अन्तर्राष्ट्रिय

  • लेबनानी सरकारको ५० करोड डलर बराबरको ऋणपत्र कतारले किनिदिने

    दोहा, कतार, ७ माघ । आर्थिक रूपमा समृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेबनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ । कतारी अमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको भोलिपल्ट कतारले लेबनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारले जनाएको हो । “कतार सरकारले लेबनानी सरकारको ५० करोड बराबरको […]

  • एथेन्समा हिंसात्मक द्वन्द्व

    एथेन्स, २० जनवरी । ग्रीसेली सहर मेसेडोनियाको नाम पूर्व युगोस्लाभियाबाट टुक्रिएको एउटा देशलाई प्रयोग गर्न दिने विषयमा भएको सम्झौताको विषयमा ग्रीसको राजधानी एथेन्समा आइतबार भएको प्रदर्शन हिंसात्मक भीडन्तमा बदलिएको छ । ग्रीसेली संसदको प्राङ्गणमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरू संसदभवनभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र उनीहरूबीच हिंसात्मक भीडन्त भएको थियो । सशस्त्र सुरक्षाकर्मीमाथि उनीहरूले ढुङ्गा, आगो आदि फालेका थिए । […]

  • व्यापारिक घरानाको चन्दाले चल्ने भाजपा

    नयाँ दिल्ली, २० जनवरी । भारतको सत्तासीन भारतीय जनता पार्टीले सन् २०१७–१८ मा त्यहाँका अन्य राजनीतिक दलको तुलनामा बा¥ह गुणा बढी चन्दा सङ्गलन गरेको निर्वाचन आयोगको आधिकारिक घोषणाले देखाएको छ । घोषितबाहेक अघोषित रूपमा लिइएको चन्दा रकम सो तथ्याङ्गमा समावेश गरिएको छैन । ‘द एसोसिएसन फर डेमोक्रेटिक रिफर्म’ ले जारी गरेको प्रतिवेदनअनुसार सन् २०१७–१८ मा भारतीय जनता पार्टीले […]

  • न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

    न्यूयोर्क, ६ माघ  – चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् । महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला […]

  • मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

    मेक्सिको सिटी, ६ माघ  – मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा […]

  • चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा वृद्धि

    न्यूयोर्क, ५ माघ (एएफपी) । चीन–संरा अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । संरा अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एसियाली शेयर बजार बिहीबार निकै बलियो देखिएका आर्थिक सूचकाङ्कले देखाएका छन् । चीन र संरा अमेरिकाबीच केही दिन पहिले भएको […]

  • ट्रम्प–किम दोस्रो शिखर सम्मेलन ‘फेब्रुअरीको अन्त्यतिर’ हुने

    वासिङटन, ५ माघ (सिन्ह्वा) । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउँदो “फेबु्रअरीको अन्त्यतिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । प्रजग कोरियाको सत्तारुढ दल कोरियाली मजदुर पार्टीको केन्द्रीय कमिटीका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको हो । […]

  • आनन्द तेलतुमडको सम्भावित गिरफ्तारीको विपक्षमा

    अरुन्धती रोय हामी एउटा बिरामी समय भोगिरहेका छौँ । जवहारलाल नेहरू विश्वविद्यालयका तीन जना विद्यार्थी नेताहरू–कन्हैया कुमार, उमार खालिद र अनिरव भट्टाचार्यलाई देशद्रोहको अभियोगमा मुद्दा दायर गरिएको समाचारसँगै महाराष्ट्र प्रहरीले चर्चित बुद्धिजीवी एवं स्तम्भकार आनन्द तेलतुमडेलाई पक्राउ गर्न खोजिरहेको खबर पनि आयो । उनीविरुद्ध गैरकानुनी गतिविधि नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । त्यसको अर्थ उनलाई बिना कुनै […]