भर्खरै :

सिंहदरबारलाई चोखो पारौँ, सकिन्छ ?

सिंहदरबारलाई चोखो पारौँ, सकिन्छ ?

सिंहदरबारलाई भ्रष्टाचारको अखडा नबनाऊ । होला विसं १९६० मा सिंहदरबार निर्माण हुँदा काम गर्नेहरूको ज्याला ज्यादै सस्तो थियो । जेलमा थुनिएकालाई सस्ता ज्यालामा काम लगाई एक किसिमले हार्रहुर्र गरेर सस्तोमा बनेको हो सिंहदरबार । त्यही सिंहदरबार अहिले चरम भ्रष्टाचारको अखडा भएको छ । सिंहदरबार निर्माण भएकै तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको आवासका लागि हो । चन्द्रशमशेर राणा विशाल दरबारमा बसी राजपाठ सञ्चालन गर्न चाहन्थे । त्यतिबेला तयार भइसकेका कतिपय दरबारको बन्दोबस्त गरी लिने विशालकाय दरबार नखोजेका होइनन् । तर सहसा कुनै पनि ठूलाघरे राणाले आफ्नो दरबार चन्द्रशमशेरलाई दिन राजी भएनन् तबमात्र बनेको हो नयाँ सिंहदरबार । यसको नाम पनि एक प्रकार अनौठो गरी जुरेको छ । एक दिन श्री ३ महाराज मन परेकी रानीसँग दरबारको सिंहनिर बसी विहङ्गम दृष्टि दिँदै रहेछन् । त्यत्तिकैमा चन्द्रशमशेरले अर्को दरबार देखाई ऊ त्यो बागदरबार हो† अब यो दरबारको नाम के राख्ने भनी प्रश्न गरेछन् । तब बडामहारानीले भनिछन्, त्यो बागदरबार यो सिंहदरबार चन्द्रशमशेरलाई चित्त बुझेछ र सिंहदरबार भयो ।

पस्ता चाउरी परेर फर्कँदा मोटाएर
आजभन्दा १२० वर्षअघि बनेको सिंहदरबार ७ चोकको र १७०० वटा कोठा छन् । चन्द्रशमशेरले ५० हजार रूपैयाँमा त्यो दरबार किने र त्यो विशाल दरबार अब त्यो व्यक्तिको भएन राज्यको भयो । चन्द्रशमशेरले ५० हजार रूपैयाँमा किनेको सिंहदरबार दुई करोड रूपैयाँमा सरकारलाई नै बेचे । यी सबै पृष्ठभूमिको सूक्ष्म दृष्टिले केलाउँदा जताततै भ्रष्टाचारको दुर्गन्ध डुङडुङ गन्हाउँछ । यो भ्रष्टाचार आफू गन्हाउँछ गन्हाउँछ अरूलाई पनि छोड्दैन । सिंहदरबारले १२० वर्षदेखि सिकाएको भ्रष्टाचार अहिले पनि सिकाउँदै छ । भ्रष्टाचार सिकाउँदिन भन्न सक्दैन, कसले सिकाउँछ भ्रष्टाचार ? एक जना कहिल्यै भ्रष्टाचार नगरेका दाङ जिल्लाका चोखा मान्छे रहेछन् गृहमन्त्री । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ५० हजार रूपैयाँ चाहिएछ र मन्त्रीसँग मागेछन् । त्यतिबेलासम्म मन्त्रीले घूस खाँदैनथे । मन्त्रीको अँध्यारो मुख देखेपछि सचिवले एकान्तमा सोधेछन् किन तपाईं आबनर्मल ? मन्त्रीले भन्यो, “प्रमले भोलिसम्म ५० हजार रूपैयाँ माग्यो ।” त्यत्रो रकम आफूसँग नभएको भनेपछि सचिवले भोलि बिहानसम्म ५० हजार रूपैयाँ मन्त्रीजीको हात पर्छ चिन्ता मान्नुपर्दैन भनेपछि मन्त्रीजी शान्त भएछन् । यसरी सिंहदरबार भ्रष्टाचारको अखडा भएको हो, त्यो सिंहदरबारले कति लाख वा करोड जोड्यो, खर्च ग¥यो । तर भ्रष्टाचार रोकिएन । जति पछि भो भ्रष्टाचार उति बाक्लो हुन लाग्यो । जब सिंहदरबार नै चोखो हुँदैन, अरू दरबार चोखो हुने कुरै भएन । चाउरी परेको अनुहार लिएर पस्छन्, फर्कँदा मोटाएर फर्कन्छन् ।

