भर्खरै :

उच्च वार्ता गर्न प्रजग कोरिया तयार

सिओल, जनवरी ५ । प्रजग कोरियाले अर्को साता उच्चस्तरको अन्तर सरकारी वार्ता गर्ने दक्षिण कोरियाली प्रस्ताव स्वीकार गरेको सिओलको पुनःएकीकरण मन्त्रालयले शुक्रबार बताएको छ ।

अब आगामी जनवरी ९ का दिन पानमानजुनस्थित कडा सुरक्षा बन्दोबस्त गरिएको अन्तरकोरियाली भूमि सीमाको शान्ति भवनमा वार्ता हुने पक्का भएको छ

पुनःएकीकरण मन्त्रालयका प्रवक्ता बाय्क ताय–ह्युनले सिओलमा आयोजित सञ्चारकर्मी भेटघाटमा बोल्दै प्रजग कोरियाले युद्धविराम गाउँ पानमुजोमको सञ्चार माध्यममार्फत स्थानीय समयअनुसार बिहान १०ः१६ मा दक्षिण कोरियाली पक्षलाई सकारात्मक सन्देश पठाएको बताएका छन् ।
उच्चस्तरीय वार्ता गर्ने दक्षिण कोरियाली प्रस्तावलाई प्रजग कोरियाको हरियो संकेत प्राप्त भएसँगै अब आगामी जनवरी ९ का दिन पानमानजुनस्थित कडा सुरक्षा बन्दोबस्त गरिएको अन्तरकोरियाली भूमि सीमाको शान्ति भवनमा वार्ता हुने पक्का भएको छ ।
प्रजग कोरियाको तर्फबाट पितृभूमि शान्तिपूर्ण पुनःएकीकरण समितिका प्रमुखले दक्षिण कोरियाली पुनःएकीकरण मन्त्रीलाई पत्राचार गरेको थियो ।
–सिन्ह्वा नेट
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *