भर्खरै :

कैलालीको गाउँ गाउँमा अध्ययन गोष्ठी

कैलालीको गाउँ गाउँमा अध्ययन गोष्ठी

कैलाली, १३ वैशाख । विश्व सर्वहारा वर्गका नेताहरू माक्र्स र लेनिनको जन्मजयन्तीको अवसरमा बिहीबार जानकी गाउँपालिका वडा नं. २ मा अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले कार्यकर्ताहरूले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै गलत प्रवृत्तिको आलोचना र आत्मालोचना गर्ने बानी विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धनबहादुर थापामगर, गुप्तबहादुर शाहीले माक्र्स र लेनिनको योगदानबारे चर्चा गर्दै उहाँहरूको जीवन सङ्घर्षबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
माक्र्स र लेनिनको जन्मजयन्तीकै अवसरमा जानकी गाउँपालिका वडा नं. ४ र लम्कीचुहा नगरपालिका वडा नं. ८ मा पनि अध्ययन गोष्ठी भयो ।
नेक्रामसङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनमगरले माक्र्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रअनुसार लेनिनले मजदुर र किसानको राज्य व्यवस्था स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सचिव गगनबहादुर थापामगरले नक्कली कम्युनिस्टहरूलाई चिन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवा सङ्घका सीताराम पण्डितले माक्र्स र लेनिन जन्मदिवस मनाउनुपर्ने कारणबारे प्रस्ट पार्नुभयो ।
उक्त कार्यक्रमहरूमा गुप्तबहादुर शाही, सीताराम पण्डित, दीपा विष्टलगायतले माक्र्स र लेनिनको जीवनीबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *