायपालिका वा न्यायाधीशहरूले राजा र प्रजाको बिचमा ‘निर्णायक’ को भूमिका निर्वाह गर्नुपर्ने गरिमामय स्थानको चयन गरेको हुन्छ । त्यस्तै, न्यायाधीशहरू सिंहासनको सिंह हुन नहुने सिद्धान्त पनि नयाँ होइन । संसदीय व्यवस्थामा कहिलेकाहीँ विधानपालिका र कार्यपालिका एउटै पार्टीको हुँदा निरङ्कुशता देखापर्ने हुन्छ, त्यसबेला पनि सर्वोच्च अदालतले अत्यन्त महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।
यस पृष्ठभूमिलाई हेर्दा ७ चैतको दिन अस्ट्रेलियाको गोल्डकोष्टमा आयोजित एसिया र प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा नेपालको वर्तमान प्रधानन्यायाधीश हरिप्रसाद शर्माको सम्बोधन अत्यन्त चर्चा र विवादको विषय बन्यो ।
प्रधानन्यायाधीश पनि नेपाली नागरिक हुन् । उनलाई पनि एक नेपाली नागरिक सरहका मौलिक र राजनैतिक अधिकारहरू पनि उपभोग गर्ने अधिकार छ । तर, त्यस्तो अधिकार प्रयोग गर्दा सामान्य नागरिक वा हरिप्रसाद शर्माले गरेजस्तै नगरी प्रधानन्यायाधीश हरिप्रसाद शर्माले गरिमामय पदको मर्यादालाई ध्यानमा राखेर मात्रै गर्ने कुरा सबैको अनुमानभित्रकै कुरा हो ।
तर, अस्ट्रेलियाको सम्मेलनको प्रधानन्यायाधीशको सम्बोधन भाषण वर्तमान सरकारको कुनै एक मन्त्रीको जस्तै हो वा त्यसको खेस्रा कुनै एक मन्त्रीले गरेको हुनुपर्दछ भनी बौद्धिक समुदायमा चर्चाको विषय बन्यो । नेपालको न्याय व्यवस्था, अदालतहरूको भौतिक र आध्यात्मिक स्थिति, समस्याहरू, निराकरणका सम्भावना र योजनाहरू वा नेपालको न्यायपालिकाको विशेषताहरूको तस्बिर र अन्तर्राष्ट्रिय न्यायक्षेत्रमा नेपालको न्यायपालिकाको दृष्टिकोण त्यस सम्बोधन भाषणमा प्रतिबिम्बित हुने सबैले आशा गरेका थिए ।
तर, दुर्भाग्यवश, नेपाली बौद्धिक समुदायको अनुमान, आशा र विश्वासमा तुषारापात हुने खालको सन्देश प्रधानन्यायाधीश हरिप्रसाद शर्माको सम्बोधन भाषणमा पर्न गयो । राजनैतिक दलहरू, प्रजातन्त्र र ‘माओवादी’ गतिविधिबारे उच्चारण गरिएका वाक्यहरू प्रधानन्यायाधीशले फैसला सुनाउनुभन्दा पहिले नै एउटा पक्षले पाएको आश्वासन जत्तिकै थियो वा परीक्षा हुनुभन्दा पहिले नै अनियमितरूपले गुप्तता भङ्ग भएको प्रश्नपत्रजस्तै देखियो ।
हो, सबैको व्यक्तित्व समान हुँदैन, सबै व्यक्ति सबै पदको निम्ति योग्य पनि हुँदैनन् । मानिस स्वभावैले मानवीय गुणले युक्त हुने हुँदा कसैको कहीँको दबाबलाई अस्वीकार गर्न नसक्दा वा अड्न नसक्दा अनर्थ हुने गर्छ । यस्तो अवस्थामा व्यक्तिले पाएको पद होइन, आफ्नो क्षमता र आकाङ्क्षा गरेको पद प्राप्त गर्न आफूलाई नसुहाउने पद त्यागेर विवादबाट पन्छेर भविष्यको निम्ति राम्रो उदाहरण प्रस्तुत गर्नु समीचीन हुनेछ भन्नेहरूको सङ्ख्या पनि कम देखिन्न । मनले कमलो व्यक्ति जसरी बगरे वा कसाही बन्न सक्दैन, त्यस्तै दबाबको अगाडि झुक्ने खालको मानवीय कमजोरी भएको व्यक्ति स्वतन्त्र र निर्भिक निर्णय गर्नुपर्ने पदको निम्ति उपयुक्त हुने गर्दैन । त्यस्तै, रोग र उपचारलाई प्राथमिकता नदिई रोगीको पीडालाई भावुक ढङ्गले हेर्ने डाक्टरलाई सर्जन वा चिरफार गर्ने चिकित्सक बन्न गा¥हो हुन्छ । बरु, उनी राम्रो फिजिसियन वा विशेषज्ञ हुन सक्छन् ।
आत्म–आलोचनाको छेस्को
पाँच पार्टीको आन्दोलनलाई छोडेर एमालेलाई शेरबहादुर (नेका प्र.) देउवाको सरकारमा सामेल गराउन एक जिम्मेवार व्यक्ति वामदेव गौतम पनि हुन् भनी एमालेका कार्यकर्ताहरू बताउँछन् । तर, उनी मन्त्री हुन नपाउँदा एमाले मन्त्रीहरूका गतिविधिहरूलाई आलोचना पनि गर्थे । उनले पनि पछि ‘दैलो’ देखेको कुरा ३१ चैत, २०६१ को जन ‘आस्था’ साप्ताहिकको ‘नोट अफ डिसेन्ट’ मा ‘हामीहरू कहाँनिर चुक्यौँ ?’ भन्ने शीर्षकको आत्म–आलोचनाबाट प्रस्ट हुन्छ ।
स्पष्ट वक्ता सुखी हुन्छन् । तर, स्पष्ट वक्ताको नाममा जे पनि बोल्ने र घरी घरी कुरा फेर्नु पनि नेताहरूको निम्ति उपयुक्त हुँदैन, त्यसले स्थिरता देखा पर्दैन । आँट वा साहस हुनु व्यक्तिको राम्रो पक्ष हो । तर, आँखा चिम्लेर साहस मात्रै देखाउँदा त्यो दुस्साहस हुन्छ र खाल्डोमा पर्छ । यसकारण, विवेक र तर्कबिनाको साहस व्यक्तिको दुर्गुण पनि साबित हुने गर्छ ।
वामदेव गौतमले लेखे, “जसले गल्ती गरेको साबित हुनेछ, ऊ बच्न सक्ने छैन । तर, यसो नगर्दै नेतालाई मात्र सत्तो सराप गर्दा राजाको निरङ्कुश हुने चाहना, प्रजातन्त्रका विरुद्ध उनले गरेका षड्यन्त्र र जनताको सार्वभौमिकताको अपहरणको निम्ति पार्टीको कथित कमजोर नेतृत्वलाई दोषी बनाएर वास्तविक दोषीलाई बचाउने र उसका अपराधमा पर्दा लगाउने काम हुँदैन ।”
माथिको भनाइमा वामदेवजी प्रस्ट देखिन्न । तर, अगाडि उनले ‘मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्नु’, ‘संसद्बाट क्रान्तिकारी भूमिसुधार लागू गर्न नसक्नु’ र ‘पार्टीभित्र अभित्याज्य तत्वहरूको घुसपैठ हुनु’ आदि पार्टीको कमी कमजोरी बताए । तर, पनि एमालेले ‘कम्युनिस्ट’ सिद्धान्त छोडेर पुँजीवादी शासनको शासक बन्नु, कामदारवर्गको हितलाई बिर्सनु, सत्ताको लोभलालचमा प्रतिक्रियावादी शक्तिको शिकार बन्नु आदिबारे वामदेव गौतमको ध्यान अझै गएको देखिन्न ।
स्रोत : ‘प्रतिध्वनि’ मासिक, ०६२
Leave a Reply