आँटे रोक्न सकिन्छ भ्रष्टाचार ?
सिंहदरबारमा धेरै पढेलेखेका मान्छे छन् तर त्यही सिंहदरबार भ्रष्टाचारको प्रबल किल्ला भएर आएको छ । सिंहदरबारमै ललिता निवासको त्यत्रो जग्गा व्यक्तिको नाममा किनबेचको अवस्थामा पु¥यायो सिंहदरबारले । नक्कली भुटानी शरणार्थी काण्ड कुहिएर गन्हाइरहेछ । सुन तस्करीको काण्ड सिंहदरबार भएरै पसेको हो । यसरी सिंहदरबार गर्न हुने काम गर्दैन गर्न नहुने काम भने गर्छ, गरिन्छ । यसरी यो सिंहदरबार वास्तवमा एकजना प्रशासकको लागि बनेको थियो । पछि सरकारले नै किन्यो र केन्द्रीय सचिवालयको स्वरूप लियो । केन्द्रीय सचिवालयको स्वरूप के लिएथ्यो अब सिंहदरबार कडा भएर आयो । सबै तहका मान्छे राम्रो भए राम्रो हुनेरहेछ । तर, एक ठाउँ राम्रो भएन भने सबै ठाउँ नराम्रो हुनुपर्ने । तर, सबै ठाउँ राम्रो हुन गा¥हो । पैसा पाएपछि सबै दङ्ग । यो पैसाले सबैलाई इमानदार हुन दिएन । धेरैलाई बिगा¥यो । एकपल्ट बिग्रिएपछि कठिन हुँदो रहेछ । गलत पैसातिर आकर्षण हुन लागेपछि मान्छे पतनको बाटोमा खस्दो रहेछ । हिजोका को को आज के भए पुनरावलोकन गरे एकैछिनमा सीमामा पुगेको छ । अझै पनि सरकारमा इमानदार केही मान्छे छन् । ती इमानदार मान्छेले नै धानेका छन् । नत्र सरकार चल्नै सक्दैनथ्यो । भ्रष्टाचार साँच्चै उन्मूलन गर्ने हो ? यो आँट र अठोट छ ? साँच्चै सङ्कल्प गर्ने हो भने भ्रष्टाचार रोक्न सकिन्छ जस्तो लाग्छ । तर, सजिलोसँग भ्रष्टाचार रोकिएको कतै देखापर्दैन । यसो भनेर बाटो छोड्ने हो भने मुलुक बिग्रियो है ? एकपल्ट सोचौँ न ।

भ्रष्टाचार रोक्न पहिलो इच्छाशक्ति
पच्चीस लाख रूपैयाँमा बनेको सिंहदरबारले भ्रष्टाचार कताबाट भयो सहजै पत्ता लगाउन सक्छ । पच्चीस लाखमा तयार भएको सिंहदरबारले आफैलाई रू. दुई करोडमा सरकारलाई नै बेच्यो । यो कम गम्भीर मुद्दा कहाँ हो र ? तर, चन्द्रशमशेरको राज्यमा को बोल्ने ? चुइँक्क यताउति बोल्यो भने जिब्रो नै झिकिने बेला ! वर्ष दिनभर कमाएको पैसा देशको सरकार सञ्चालनमा कति खर्च हुन्छ । त्यो खर्च ग¥यो । बाँकी रकम श्री ३ को व्यक्तिगत हुने जमाना थियो । कुमारी चोक भन्ने एउटा अड्डा थियो जसले हिसाब किताब नदिई नबिराई हेथ्र्यो । कुमारी चोक अड्डा भनेपछि सबै कायल । कुमारी चोक अड्डाबाट पार पाउन भने निकै उकालो । तसर्थ, कुनै पनि शासक लाग्ला है भनेपछि कामी हाल्ने । प्रायः सरकारले कुमारी चोक नामले एउटा सिंह खडा गरेको थियो । त्यो कुमारी चोक अड्डाको नाम लियो कि सबै जना कायल । नेपालमा राणा शासनमा कुमारी चोकले धेरैलाई भ्रष्टाचार गर्नबाट रोकेको थियो । तैपनि भ्रष्टाचार हुन्थ्यो । जब सिंहदबार नै भ्रष्टाचारको केन्द्र बन्छ तब भ्रष्टाचार नहुने ठाउँ नै कहाँ होला र ? अहिले बेथिति नहुने ठाउँ कहाँ होला र ? प्रधानमन्त्री, गृहमन्त्री, अरू पनि सम्झिए भ्रष्टाचार हुने ठाउँ प्रशस्त छन् । तर, सिंहदरबार नै भ्रष्टाचारको अखडा हुँदा त्यो अखडामा तह लगाउन देउवा, ओली, नेपालहरूले देलान् र ? कहाँ कहाँ ठूला भ्रष्टाचार हुन्छन् कहाँ कहाँ साना भ्रष्टाचार हुन्छन् ? सबै भ्रष्टाचारीहरूलाई थाहा हुन्छ । तसर्थ, भ्रष्टाचार साँच्चै रोक्ने हो भने सकिन्छ । तर इच्छाशक्ति चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *