भर्खरै :

मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

रत्ननगर, चितवन, २० असार (रासस) ः चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नारायणगढ– मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।
अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *