भर्खरै :

अमेरिका—चीन व्यापार युद्ध र चीनको परिपक्वता

सविन ख्याजू
संरा अमेरिका र चीनबीच बढ्दै गएको व्यापार युद्धले संसारको अर्थतन्त्रमा असर पु¥याइरहेको छ । यसबारे अनेक अस्पष्टता छन् । पँुजीवादी सञ्चारमाध्यमले चीनको विरोधमा झूटा प्रचार चलाएका छन् । यहीं विषयमा उजागर गर्न एक छोटो विश्लेषण प्रस्तुत गरिएको छ ।
संरा अमेरिकाले चीनका ३४ अर्ब डलर बराबरको सामग्रीहरूमा २५ प्रतिशत भन्सार कर असुल्दा चीनले पनि आफ्नो सार्वभौमिकता रक्षार्थ सोही रकम र प्रतिशतमा अमेरिकी सामग्रीमा भन्सार कर लागू ग¥यो । जुलाइको सो अवधिमा अमेरिकाले थप १६ अर्ब डलर बराबरको कर बढाउने धम्की दिएकोमा सोही बराबरको कर चीनले पनि घोषणा ग¥यो ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका कारण अमेरिकामा चीनको लगानी ४६ अर्ब डलरबाट घटेर २९ अर्ब डलरमा पुग्योे । एक प्रतिवेदनका आधारमा (सन् २०१७) अमेरिकी सामान १३० अर्ब डलर बराबरको चीनमा निर्यात भएको थियो भने ५०६ अर्ब डलर बराबरको चीनबाट अमेरिका निर्यात भएको थियो । यसमा अमेरिकालाई व्यापार घाटा ३७५ अर्ब डलर बराबरको भयो । तर अमेरिकाबाट चीनमा सेवामा निर्यात ५४ अर्ब डलर बराबरको भएको थियो भने चीनबाट अमेरिकामा निर्यात १६ अर्ब डलरको हँुदा अमेरिकालाई सेवामा व्यापार नाफा ३८ अर्ब डलर बराबरको हुन गयो । यसमा चीनबाट अमेरिकामा सामग्री निर्यात धेरै भएका कारण यसले अमेरिकाले चिनियाँ सामानमा लगाएको करको ८५ प्रतिशत ओगट्छ भने चीनमा निर्यात हुने अमेरिकी सामानमा भने ५० प्रतिशत ओगट्दछ ।
सन् २००१ देखि आजसम्ममा अमेरिकालाई सेवा क्षेत्रको व्यापार मानौ (९) गुणाले नाफा भएको छ । विशेषगरी हाउस्टन (Houston) र टेक्सस (Texas) लाई फाइदा भएको छ । धेरैजसो सेवा व्यापार नाफा चिनियाँ यात्रु, औषधि उपचार र शिक्षामा भएको देखिन्छ । बढ्दो क्रममा रहेको नौला चिनियाँ कम्पनीहरूको दर्ता र बौद्धिक सम्पत्तिको राजश्वले पनि टेवा पु¥याएको छ ।

सविन ख्याजू


अमेरिका—चीन व्यापार युद्ध चर्कदै जाँदा अमेरिका क्यालिफोर्नियालाई व्यापार घाटा बढेको देखाउँछ । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले सो व्यापार युद्ध मूर्खता भएको उद्धृत गरेका छन् ।
यदि व्यापार युद्ध वस्तुबाट सेवा क्षेत्रमा पस्यो भने सिलिकन भ्याली र हलिउड क्षेत्रले थेग्न सक्ने छैनन् ।
अमेरिका व्यापार युद्धमा चीनलाई हराएर त्यसको रवाफबाट युरोपियन युनियन, क्यानडा, मेक्सिको, जापान र गणतन्त्र कोरियालाई आफ्नो घुँडामा टेकाउन चाहन्छ । संसारमा “अमेरिका प्रथम” को शर्त खडा गर्न खोज्दछ ।
सन् २००१ मा विश्व व्यापार सङ्गठन (WTO) मा संलग्न भएदेखि चीनले भन्सार शुल्क धेरै घटाएको छ । वास्तवमा सन् २०१० सम्ममा नै चीनले सम्पूर्ण शर्तहरू पूरा गरिसकेको छ । औसत कर सन् २००१ मा १५.३ प्रतिशतबाट सन् २०१० मा ९.८ मा र फार्म उत्पादनमा २३.२ प्रतिशतबाट १५.२ प्रतिशतमा झा¥यो ।
विश्व अर्थतन्त्रमा चीन दोस्रो स्थानमा रहे पनि प्रतिव्यक्ति आयमा ७१ औं स्थानमा छ । तीस मिलियन मानिस अझै गरिबी झेलिरहेका छन् । प्रत्येक वर्ष १५ मिलियन सहरी रोजगारी प्रत्येक वर्ष सिर्जना गर्नुपर्दछ । ८७ मिलियन अपा·हरूलाई सजिलो जीवन प्रदान गर्नुपर्दछ । अमेरिकाको न्युयोर्कका एक अधिवक्ता एवं पत्रकार स्टेभन ब्रिलले सन् १९६० मा प्रकाशित आफ्नो टेल्सपिन (Tailspin) पुस्तकमा अमेरिकाको गरिबी रेखा प्रतिव्यक्ति आम्दानी ४८,५०० डलर प्रतिवर्ष हुनुपर्दछ भने । यता चीनको प्रतिव्यक्ति वार्षिक आम्दानी ४,०८० अर्थात् अमेरिकी दाँजोमा १२ मा १ भागमात्र छ ।
चीनले १,४४९ प्रकारका दैनिक उपयोग हुने कपडा, जुत्ता, घरायसी सामग्री, खाद्यवस्तु, पेयपदार्थ, कस्मेटिक र व्यक्तिगत रुपमा प्रयोग हुने सामग्रीहरूमा भन्सार कर घटाएको घोषणा ग¥यो । समग्रमा भन्सार कर १५.५ प्रतिशतबाट ६.९ प्रतिशतमा झारेको छ । कार र अटो पार्ट्समा क्रमशः १५ र ६ प्रतिशतमा घटाएको छ । चीनले आयात बढाउने वचन दिएको छ । त्यसअनुसार, आउँदो नोभेम्बरमा साङ्घाइमा पहिलो चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनी आयोजना गरिनेछ ।अर्को १५ वर्षमा चीनले २४० खर्ब डलर बराबरको सामान आयात गर्ने आशा गरेको छ । यसले सबै विदेशी कम्पनीहरूलाई फाइदा पुग्नेछ ।
विश्व व्यापार सङ्गठनमा प्रवेश गर्ने बेला चीन उत्पादनमुखी अर्थतन्त्र (manufacturing-based economy) बाट माथि उठेर आविष्कारमुखी अर्थतन्त्र (innovation-led economy) मा चढ्न चाहन्थ्यो । यसकारण अमेरिकाले चीनको बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights) को बारेमा गरिरहेको दुष्प्रचार गलत छ । चीनले बौद्धिक अधिकारलाई नमुना बनाउँदै छ । अघिल्लो वर्षमा मात्रै चीनले बौद्धिक अधिकार प्रयोगको लागि २८.६ अर्ब डलर तिरेको थियो । चीनले टे«डमार्क (Trademark) कानुन र अस्वस्थ प्रतिस्पर्धाविरुद्धको कानुनलाई पनि परिमार्जन गरेको हुनाले चीन बौद्धिक सम्पत्ति अधिकार संरक्षणमा भएको चनाखोपनालाई दर्शाएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनको तथ्याङरकका अनुसार सन् २०१७ मा चिनियाँ कम्पनीहरूले १३ लाख पेटेन्ट (Patent) दर्ता गराएको देखिन्छ जुन हरेक वर्ष १४.२ प्रतिशतले वृद्धि हो ।
रोचक कुरा के छ भने, युरोपियन पेटेन्ट कार्यालयमा दर्ता भएको एक ठूलो कम्पनी चिनियाँ टेक जायन्ट ह्वावई रहेको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले जुलाइमा सम्पन्न एक कार्यक्रममा बौद्धिक सम्पत्तिको अधिकारको विषयमा चीनले धेरै काम गर्न बाँकी रहेको बताउँदै गलत काम गर्नेहरूलाई कठोर सजायको बन्दोबस्त गर्नुपर्ने बताउनुभएको छ ।
बौद्धिक सम्पत्तिको अधिकार दुरुपयोगमा चिनियाँ जुत्ता कम्पनीले स्निकर ब्राण्डको लोगो चोरेको बापत १५ लाख डलर तिर्न लगाइएको थियो । यसकारण पनि चीन यो विषयमा गम्भीर रहेको दर्शाउँछ । चीनले वैदेशिक लगानी गर्दा प्रविधि विस्तारमा रोकतोक नलगाएको प्रविधि ग्रहण गर्नेले कुनै गुनासो नगरेको तथ्य पनि एकातिर छ ।
अमेरिका चीनलाई आफ्नो बजारलाई बन्द अवस्थामा राखेकोमा सधैं आरोप लगाइरहेको छ । तर यो गलत कसरी छ भने यो वर्षको पहिलो छ महिनामा चीनमा लगभग ३०,००० विदेशी लगानीकर्ताहरू दर्ता भएका छन् । चीन सुधार र खुला बजारमा आएको ४० वर्षमात्रै भएको कारण व्यापारको वातावरण अझै बढाउनुपर्ने क्षेत्र धेरै छन् । यद्यपि, चीन हरेक सम्भावित उपायका साथ यो काम गर्दैछ ।
यी सबै तथ्यका कारण अमेरिका र चीन जीत—जीत सहकार्य (win-win partnership) को सही बाटोमा हिंड्नु उत्तम विकल्प हो ।
सन् २००२ मा २,३०,००० चिनियाँ पयर्टकले अमेरिकाको भ्रमण गरेका थिए भने सन् २०१७ मा १३ गुणाले बढेर ३० लाख पुग्यो । सन् २००८ अगाडि अमेरिकामा चीनको लगानी ५ अर्ब डलर थियो भने सन् २०१६ सम्ममा ४६ अर्ब डलरमा पुग्यो । सन् २००० देखि सन् २०१५ सम्ममा चिनियाँ कम्पनीहरूले १,००,००० स्थानीय अमेरिकीहरूलाई रोजगारी प्रदान गरेका थिए ।
सैनिक पाटोमा पनि अमेरिका चीनप्रति सशङ्कित रहँदै आएको छ । चीनले सुरक्षामा गरिरहेको खर्च र लगावदेखि अमेरिका डराएको मात्रै होइन चीनसंँगको शीत युद्धलाई पनि मलजल गरिरहेको पाइन्छ । चीन सामथ्र्यवान छ तर अमेरिकाविरुद्ध प्रयोग गर्न होइन भनेर बोलेको छ । अमेरिकाले सेना, सामुन्द्रिक शक्ति (Marine Corps), नौसेना (navy), वायुशक्ति (Air force), तटीय शक्ति (Coastal gaurd)  बाहेक छैटौं अन्तरिक्ष शक्ति (Space force) खडा गर्ने योजना अगाडि ल्याएको छ । अन्तरिक्षमा पनि अमेरिकाले कब्जा गर्न यी सेना तयार गर्ने योजना अगाडि ल्याएको छ । यसकारण पनि अमेरिकी सरकार संसारलाई आफ्नो पञ्जामा अंठ्याउन उद्यत छ ।
वास्तवमा, साम्राज्यवादी देश अमेरिका चीनको विशेषतासहितको समाजवाददेखि आरामले सुत्न सकिरहेको छैन । अमेरिकाले जस्तो गरी चीनले अन्य देशमाथि हस्तक्षेप, आक्रमण गर्ने नीति लिएको छैन । यसकारण जनता सचेत भइरहेको जान्नलाई चीनसंँग सारा विश्व भाइचारा सम्बन्ध विकास गर्न निकै रफ्तारमा भएको सक्रियताले प्रमाणित गर्दछ । यसर्थ, अमेरिकाले मानव जातिमाथि गरेको घोर अपराधको सजाय भोग्नुपर्नेछ । चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको चीन सरकारको सपना र यात्राले शान्ति, न्याय, समानताको लागि सुरक्षाकवजको भूमिकाको रुपमा न्यायप्रेमी सारा संसार आशावादी छ ।
सन् २०३५ सम्ममा संसारको मध्यम स्तरको जीवन शैलीमा उकास्ने चिनियाँ सपनाअनुसार चीन आर्थिक, सैनिक, सामाजिकलगायतका क्षेत्रमा कम्मरकसेर डटिरहेको हो । चीनले आफ्नो प्रगतिबाट सारा संसारलाई योगदान पु¥याइरहेको छ । मानव जीवन सुन्दर, सभ्य र उच्च कोटीको तहमा उकास्न हिम्मत, सुझबुझका साथ अगाडि बढिरहेको छ । सन् १९४९ अक्टोबर १ मा स्थापना भएको जनगणतन्त्र चीन आज ६९ औं वर्षमा प्रवेश गरेको छ चीनको सङ्घर्ष, मेहेनत र लगाव निकै लामो अवधिदेखिको हो । चीनले अझै धेरै काम गर्न बाँकी छ ।
सन्दर्भ सामग्रीः
China daily, 17-21 August, 2018
अन्य पत्रपत्रिकाहरू ।
–युनिभर्सिटी पूर्णाङरक, ३१ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *