भर्खरै :

महिला कार्यकर्ता शाहीको अन्त्येष्टि

कोहलपुर, १ मंसिर । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिका अध्यक्ष गोमादेवी शाहीको शनिबार हजारौं जनताको सहभागितामा कोहलपुरमा शव ¥याली भयो । गएको बुधबार सवारी दुर्घटनामा निधन हुनुभएका शाहीको पार्थिव शरीरमा नेमकिपाका केन्द्रीय सदस्यद्वय जग्यबहादुर शाही र खगेन्द्रबहादुर शाहीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।
मृत्तक शाही कोहलपुरको सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा महिला भएकाले उहाँप्रति श्रद्धा व्यक्त गर्न विभिन्न क्षेत्र र राजनीतिक आस्थाका सर्वसाधारण समेतको ठूलो उपस्थितिमा शव ¥यालीले नगर परिक्रमा गरेको थियो ।
शाहीको दाहसंस्कार कर्णाली चिसापानीमा गरिएको थियो । उहाँलाई छोरा राजकमल शाहीले दागबत्ती दिनुभएको थियो ।
सो क्रममा आयोजित श्रद्धाञ्जली सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले गोमादेवी शाहीले बाँकी छोड्नुभएका काम पूरा गर्न शोकलाई शक्तिमा बद्ल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, नेमकिपा बाँकेका अध्यक्ष बखत थापा, नेपाली काङ्ग्रेसका कृष्ण कार्की, नेकपाका अक्कलबहादुर वम, राजमोका गुणनिधि आचार्य, राप्रपाका प्रकाश शाह, कोहलपुर खानेपानी तथा सरसफाई संस्थाका पे्रम कटुवाल, मित्तेरी ऋण तथा सहकारी संस्थाका उपाध्यक्ष डीबी राउत, कोहलपुर महिला सञ्जालका गौरा भट्टराई, दैलेखी सेवा समाजका भरत कठायत, पत्रकार लीलाजङ्ग शाही, प्रकाश शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *