भर्खरै :

‘चीन–भारत सिमानाको प्रश्नमा नेहरू दर्शनको पुनर्विश्लेषण’ ः एक चर्चा

– जमिला
भारतको विस्तारवादी नीतिको इतिहास निकै पुरानो हो । विभिन्न कालखण्डमा नेपालको सीमा अतिक्रमण गर्दै भारतले आफ्नो विस्तारवादी चरित्र देखाइरहेकोबारे सचेत नेपाली जनता अवगत छन् । करिब ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमित भएको तथ्याङ्कले नेपालमाथि भारतको विस्तारवादी नीति छर्लङ्ग्याउँछ । नेपालसँग मात्र होइन सीमा जोडिएका अन्य देशहरूसँग पनि भारतको सीमा विवाद कायम छ । चीनसँगको भारतको सीमा विवाद बेलाबखत चर्चाको विषय बनेको यथार्थ हो । केही समयअघि चीन र भारतबीच दोक्लाम विवाद चुलिएको थियो । त्यो विवादको विषयमा नेपाली जनताले पनि गम्भीरतापूर्वक छलफल र विश्लेषण गरेका थिए ।
भारतको बाह्यनीति बुभ्mन नयाँ पुस्ताले सन् १९६२ को चीन–भारत सीमा विवादबारे सही जानकारी राख्नुपर्ने देखिन्छ । पुस्तक ‘चीन–भारत सिमानाको प्रश्नमा नेहरू दर्शनको पुनर्विश्लेषण’ ले नयाँ पुस्ता एवम् सीमाको विषयमा चासो राख्नेहरूलाई इतिहासको एउटा कालखण्डको जानकारी त दिन्छ नै साथसाथै भारतको विस्तारवादी नीतिको इतिहासबारे पनि प्रस्ट पार्छ ।
नेहरूको दर्शन के हो, भारतको तत्कालीन नेहरू सरकार कसरी ठूल्ठूला जमिनदार र पुँजीपति वर्गको हातमा थियो, कसरी अमेरिकी साम्राज्यवाद र अन्य साम्राज्यवादीहरूको प्रभावमा भारत सरकार उभियो र त्यसको प्रभाव अन्य नव स्वाधीन मुलुकहरू र भारतीय जनतामै के कस्तो प¥यो भन्ने विश्लेषणात्मक दृष्टिकोण यो पुस्तकमा पाइन्छ । यो पुस्तक २७ अक्टोबर १९६२ मा चिनियाँ ‘जन दैनिक’ (रेनमिन पाओ) मा छापिएको लेखको नेपाली अनुवाद हो ।
इतिहास साक्षी छ सीमाको विषयमा चीनले कहिल्यै अतिक्रमणको नीति लिएन । शान्तिपूर्ण र वार्ताको माध्यमबाट विवाद सल्टाउने, भिडन्त नगर्ने, सहनशीलता र आत्मनियन्त्रणको नीति लिइरहेको चीनविरुद्ध १२ अक्टोबर १९६२ मा नेहरू सरकारले हाकाहाकी भारतीय सेनालाई चीनको सीमा क्षेत्रमा तैनाथ चिनियाँ सेनामाथि आक्रमण गर्ने आदेश दिएपछि चीन–भारत सीमा युद्ध चर्किएको थियो । अतिक्रमणकारी भारतीय सेनाले चीन–भारत सीमाको पूर्वी र पश्चिमी भागहरूमा चीनमाथि ठूलो आकारमा सशस्त्र आक्रमण सुरु गरेपछि दुई देशबीच गम्भीर फौजी भिडन्त हुन गएको तथ्य पुस्तकले उजागर गरेको छ ।
चीनको सहनशीलतालाई नेहरू सरकारले कमजोरी ठान्यो, वार्तामा बस्न अस्वीकार ग¥यो र निरन्तर चीनमाथि आक्रमण गरिरह्यो । नेहरूको नेतृत्वमा भारतीय शासक वर्गले छेडेको सिमानाको विवाद तथा त्योभन्दा पनि चीनमाथि गरेको ठूलो आकारको सशस्त्र अतिक्रमण, भारतद्वारा चीनको तिब्बतमा गरिएको हस्तक्षेप कुनै आकस्मिक घटना थिएन । ती सबै भारतका ठूल्ठूला पुँजीपति वर्ग र ठूल्ठूला जमिनदारहरूको वर्गचरित्र तथा साम्राज्यवादको हितसँग नजिक रहेको भारतको नीतिको दृष्टान्त थियो भन्ने पुस्तकले प्रस्ट्याएको छ ।
नेहरूद्वारा लिखित पुस्तक ‘भारतको खोज’ बाट उदृत नेहरूका अभिव्यक्तिहरूले पनि तत्कालीन भारतीय सरकार साम्राज्यवादी देशहरूको एउटा सशक्त ज्यावल थियो, विस्तारवादी थियो भन्ने प्रस्ट्याउँछ । नेहरूले लेखेका थिए– “हिन्द महासागर, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वका क्षेत्रहरूमा हिन्दुस्तान आर्थिक र राजनैतिक गतिविधिहरूको ज्यादै ठूलो केन्द्र हुनेछ ।” नेहरूलाई संसारको बदलिँदो परिस्थिति र चीनको भव्य उदयले गलत प्रमाणित गरिसकेको सत्य हो । उनले भनेका थिए– “साना राष्ट्रिय सरकारको कुनै भविष्य छैन । सांस्कृतिकरूपमा त्यो एक स्वाधीन एकाइ रहन सक्छ तर स्वतन्त्र राजनैतिक एकाइ रहन सक्दैन ।” भारतले आप्mनो स्वाधीनता घोषणा गर्नुभन्दा पहिले नै नेहरूले विशाल भारतीय साम्राज्यको सपना देख्न सुरु गरेको प्रसङ्ग पुस्तकमा छ । यो नै भारतका पुँजीपति वर्ग र ठूल्ठूला जमिनदारहरूको विस्तारवादको साँचो ‘खोज’ थियो । यसरी भारतका ठूल्ठूला जमिनदारहरूका यस्ता प्रतिक्रियावादी तथा विस्तारवादी विचार नै नेहरूको दर्शनको एक महत्वपूर्ण अंश हो भन्ने विषयमा पुस्तकले स्पष्ट बोलेको छ ।
नेहरूमा आफू बेलायती साम्राज्यवादको कठपुतली बन्न पाएकोमा घमण्ड थियो । बेलायती साम्राज्यवादको कठपुतली बनेको भारतको नेहरू सरकारले आफूलाई ‘एसियाको केन्द्र’ बनाउने सपना देख्नु मृगमरिचिका थियो । त्यही मृगतृष्णालाई नेहरूले आफ्नो दर्शनको नाम दिए र भारतमा झन् बढी बडाराष्ट्र अहंकारवादको नारा चुलियो, विस्तारवादी नीतिबाट बेलायतलाई पोस्ने काम रोकिएन । मुठ्ठीभर बेलायतका पिछलग्गू पुँजीपतिहरूले आफूलाई धनी बनाउने मौका पाए र बहुमत भारतीय जनताले भोक, गरिबी र दरिद्रताको सामना गर्नुप¥यो । यही थियो नेहरूको दर्शन । अल्पसङ्ख्यक जातिहरूको अस्तित्व विलिन गर्न र स–साना स्वाधीन एवम् सार्वभौम मुलुकहरूमाथि आफ्नो उपनिवेश कायम गर्न नेहरूको सरकारले चीनको तिब्बत प्रदेशमात्र होइन नेपाल र बङ्गलादेशलाई पनि आफ्नै मुठ्ठीमा कैद गर्ने दुःस्वप्न देखिरह्यो ।
नेहरूको विस्तारवादी ‘दर्शनशास्त्र’ यस्तो भन्छ– “त्यो ठाउँ मेरो हो, त्यसमाथि मैले कब्जा गरिसकेको छु र त्यो ठाउँ पनि मेरो हो, जसमाथि मैले कब्जा गर्न चाहन्छु । मैले हिजो एक इन्च भूमिमाथि कब्जा गर्न सकेँ भने आज म तिम्रो एक फुट जग्गामाथि पनि कब्जा गर्न सक्छु ।” यस्तो बलमिचाईं नै नेहरूको दर्शन हो भन्दा फरक पर्दैन ।
नेहरूले उल्टै चीनविरोधी आन्दोलन भड्काउँदै, चीनलाई ध्वंशकारी र अतिक्रमणकारीको संज्ञा दिँदै ‘आफै धामी र आफै झाँक्री’ को चरित्र देखाएको सन्दर्भ पनि पुस्तकले समेटेको छ ।
चीनलाई शान्त देखेर इष्र्यापूर्वक नेहरू बेलायती र अमेरिकी साम्राज्यवादको आदेशानुसार चीनविरुद्ध निरन्तर लागेको प्रमाण यो पुस्तकमा पाइन्छ । चीनको अस्तित्व नहोस् वा चीनको कहिल्यै विकास नहोस्, शक्तिशाली नबनोस् भन्ने सोच नेहरू सरकारको थियो ।
देशको आर्थिक र राजनैतिक गा¥होफारो र सङ्कटसँग जुझ्नको निम्ति जनतामाथि चर्को दमन र शोषण गर्नुबाहेक नेहरू सरकार मुख्यरूपले साम्राज्यवादको काखमा अझ टासिँदै गइरहेको थियो । साथै समाजवादको प्रभावलाई रोक्न विशेष गरेर चीनको समाजवादी क्रान्ति र समाजवादी निर्माणको प्रभाव मेटाउनको निम्ति नेहरूले खेलेको भूमिकाबाट अमेरिकी साम्राज्यवाद पनि दङ्ग थियो । अमेरिकी साम्राज्यवादले चीन, कङ्गोलगायत अरु एसियाली मुलुकहरूमाथि गरेको दमन र अत्याचारमा नेहरू सरकार बलियो सहयोगी बनेको तथ्य पुस्तकमा छ । चीनविरोधी आन्दोलनमार्फत अमेरिकी साम्राज्यवादलाई खुसी पारी नेहरू सरकारले भारतलाई अमेरिकी डलरको भुङ्ग्रोमा धकेलेको यथार्थ पनि पुस्तकले उजागर गरेको छ ।
नेहरूले सधैं भनिरहे –“माक्र्सवाद पुरानो भयो” उनले आफ्नो ‘सहनशीलता’, ‘अहिंसा’ र ‘शान्तिपूर्ण उपाय’ को दर्शनको घमण्ड गरिरहे र बडाराष्ट्र अहङ्कारवादको फलाकोबाजी गरिरहे । खोक्रो राष्ट्रवादको नारा लगाइ नै रहे । पुस्तकमा स्पष्ट लेखिएको छ – “माक्र्सवाद–लेनिनवादले सधैं के बताउँछ भने पुँजीपति वर्गको राष्ट्रवाद र सर्वहारा वर्गको अन्तर्राष्ट्रवादले दुई फरक–फरक वर्गको प्रतिनिधित्व गर्छन् । पुँजीपति वर्गको प्रगतिशील राष्ट्रवादलाई समर्थन गर्ने बेला कम्युनिष्टहरूले पुँजीपति वर्गको राष्ट्रवादको बीचमा प्रस्ट सीमा कोर्नुपर्छ, साथै पुँजीपति वर्गको प्रतिक्रियावादी राष्ट्रवादको विरोधमा पनि सङ्घर्ष गर्नु पर्दछ ।”
कोमिङ्ताङ् प्रतिक्रियावादी गुटद्वारा उछालेको सङ्कीर्ण राष्ट्रवादविरुद्ध चिनियाँ कम्युनिष्टहरूले लडेको लडाइँ, भारतीय कम्युनिष्ट नेता डाङ्गेको अन्धराष्ट्रवादले भारतीय कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावका विभिन्न परिच्छेदहरू पनि पुस्तकभित्रै छन् ।
यसरी एकले अर्काको सार्वभौमिकता र भौगोलिक अक्षुण्णताको सम्मान गर्ने, अनाक्रमण, आर्थिक, राजनीतिक, सैद्धान्तिक कुनै पनि कारणबाट एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित, शान्तिपूर्ण सह–अस्तित्व– यी सिद्धान्तहरूको आधारमा चीन धैर्यपूर्वक अघि बढ्यो । इतिहासको यो सानो खण्डको अध्ययनबाट के प्रस्ट हुन्छ भने नेहरू सरकार मित्रराष्ट्रहरूबीचको सम्बन्धको सैद्धान्तिक आधारमा समेत अडिग रहन सकेन । भारतीय सरकारको परराष्ट्र नीति विगतभन्दा केही फरक नरहेको अनुभूति हरेक पाठकहरूले जरुर गर्नेछन् ।
आजभन्दा १० वर्षअघि प्रकाशित यस ऐतिहासिक महत्वको पुस्तक अत्यन्त पठनीय एवं सङ्ग्रहणीय छ । पुस्तकमा अभिव्यक्त विचारहरू मननीय र विचारणीय छन् । भारतको परराष्ट्र नीति, विस्तारवादी नीति र नेहरू दर्शनको विश्लेषणसहितको यस पुस्तकका प्रकाशक युवा साहित्य गोष्ठीप्रति साधुवाद । पुस्तकका अनुवादक कुमार श्रेष्ठप्रति आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *