भर्खरै :

‘चीन अफ्रिका सहकार्यको नयाँ युग’

चीन–अफ्रिका सहकार्य मञ्चको बेइजिङ सम्मेलन २०१८ को पूर्वसन्ध्यामा हालै राष्ट्रपति सि जिनपिङले कैयौं अफ्रिकी नेताहरूसँग भेटघाट गर्नुभयो । दुई पक्षीय भेटवार्ताका मुख्य अभिव्यक्ति यहाँ प्रस्तुत छ ः
सोमालियाः
सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाहीसँगको भेटमा राष्ट्रपति सिद्वारा चीन र सोमालियाबीचको लामो र ऐतिहासिक मित्रवत् सम्बन्धबारे महत्वका साथ चर्चा गर्नुभयो ।
सोमालिया चीनसँग कूटनैतिक सम्बन्ध स्थापना गर्ने पहिलो पूर्वी अफ्रिकी मुलुक हो । चीनलाई संयुक्त राष्ट्रसङ्घमा वैधानिक स्थान बहालीका निम्ति समर्थन गर्ने एक प्रस्तावक पनि हो ।
सोमालियाको शान्तिपूर्ण पुनःनिर्माणमा भइरहेको प्रगतिलाई चीनले स्वागत गर्छ । सोमालियाको राजनैतिक प्रक्रिया अघि बढाउन, सामाजिक सौहार्दतालाई बढावा दिन, शासन व्यवस्था सुधार गर्न, देशको सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डता रक्षाको निम्ति सोमालिया सरकारलाई चीनको सहयोग निरन्तर रहनेछ भन्ने विषयमा राष्ट्रपति सिले जोड दिनुभयो ।
उहाँले ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ को रुपरेखाभित्र रही चीन–अफ्रिका सहकार्य मञ्च र चीन–अरब सहकार्य मञ्चको क्रियाशिलता र दुई देशबीचको सहकार्य सुदृढ गर्न आह्वान पनि गर्नुभयो ।
चीनले आप्mनो राष्ट्रलाई गरेको सहयोगका निम्ति सोमालियाली राष्ट्रपतिले आभार प्रकट गर्नुभयो । सुधार र खुलापनमार्फत चीनले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले चीनको विकास अनुभवबाट आप्mनो मुलुकले सिक्नैपर्ने अभिव्यक्ति दिनुभयो ।
“सोमालिया एक चीन नीतिको पक्षमा दृढताका साथ अडेको छ र ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ मा सक्रियताका साथ सहभागी भएको छ”– उहाँले भन्नुभयो । चीन र अफ्रिकाका लागि साझा भविष्यको समुदाय बनाउने मञ्चको रुपरेखामा रही चीनसँग सहकार्य गर्न सोमालिया इच्छुक रहेकोसमेत जनाउनुभयो ।
क्यामरुन
क्यामरुनका राष्ट्रपति पउल बियासँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले भन्नुभयो– “क्यामरुनको औद्योगीकरण र आधुनिकीकरणको बाटोमा चीन सहयोग गर्न तयार छ ।”
“चीन क्यामरुनसँग उच्चस्तरीय परामर्श आदानप्रदानमा निरन्तरताको आशा गर्दछ र प्रमुख स्वार्थ एवं महत्वपूर्ण चासोहरूमा दुई देशबीचको आपसी सहयोग कायमै रहनेछ” – सिले भन्नुभयो ।
एक क्षेत्र एक मार्गको संयुक्त निर्माण र चीन–अफ्रिका सहकार्य मञ्चको रुपरेखामा रही, क्यामरुनको भौतिक संरचना निर्माण कार्यको योगदानमा चीनको बलियो सहकार्य रहने आशा गरिएको छ । “शान्ति एवं स्थिरता कायम राख्ने, क्षमता अभिवृद्धि गर्ने क्यामरुनको प्रयासमा चीनको अतुलनीय साथ र सहयोग रहनेछ”– सिले भन्नुभयो ।
बियाले भन्नुभयो – “मानवजातिको निम्ति साझा उद्देश्यसहितको समुदाय र एक क्षेत्र एक मार्ग अगुवाइको विचारलाई क्यामरुनले सहर्ष स्वीकार गरिसकेको छ । साथै विभिन्न क्षेत्रहरूमा चीनसँगको सहकार्यलाई अझ गहिराइमा पु¥याउने अपेक्षा गरिएको छ ।”
फोकाक बेइजिङ सम्मेलनले अफ्रिकी मुलुकहरू र चीनको संयुक्त विकासका निम्ति महत्वपूर्ण अवसर उपलब्ध भएको छ । चीन–अफ्रिका बृहत् रणनीतिक सहकार्य र साझेदारीलाई बढावा दिनका निम्ति चीनसँग क्यामरुनले काँधमा काँध मिलाएर कार्य गर्ने विश्वास गरिएको छ ।
नाइजर
नाइजरका राष्ट्रपति मुहमदउ इसउफउसँग (Mahamadau Issoufou) को भेटमा चीनका राष्ट्रपति सीले भन्नुभयो– “नाइजरको स्वास्थ्य सेवा, भौतिक संरचना निर्माण, ऊर्जा तथा यातायात जस्ता क्षेत्रमा सहकार्य, विस्तार र अभिवृद्धि गर्न चीन इच्छुक छ ।”
असल मित्र एवं साझेदार भएको नाताले चीन र निगरले अत्यन्त नजिकको सम्पर्कलाई निरन्तरता दिनु आवश्यक छ । शासन व्यवस्था एवं विकासका अनुभवहरूबारे छलफल बढाउनु जरुरी छ । प्रमुख स्वार्थ एवं महत्वपूर्ण चासोहरूसँग सम्बन्धित मुद्दाहरूमा एक–आपसमा द¥हो समर्थनको हात बढाउने कार्य निरन्तर गरिरहनुपर्दछ, सिले भन्नुभयो । पश्चिमी अफ्रिकी मुलुकहरू बीचको आपसी सम्बन्ध र यातायातको अन्तरसञ्जाल स्थापनाको प्रयासमा चीनले सहयोग गर्छ । साथै नाइजरको राष्ट्रिय सुरक्षा एवं स्थायित्व निर्माणको प्रयासमा चीनको उल्लेख्य सहयोग रहनेछ, –सिले भन्नुभयो ।
इसउफउले भन्नुभयो–“चीनले मानव सभ्यताको विकासका निम्ति महान र उल्लेखनीय योगदान गरेको छ र वितेका चार दशक चीनको उलेख्य आर्थिक एवं सामाजिक विकासको प्रस्ट आधार बनेको छ ।”
सिको नेतृत्वमा चीनले हासिल गरेको उत्कृष्ट उपलब्धिहरूका निम्ति आप्mनो देश नाइजरले प्रशंसा एवं बधाई व्यक्त गर्दछ – उहाँले भन्नुभयो ।
व्यापार तथा अर्थतन्त्र, ऊर्जा तथा सुरक्षा जस्ता क्षेत्रमा नाइजर चीनसँग सहकार्य बलियो एवम् प्रगाढ बनाउन तत्पर एवं तयार छ साथै प्रमुखतः अफ्रिकी एवं विश्व मामिलामा बलियो सम्पर्क सञ्जाल एवं सहकार्य कायम राख्न प्रतिबद्ध छ– उहाँले थप्नुभयो ।
दक्षिण सुडान
दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले भन्नुभयो, ‘दक्षिण सुडानको राष्ट्रिय स्थायित्व र विकासका निम्ति सहयोग गर्न चीनले सदैव प्राथमिकतामा राख्नेछ ।’
दक्षिण सुडानका सम्पूर्ण राजनैतिक पार्टीहरूबीचमा सम्पन्न बृहत शान्ति सम्झौतालाई चीन स्वागत गर्दछ र राष्ट्रको शान्ति प्रक्रियालाई सदैव समर्थन गर्नेछ– सिले थप्नुभयो ।
अन्तराष्ट्रिय बहुपक्षीय मञ्चहरूजस्तै संयुक्त राष्ट्रसङ्घ लगायतका दक्षिण सुडानका वैधानिक चासोहरूको रक्षा चीनले गर्नेछ भन्दै सिले दक्षिण अफ्रिकी क्षेत्रीय सङ्गठनहरूमा दक्षिण सुडानको मध्यस्थता संयन्त्र निर्माणका लागि सहयोगका हातहरू अघि बढाउनुभयो ।
सीले भन्नभयो, “दुई देशबीचमा कूटनैतिक सम्बन्धको स्थापना भएदेखि चीन र दक्षिण सुडानले धेरै क्षेत्रमा सहकार्य गरिसकेको छ र दक्षिण सुडानसँग दुइपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन चीन तयार छ ।”
दक्षिण सुडानको पूर्वाधार निर्माण र कृषिजस्ता विशिष्ट महत्वको क्षेत्रमा सहकार्यलाई बलियो बनाउन चीन इच्छुक छ, चिनियाँ कम्पनीहरूलाई दक्षिण सुडानको आर्थिक एवं सामाजिक निर्माणमा प्रोत्साहित गर्दछ– सिले थप्नुभयो ।
किइरले भन्नुभयो– “विभिन्न देशहरूलाई आप्mनो अवस्था सुहाउँदो विकासको मार्ग छान्ने मामिलामा र आकारमा सानो–ठूलो भएपनि, विभिन्न क्षेत्र र विषयमा चीनले गरेको सहयोगको लागि दक्षिण सुडान उच्च कृतज्ञता नदिइरहन सक्दैन ।”
ऊर्जा लगायतका क्षेत्रमा चीनसँग राजनैतिक परामर्श आदानप्रदान सुदृढ पार्न र सहकार्य सघन बनाउन दक्षिण सुडान उत्साहित छ । क्षेत्रीय एवं विश्व मामलामा नजिकको सम्पर्क एवं बलियो सहकार्य कायम राख्न तत्पर छ ।
माली
मालीका राष्ट्रपति इब्राहिम बाउबाकार केइता (Ibrahim Baubacar Keita) सँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले भन्नुभयो, – “मालीको शान्ति प्रक्रिया एवं मेलमिलाप र आतङ्कवादविरुद्धको सङ्घर्षमा चीन मालीको पक्षमा बलियोसँग उभिएको छ ।
आन्तरिक राजनैतिक मुद्दाहरूमा आप्mनो व्यस्त समयमा समेत केइताले चीनमा गर्नुभएको विशेष भ्रमणले चीन–अफ्रिका सहकार्य मञ्चको सम्मेलनका लागि उहाँको बलियो समर्थन र चिनियाँ जनतासँग गहिरो मित्रता रहेको प्रदर्शन गर्दछ, सिले भन्नुभयो ।
“यी दुई मुलुकहरू सुख–दुःखमा साथ दिने असल दाजुभाइजस्तै हुन् । एक अर्कालाई इमानदारीपूर्वक व्यवहार गर्ने असल मित्र हुन् । साझा विकास खोज्ने उत्कृष्ट सहकर्मी हुन्” –उहाँले जोड दिनुभयो ।
चीनले सदैव मालीको राष्ट्रियता, स्वाधीनता, एकता एवं भौगोलिक अखण्डताको रक्षाको निम्ति सहयोग गर्नेछ– सिले भन्नुभयो ।
दुईपक्षीय व्यवहारिक सहकार्य अभिवृद्धि गर्न मालीको विकास योजनाका महत्वपूर्ण क्षेत्रहरूमा चीनले काम गर्नेछ– सिले उल्लेख गर्नुभयो ।
मालीमा संयुक्त राष्ट्रसङ्घको शान्ति कायम राख्न अपनाइएका गतिविधिहरूमा चीन सक्रियतापूर्वक सहभागी भएको र साहेल (Sahel) क्षेत्रमा क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्ने राज्यहरूको प्रयासलाई समर्थन गर्नेछ– उहाँले थप्नुभयो ।
केइताले भन्नुभयो, – “दुईपक्षीय सम्बन्ध बलियो बनाउन माली सदैव इमानदार रहँदै आएको छ र आपसी सम्मान र आपसी हितका आधारमा व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुरक्षालगायतका क्षेत्रमा चीनसँगको सहकार्य थप बलियो बनाउन तत्पर छ ।”
उहाँले भन्नुभयो– “एक क्षेत्र एक मार्ग निर्माणमा माली सक्रियतापूर्वक सहभागी छ र सहभागी रहनेछ ।”
मलावी
“गरिबीबाट समृद्धितर्फको मलावीको (Malawi) यात्रामा चीन एउटा उदाहरणीय पथप्रदर्शकको रुपमा उभियोस् भन्ने चाहेका छन् मलावीका जनताले ।” यो अभिव्यक्ति मलावीका राष्ट्रपति पिटर मुथारिकाको हो । उहाँले व्यापार र अर्थशास्त्रको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा दिनुभएको मन्तव्यमा स्पष्ट बोल्नुभयो– “चीनमा आउनुको हाम्रो उद्देश्य भन्नुनै यहाँबाट पाठ सिक्नु हो । चीनको इतिहास अफ्रिकाको लागि महत्वपूर्ण र महान शिक्षा हो ।”
उहाँले थप्नुभयो – “चीनको उत्साहप्रद इतिहासबाट कुनै पनि अफ्रिकी देशहरू गरिबीबाट माथि उठ्न र समृद्धितर्फ अघि बढ्न सम्भव छ भन्ने हौसला मिल्छ ।”
मुथारिका चीन–अफ्रिका सहकार्य मञ्चको बेइजिङ सम्मेलनका क्रममा चीन पुगेका हुन् ।
अफ्रिकामै आफ्नो देश मलावी चिनियाँ लगानीको लागि उत्कृष्ट गन्तब्य स्थलको रुपमा जिकिर गर्दै मुथारिकाले भने – “मलावीयाली जनतालाई गरिबीबाट उठाउनको निम्ति अब उत्पादनमा केन्द्रित हुनुपर्दछ ।”
“चीनले उत्पादनको क्षेत्रमा सफलता हासिल ग¥यो । एसियाले सम्भव तुल्यायो । अब हामी पनि सक्छौं । हामी गर्नेछौं ।” अझ जोड दिंदै भन्नुभयो – “समृद्धि सम्भव छ” , “विजय सम्भव छ ।”
मुथारिकाको मन्तब्यले विश्वविद्यालयका व्यापार र अर्थशास्त्रका विद्यार्थीहरूको मनमा आशाको दियो बालेको छ र आफ्नो देशको समृद्धिका लागि गर्नुपर्ने पहल र काममा अघि बढ्न साँचो अर्थमा उत्साह थपेको छ । ती विद्यार्थीहरू पनि चीनबाट सिकेर मलावी, आफ्नो देश विकासमा जुट्न प्रतिबद्ध छन् । व्यापार र अर्थशास्त्रको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा हाल २३ जना मलावीयाली विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीहरू जनता र जनताबीचको आपसी आदानप्रदान बलियो पार्न महत्वपूर्ण ऊर्जा बनेको छ । वितेको ३ वर्षमा चीनले करिब बीसहजार (२०,०००) अफ्रिकी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको स्रोतले जनायो ।
अनुवाद–हौसला
China Daily, Sep 1-2, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *