सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
काराकस, २५ अप्रिल (टेलिसुर) । भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले बुधबार काराकसमा आयोजित बोलिभारियाली एलायन्स फर द पिपल्स अफ द पिपल्स अफ आवर अमेरिका – पिपल्स ट्रेड एग्रीमेन्ट (अल्बा–टीसीपी) को तेइसौँ शिखर सम्मेलनको उपादेयतामाथि प्रकाश पार्दै क्यारिबियाली र ल्याटिन अमेरिकाका देशहरूमा ऐतिहासिक र समकालीन फासीवाद विरुद्धको लडाइँलाई चालु राख्ने बताउनुभयो ।
उहाँले एक शताब्दीअघिको फासीवादको विश्लेषण गरी अहिलेको पुँजीवाद र नवफासीवादसँग तुलना गर्ने प्रस्ताव राख्नुभयो । यस सम्बन्धमा उहाँले फासीवाद र सियोनवाद (यहुदीवाद) को पुनरुत्थानको सामना गर्न सञ्चारमाध्यमहरूलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।
भेनेजुयाली राष्ट्रपति मडुरोले अर्जेन्टिना र हाइटीका जनतासँग आफ्नो ऐक्यबद्धता व्यक्त गर्नुभयो । ती देशका जनता औपनिवेशिक मोडेल लागु गर्न खोज्ने नयाँ फासीवादको परिणामस्वरूप कठोर सङ्कटको सामना गरिरहेका छन् ।
मडुरोले प्यालेस्टिनविरुद्ध इजरायलद्वारा गरिएको नरसंहारलाई अस्वीकार गर्दै भन्नुभयो, “प्यालेस्टिनमा के भइरहेको छ त्यो युद्ध होइन, यो नरसंहार हो । हामी हाम्रो मानवतावादी अडानलाई पुष्टि गर्छौं, महान् प्यालेस्टिनका जनताप्रतिको ऐक्यबद्धता, साथ र प्रेमको, प्यालेस्टिनको लडाइँ र भविष्यमा प्यालेस्टिन विजयी हुनेछ” उहाँले विकसित राजनीतिक घटनाक्रमलाई प्रस्ट पार्दै ब्रिक्सजस्ता नयाँ विश्व सङ्गठन र क्षेत्रीय व्यवस्थाको नयाँ उदीयमान शक्तिहरूको उदय महत्वपूर्ण भएकोमा जोड दिनुभयो ।
निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगाले विश्वभर साम्राज्यवादी आक्रमणहरू बन्द गर्न हुनुपर्ने माग गर्नुभयो र अन्तर्राष्ट्रिय सन्दर्भमा नरसंहार, अपराध र आक्रमणहरूको अत्याचारको निन्दा गर्नुभयो ।
उहाँले शान्तिका लागि निरन्तर आह्वान, धम्की र नाकाबन्दीको अन्त्य गरे पनि साम्राज्यवादी शक्तिहरूले आक्रामकतालाई तिव्रता दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साम्राज्यले विश्व जनमत अमेरिकी जनता र इजरायलका धेरै मानिसहरू जो यी अपराधहरूको विरुद्धमा छन्, पूर्णरूपमा अनादरपूर्ण कार्य गर्दछ ।” उहाँले सुरक्षा परिषदमा संरा अमेरिकाको भिटोको निन्दा गर्नुभयो जहाँबाट प्रस्ताव पारित हुनुपथ्र्यो र प्यालेस्टिनलाई संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रको रूपमा मान्यता दिनुपथ्र्यो ।
“प्यालेस्टिनी जनताविरुद्धको युद्ध जारी राख्न हजारौँ र अर्बौँ डलरको अनुमोदनको यो मतसँगै, जसलाई उनीहरू युद्ध भन्छन्, बरु नरसंहार हो र ताइवानको लागि समानरूपमा कोष, युक्रेनी शासनका लागि कोष । अर्थात् मृत्युको लागि कोष, युद्धको लागि कोष ।” उहाँले भन्नुभयो ।
यस सम्बन्धमा उहाँले अमेरिकाले युद्ध र मृत्युका लागि छुट्याएको रकम कटौती गर्नुपर्नेमा जोड दिनुभयो । यसले सामान्यरूपमा मानिसहरूको हृदयलाई जलाउँछ† धेरै अमेरिकी मानिसहरू जो खाँचोमा छन् ।
निकारागुआका राष्ट्रपतिले अल्बा–टीसीपीका सदस्यहरूलाई अगस्टो सेसर स्यान्डिनोको उदाहरण पछ्याउन पनि आग्रह गर्नुभयो । स्यान्डिनोले कामदार, खानी मजदुरहरूको समूह सङ्गठित गर्नुभयो र उनीहरूलाई यान्की आक्रमणकारीहरूविरुद्ध लडाइँ लड्न प्रेरित गर्नुभयो ।
“यहाँ स्यान्डिनोजस्तै, हामी जनता, राष्ट्र, महिला, पुरुष र युवाहरू हौं, जसलाई हामी पृथ्वीका साम्राज्यवादीहरूलाई भन्छौँ कि यहाँ कसैले आत्मसमर्पण गर्दैन, यहाँ हामी बेच्दैनौं वा आत्मसमर्पण गर्दैनौँ र ल्याटिन अमेरिकी र क्यारिबियाली जनता र विश्वका जनताको एकताको लागि, हामी शान्तिको लागि लडाइँ जारी राख्नेछौं” उहाँले भन्नुभयो ।
बोलिभियाका राष्ट्रपति लुइस आर्सेले संयुक्त राष्ट्र सङ्घको बडापत्रमा समावेश भएका जनताको आत्मनिर्णयको सम्मान र अमेरिकी नाकाबन्दी र एकपक्षीय जबरजस्ती उपायहरूको अन्त्य गर्न माग गर्नुभयो ।
उहाँले ल्याटिन अमेरिकातर्फ संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घको हस्तक्षेपकारी नीतिको अन्त्य गर्न र हाम्रा जनता र विश्वका अन्य जनताविरुद्ध नाकाबन्दी, नाकाबन्दी र एकपक्षीय जबरजस्ती प्रतिबन्धहरूको अन्त्य गर्न पनि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “आतङ्कवादको राज्य प्रायोजकहरूको सूचीबाट क्युवालाई हटाउन, रसिया–युक्रेनी द्वन्द्वको समाधान गर्न दबाब दिन प्यालेस्टिनी जनताको विरुद्ध नरसंहार तत्काल रोक्न सैन्य र वैचारिक विध्वंस योजनाहरूको विचारलाई बढावा दिने अमेरिकी कोषको अन्त्य गर्न पनि माग गर्छु ।”
नयाँ विश्व व्यवस्थाको निर्माण सामूहिक बाँच्ने विषय भएकोले त्यो काल्पनिकतामा नभई वास्तविकतामा परिणत हुनुपर्ने उहाँले औँल्याउनुभयो ।
अल्बा – टीसीपी शिखर सम्मेलन अल्बा – २०३० काय एजेन्डा र विभिन्न सातवटा महत्वपूर्ण निर्णय गर्दै बिहीबार सम्पन्न भयो ।
Leave a Reply