भर्खरै :

जलवायु परिवर्तन नियन्त्रण प्रयास अपुग ः राष्ट्रसङ्घ प्रमुख

काटोविस, पोल्याण्ड, १७ मङ्सिर  ः संयुक्त राष्ट्रसङ्घका महासचिब एन्टेनियो गुटेर्रेसले संसार जलवायु परिवर्तनले निम्त्याउने विनासकारी घटनाहरूलाई रोक्ने योजनाका सम्बन्धमा सही बाटोमा अघि नबढीरहेको बताउनु भएको छ ।
पोल्याण्डमा भएको संयुक्त राष्ट्र सङ्घ, जलवायु परिवर्तनसम्बन्धी २४ औँ अन्तर्राष्ट्रिय सम्मेलनको औपचारिक उद्घाटनका अवसरमा बोल्दै सोमबार उहाँले जलबायु परिवर्तनका असर नियन्त्रणका लागि अहिले भइरहेको कामका बारेमा पुर्नविचार गर्नुपर्ने बताउनुभएको हो ।
वातावरणका क्षेत्रमा काम गर्ने संस्थाहरूले ग्रीन हाउस ग्यास उत्सर्जनका कारण वातावरणमा परेको प्रभावले विश्वको तापमान वृद्धि भएको भन्दै आएका श्रृङ्खलावद्ध प्रतिवेदनबारे प्रतिक्रिया दिँदै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले विश्वले ग्रीन हाउस ग्यास उत्सर्जनलाई घटाउनुपनेतर्फ सबैले सोच्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वका करिब २०० राष्ट्रको प्रतिनिधित्व गरेर सम्मेलनमा सहभागी हुन आएका थप्नुभयो, “हामीले अझै प्रशस्त काम पनि गरेका छैनौ र समस्या समाधान प्रयासमा छरितो रूपमा अघि बढेका पनि छैनौँ ।”
विश्वका करिब २०० मुलुक, जसले सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका छन्, ले यसै महिना विश्व तापमान वृद्धिको सीमालाई नियन्त्रणमा राख्न तापक्रमलाई दुई डिग्री सेल्सीयस वा सम्भब भएमा त्योभन्दा पनि अझ तल (१.५ सेल्सियस), जसलाई सुरक्षित विन्दु मानिएको छ, मा झार्ने पहल गर्ने विश्वास गरिएको छ ।
तर जलवायु परिवर्तनदरमा मानवीय गतिविधिका कारण द्रूततर गतिमा अघि बढेको छ ।
अहिलेसम्म एक सेल्सियसका दरले तापक्रममा वृद्धि भएको अवस्थामा पनि पृथ्वीमा विनासकारी डढेलो, अत्यधिक खडेरी र प्रचण्ड आँधीका कारण सामुद्रिक सतहमा वृद्धि देखिएको छ ।
गुटेर्रेसले भन्नुभयो, “हामीले जलवायु परिवर्तनका कारण विश्वमा विनासकारी असरहरूको महशुस गरिरहेका समय हामीले समस्या समाधान र जलवायु सङ्कट समाधानका लागि अझै प्रशस्त काम गरेका छैनौँ । न त छिटो नै समाधानका लागि अघि बढेका छौँ ।”
जलवायु परिवर्तनका कारण वढी खतरामा रहेका केही मुलुकहरूले सोमबार तत्काल जलवायु समस्या समाधानका लागि सम्मेलनमा आफ्ना आवाजलाई राख्ने मौका पाउने छन् ।
फिजीका प्रधानमन्त्री फ्राङ्क बैनीमरमा र जलवायुसम्बन्धी सम्मेलनका गत बर्षका अध्यक्षले विश्व समुदायले जलवायु परिवर्तनका कारण निम्तिने विनासलाई नियन्त्रणमा राख्न तत्काल अघि बढ्नुपर्ने देखिएको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *