भर्खरै :

अमेरिकी साम्राज्यवाद भारतलाई उक्साएर एसियामा युद्ध भड्काउने प्रयासमा

अमेरिकी साम्राज्यवाद भारतलाई उक्साएर एसियामा युद्ध भड्काउने प्रयासमा

विश्वका जनताले साम्राज्यवादी, फासीवादी, उपनिवेशवादी र विस्तारवादीहरूको स्वार्थका कारण दुईवटा विश्व युद्ध व्यहोरे । पहिलो विश्व युद्ध सन् १९१४–१९१८ सम्म भयो भने दोस्रो विश्व युद्ध सन् १९३९– १९४५ सम्म भएको थियो । अमेरिकी साम्राज्यवादले सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोसिमामा फ्याटम्यान र त्यसको तीनदिन पछि अगष्ट ९ मा नागासाकीमा लिटिल ब्वाई नामको एटम बस खसालेर दुई तीन लाख निहत्था जापानी नागरिकको हत्या र अङ्गभङ्ग गरेको कालो इतिहास विश्वका जनतालाई थाहा छ । त्यस्तो खतरनाक युद्ध के भारतले एसियामा निम्त्याउन चाहेको हो ? अमेरिकी साम्राज्यवाद भारतलाई उक्साएर एसियामा युद्ध थोपर्न चाहन्छ । ऊ पछाडिबाट उक्साएर चीन र भारतलाई भिडाउन चाहन्छ ।
हिजो अमेरिकी साम्राज्यवादले अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकामा जस्तो विकास र सहयोगको नाममा, प्रजातन्त्र र मानवअधिकारको नाममा एनजीओ, आइएनजीओहरू पठाएर देश टुक्राएको थियो; एक आपसमा भिडाएको थियो । उसले हतियारको आपूर्ति गरेर व्यापारको नाममा त्यहाँको मूल्यवान् र महत्वपूर्ण प्राकृतिक सम्पदा लुटेको थियो । त्यसरी लुटेको सम्पत्तिले ऊ समृद्ध र शक्तिशाली देश बनेको थियो । उसले सोभियत सङ्घलाई लाखौँ एनजीओ र आइएनजीओहरूलाई हतियारको रूपमा प्रयोग गरेर १५ टुक्रा पारिदियो । त्यहाँ उसले प्राकृतिक सम्पत्ति लुट्ने युवाहरूलाई वैचारिकरूपमा कुलत र भ्रष्ट बनाइदियो; सबै क्षेत्र तहसनहस पारिदिएको थियो । फेरि अगाडि बढ्न खोजेको रुसलाई उसले युक्रेनलाई उचालेर पुनः पछार्ने र अगाडि बढ्न नदिने दुष्प्रयास गर्दै छ । उसले युक्रेनको काँधमाथि बन्दुक अड्याएर रुसमाथि आक्रमण गर्दै छ । त्यसको विश्वभरका जनताबाट भत्र्सना र विरोध भइरहेको छ । अबको १०/२० वर्षपछि विश्वको आर्थिक केन्द्र एसिया हुनेछ । त्यसैमा अमेरिकाको टाउको दुखिरहेको छ । त्यसमा उसलाई दाहा र इष्र्या लागिरहेको छ । त्यसलाई असफल पार्न अमेरिका रातदिन षड्यन्त्र बुन्न व्यस्त छ । ऊ एसियामा युद्ध भड्काउन चाहन्छ । यसको लागि अमेरिकाले भारतलाई उभ्याउन प्रयास गरिरहेको छ । अमेरिकाले उसलाई विस्तारै आफूतिर तानिरहेको छ । यो घटनाक्रमले पुष्टि गरिरहेको छ । बिचमा कुनै बाधा व्यवधान नआएमा चीनले विश्वलाई आर्थिक, प्राविधिक, वैज्ञानिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नेतृत्व गर्नेछ । त्यसको पछाडि भारत आउने सम्भावना रहेको छ । त्यसपछि इन्डोनेसिया, मलेसिया, साउदी अरब, जापान, दक्षिण कोरिया आउन सक्ने उल्लेख छ । हिजो संयुक्त राष्ट्र सङ्घको महासभामा संयुक्त राष्ट्र सङ्घको मुख्यालय अमेरिकाबाट एसियामा सार्नुपर्ने आवाज राख्दा लिवियाका राष्ट्रपति महमद गद्दाफी अमेरिकाको निम्ति अपराधी भए । त्यसैले अमेरिकाले निहुँ खोजेर उनलाई सिध्याइदियो । एसियाको उन्नति, प्रगति र विकास रोक्न अमेरिकालाई निन्द्रा लागेको छैन । सबै क्षेत्रमा अगाडि आइराखेको एसियाली देश चीनलाई भिडाउन, युक्रेनलाई प्रयोग गर्न कहिले जापान, दक्षिण कोरिया, कहिले ताइवान, फिलिपिन्स, कहिले मलेसिया र कहिले इन्डोनेसिया आदिलाई उसले विभिन्न नाम र बहानामा उचाल्दै छ । उसले भारतलाई एसियाको दलाल र विभीषणको रूपमा प्रयोग गर्दै छ; त्यसमा किनाराको साक्षीको रूपमा नेपाललाई उपयोग गर्दै छ । त्यसको लागि यहाँका दलाल कठपुतली, देशघाती, देशद्रोही, शासक दल र त्यसका नेताहरूलाई प्रभाव र दबाबमा धम्काएर एमसीसी पास गराइसकेको छ ।
अमेरिका चीनसित लड्न आँट गर्दैन र सक्दैन । उसलाई के थाहा छ भने चीन इराक र लिबिया होइन । उसले त्यस्तो सोच राखेर चीनमाथि हात हालेमा ठूलो मूल्य चुकाउनुपर्छ । चीनसँग खेल्नु भनेको आगोसँग खेल्नुजस्तो हो भन्ने कुरा पनि थाहा होला । हिजो कहिल्यै सूर्य नअस्ताउने देश बेलायती साम्राज्यवाद आज जसरी पृथ्वीको एउटा सानो कुनामा थन्किन पुगेको छ, अमेरिकाको त्योभन्दा पनि दयनीय अवस्थामा पुग्नेछ भन्ने अनुमान लगाउन गा¥हो छैन ।


भारत र चीनलाई पछार्न सक्यो भने अमेरिका विश्वको १ नम्बरको आर्थिक विकास र अर्थतन्त्र बलियो भएको देश बनिरहनेछ । छिमेकी एसियाली मित्र देश चीन र भारतले हामीलाई लड्डु जुधाएर चिनी झारेजस्तै दुवैलाई एक आपसमा भिडाएर सिध्याउन अमेरिका लागेको छ भन्ने कुरा थाहा हुनुपर्छ । त्यसलाई बुझ पचाएर दुवैले मुर्खता प्रदर्शन गर्दैन होला ।
अमेरिकाले ‘मुखमा राम राम बगलीमा छुरा’ को नीति अपनाउँदै संसारलाई दुःख दिँदै आएको छ । चीनलाई पनि त्यही नीति प्रयोग गरेर पछार्ने या युद्धतिर धकेलिरहेको घटनाक्रमले देखाइरहेको छ । अमेरिकाले भारतलाई यस्तै प्रलोभन र चीनको डर देखाएर एसियाको नेटो क्वाडमा सदस्य बनाइसकेको छ । सन् १९६२ को चीन–भारत युद्धमा चीनले भारतलाई राम्रो पाठ सिकाइसकेको छ । अमेरिकाले भारतलाइ हिन्द प्रशान्त रणनीति इन्डोप्यासिफिक स्ट्राटेजीको साझेदार बनाइसकेको छ । नेपाललाई ५५ अर्बको लोभ देखाएर दुवै देश लागेर एमसीसीमा सही गराइएको छ । जनताको आँखामा छारो हाल्न कुनै हालतमा एमसीसी पास गराउदिन भन्ने यहाँका देशघाती शासक दलहरू प्रभाव र दबाबमा परेर एमसीसी पास गराइसकेका छन् । यो विकास र सहयोगको बहानामा नेपालमा पसेर ढोकाको साँचो हात पार्ने उपाय हो । त्यसको लागि कसैसँग स्वीकृति लिनु परेन । अमेरिकाले दिने भनिएको रु. ५५ अर्ब पाउन पहिला नेपालले खर्च गर्नुपर्ने र पछि उनीहरूलाई चित्त बुझ्यो भनेमात्र पैसा दिने हो । चित्त बुझेन भने त्यो पैसा नेपाललाई दिन बाध्य छैन । उसको लुकेको स्वार्थ पूर्ति भयो भने मात्र त्यो पैसा दिने हो ।
‘आफैँ धामी आफैँ बोक्सी’ भएर आफैँले युक्रेनलाई उक्साएर रुससँग भिडाएको युक्रेनको काँधमा बन्दुक अड्याएर रुसमाथि हमला गर्ने अमेरिकाले रुसले सानो देश युक्रेनमाथि आक्रमण ग¥यो भनेर त्यसको विरोधमा संयुक्त राष्ट्र सङ्घमा विरोध प्रस्ताव राख्दा त्यसको समर्थन गर्ने तर त्यसैको निहुँमा नाकाबन्दी लगाउँदा समर्थन नगर्ने भारतको द्वैधचरित्रले पनि भारतको नियत कस्तो छ भन्ने कुरा प्रस्ट छ । एसियामा शान्ति, विकास र आर्थिक केन्द्र एसिया बनाउन चाहेको हो भने ऊ क्ष्एक् मा बस्ने थिएन । ऊ क्वाडको सदस्य बन्ने थिएन । अनि अमेरिकामा गएर बाइडेनसित गुप्त सूचना आदानप्रदान गर्न र विभिन्न सुरक्षा रणनीतिमा हस्ताक्षर गर्ने थिएन । ऊ रुस, चीनलगायतका एसियाली मित्र देशहरूसित हातमा हात, काँधमा काँध जोडेर अगाडि बढउनुपर्ने थियो । तर, घटनाक्रमले भारत त्यतातिर गएको देखिँदैन । त्यसैले, सी चिनफिङ र पुटिन मोदीलाई सबक सिकाउन उसले आयोजना गरेको जी २० को शिखर सम्मेलनमा सहभागी नभएको विश्लेषकहरू बताउँछन् । जबकि चीन विश्वसँग हातमा हात, काँधमा काँध मिलाएर आपसी सद्भाव, शान्ति, साझा लक्ष्य र हितको लागि अगाडि बढिरहेको विश्वका जनतालाई थाहा छ ।
अहिले भारतको गतिविधि एसियाको हित अनुकूल देखिँदैन । अमेरिकाले देखाएको गलत र आत्मघाती सपनाको पछाडि भारत हिँडेको आभास हुन्छ । उसले २०२३ अगस्ट २५ मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वका अर्थतन्त्रमा उदयमान ब्रिक्सका ५ वटा देशहरूमध्ये ४ वटा देशहरू एकातिर ऊ अर्काेतिर लागेको विश्लेषकहरू बताउँछन् । चीन, रुस, दक्षिण अफ्रिका, ब्राजिल ब्रिक्सलाई विश्वमा बिस्तार गर्न चाहन्छन् । तर, भारत त्यसलाई रोक्न चाहन्छ । विश्वमा डलरको साम्राज्य समाप्त पार्न ब्रिक्सको साझा मुद्रा बनाउन, ब्रिक्सका साझेदार देशहरू, सदस्य देशहरू वृद्धि गर्न ती ४ वटा देशको आग्रह र प्रस्तावबाट ऊ पछि हट्यो । उक्त सम्मेलनमा ब्रिक्सको नयाँ सदस्य बढाउन चीनले एसियाका तीनवटा देश साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्स सदस्यको लागि प्रस्ताव गरेको छ । दक्षिण अफ्रिकाले दुई अफ्रिकी देश इजिप्ट, इथोपिया र ब्राजिलले छिमेकी मित्र देश अर्जेन्टिनालाई प्रस्ताव गरेका थिए भने भारतले त्यसमा असन्तुष्टी जनाई कुनै पनि एसियाली मित्र देशलाई सदस्य बनाउन प्रस्ताव गरेन । ती ६ वटा प्रस्तावित देशहरू आगामी २०२४ जनवरी १ बाट औपचारिकरूपमा ब्रिक्सको सदस्य बन्ने छन् । उसको वरिपरिका कुनै पनि देशसँग राम्रो सम्बन्ध छैन । किनकि, उसले ती सबै देशमा थिचोमिचो र हस्तक्षेप गरिरहेको छ ।
तसर्थ, अमेरिकाले देखाएको आत्मघाती लोभमा बाँडेको सपनामा नफसी छिमेकीहरूलाई थिचोमिचो र हस्तक्षेप नगरी एसिया र समग्रमा विश्वको आपसी मित्रता, सद्भाव, विकास र शान्तिको लागि भारतको घैँटोमा चाँडै घाम लाग्नु आवश्यक छ । भारत आफ्नो मित्र देश चीन, रुसलगायतका देशहरूसँग हातेमालो गर्दै अगाडि बढ्दा उसैको लागि, एसियाको लागि, समग्रमा विश्वको शान्ति र विकासको लागि ठूलो योगदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *