भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–५ –क्रान्ति –निर्माण –सुधार

अध्याय २
निर्माण
रूपान्तरण लागू गर्ने प्रयासहरू
आधारभूत समाजवादी राजनीतिक प्रणाली स्थापना
जनकङ्ग्रेसको प्रणाली, बहुदलीय सहकार्य र चिकपाको नेतृत्वमा राजनीतिक परामर्श र क्षेत्रीय, जनजातीय स्वायत्तता जनवादी गणतन्त्र चीनको राजनीतिक विधिका आधारभूत तत्वहरू थिए । नयाँ चीन स्थापनाको समयमा पहिलो चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको पूर्ण बैठकले साझा कार्यक्रम निर्णय गरेको थियो । त्यसमा देशको आधारभूत राजनीतिक प्रणालीका विशेष प्रावधानहरू समावेश थिए । त्यसपछि राजनीतिक शक्तिलाई बलियो बनाउँदै र समाजवाद लागू गर्दै यी तीन आधारभूत तत्वहरू नियमित रूपमै लागू गरिए ।
जनकङ्ग्रेसको प्रणाली ः साझा कार्यक्रममा प्रतिज्ञा गरिएझैं जनकाङ्ग्रेस नयाँ चीनको आधारभूत राजनीतिक प्रणाली हो । साझा कार्यक्रममा भनिएझैं जनवादी गणतन्त्र चीनको राज्यको शक्ति जनतामा निहित थियो । जनकङ्ग्रेस र विभिन्न तहहरूका सरकारहरू जनताको राज्यशक्तिको अभ्यास गर्ने अङ्ग थिए । विभिन्न तहका जनकाङ्ग्रेसहरू आम निर्वाचनबाट चुनिन्थे । विभिन्न तहका जनकङ्ग्रेसहरूले तत्तत् तहका जनसरकारको निर्वाचन गर्थे । राष्ट्रिय जनकङ्ग्रेस राज्यशक्तिको सबभन्दा माथिल्लो अङ्ग हो ।
नयाँ चीनको स्थापनापछि सुरुवातको अवधिमा आम निर्वाचनको निम्ति सन्तोषजनक वातावरण थिएन । त्यसैले, साझा कार्यक्रमले आम निर्वाचनबाट राष्ट्रिय जनकङ्ग्रेसको गठन नभएसम्म चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको पूर्ण बैठकले नै राष्ट्रिय जनकङ्ग्रेसको शक्ति प्रयोग गर्ने घोषणा ग¥यो । राष्ट्रिय भूमि प्रणाली सुधार, राष्ट्रिय अर्थतन्त्रमा पुनःस्थापना र अन्य महत्वपूर्ण सामाजिक सुधार सफलतापूर्वक सम्पन्न भएपछि राष्ट्रिय जनकङ्ग्रेसको निर्वाचन गर्ने वातावरण तयार भयो ।
सन् १९५३ को जनवरीमा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको प्रस्ताव र केन्द्रीय जनसरकार परिषद्को निर्णयअनुसार आम निर्वाचनको माध्यमबाट नगरपालिका, जिल्ला र प्रान्त (नगरपालिका केन्द्रीय सरकारको अन्तर्गत पर्दछन्) मा जनकाङ्ग्रेस गठन भयो र त्यही वर्ष बैठकहरू सञ्चालन भए । संविधानको खाका बनाइयो र नयाँ केन्द्रीय जनसरकारको निर्वाचन गरियो । त्यही समयावधिमा जनवादी गणतन्त्र चीनको संविधान र निर्वाचन कानुन बनाउन मस्यौदा समितिहरू बनाइए ।
निर्वाचन कानुनको सुत्रीकरण र घोषणापछि चीनले पहिलो जनगणना लियो । त्यसपछि आम निर्वाचन भयो । चिनियाँ नागरिकले पहिलोपटक मताधिकार पाए र मतदानमा सक्रियतापूर्वक भाग लिए । मतदान गर्न पाउँदा देशभर उत्साह फैलियो । निरन्तरको प्रयासपछि तल्लो तह र विभिन्न प्रान्तीय तहमा जनसरकार र केन्द्रीय सरकारको मातहतमा नगरपालिका र राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिहरूको निर्वाचन सम्पन्न भयो ।
सन् १९५४ को सेप्टेम्बर १५ देखि २८ सम्म पेइचिङमा पहिलो राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशन भयो । देशभरका प्रतिनिधिहरू एक ठाउँमा भेला भई राज्यका विभिन्न महत्वपूर्ण मामिलामा विचार विमर्श गरे । कङ्ग्रेसको प्रतिनिधित्व गर्नेहरूले जनप्रतिनिधित्वको बिस्तार गरे । त्यसमा विभिन्न वर्गका प्रतिनिधिहरू, गैरकम्युनिष्टहरू (प्रजातान्त्रिक पार्टीको रूपमा चिनिने), उदाहरणीय व्यक्तिहरू, सराहनीय सेनाहरू, साहित्य, कला, विज्ञान र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिहरू, उद्योग, व्यापार र धर्मिकक्षेत्रका व्यक्तिहरू र अल्पसङ्ख्यक जनजाति समूहका प्रतिनिधिहरू र समुद्रपारिका चिनियाँहरू समावेश थिए । सम्मेलनले जनवादी गणतन्त्र चीनको संविधान र विभिन्न महत्वपूर्ण कानुनहरू तयार ग¥यो । सरकारका कार्य प्रतिवेदनमाथि छलफल गरी पारित गरियो । संविधानको सम्बन्धित व्यवस्थाअनुसार राज्यको नयाँ नेतृत्वका सदस्यहरू निर्वाचित र पदस्थापना गरिए । जनवादी गणतन्त्र चीनको अध्यक्षमा माओ त्सेतुङ, उपाध्यक्षमा चु ते र राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्षमा ल्यू साओचि र प्रधानमन्त्रीमा चाउ एनलाइ चुनिए ।
पहिलो राष्ट्रिय जनकङ्ग्रेसले नयाँ चीनको आधारभूत राजनीतिक प्रणालीको रूपमा जनकङ्ग्रेस प्रणालीको औपचारिक प्रतीकको काम ग¥यो । त्यसले एक नयाँ प्रकारको राजनीतिक शक्ति र राज्यको राजनीतिक प्रजातान्त्रिकरण प्रक्रियाको ढाँचा दियो । अझ महत्वपूर्ण कुरा त त्यसले जनवादी गणतन्त्र चीनको परिवेशमा उपयुक्त आधारभूत समाजवादी राजनीतिक प्रणाली स्थापना ग¥यो ।
बहुदलीय सहकार्य र राजनीतिक परामर्शदातृ प्रणाली
चीन एक बहुदलीय राज्य हो । लामो क्रान्तिकारी सङ्घर्षमा संयुक्त मोर्चाको गठनको माध्यमबाट चिकपाले धेरै प्रजातान्त्रिक पार्टीहरूसँग नजिकको सहकार्य स्थापना ग¥यो । यी प्रजातान्त्रिक पार्टीहरूले चिकपासँगै रहेर सङ्घर्ष गरे र चिनियाँ क्रान्तिको विजयको निम्ति मुख्य योगदान पु¥याए । नयाँ चीनको स्थापनाको क्रममा संयुक्त मोर्चाले निरन्तर महत्वपूर्ण भूमिकाहरू निर्वाह ग¥यो । साझा कार्यक्रमले जोडका साथ चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन नै एकीकृत जनप्रजातान्त्रिक मोर्चाको संस्थागत रूप भएको घोषणा ग¥यो । साझा कार्यक्रमअनुसार गठन भएको पहिलो केन्द्रीय जनसरकारले चिकपाको नेतृत्वमा बहुदलीय सहकार्यको राजनीतिक शक्तिका स्वरूपहरू प्रस्तुत ग¥यो ।
नयाँ चीन कहिल्यै एक–पार्टी राज्य भएको छैन । चीनको बहुदलीय प्रणाली पश्चिमा देशहरूको बहुदलीय प्रणालीहरूभन्दा मौलिक रुपमै फरक छ । चिकपाबाहेकका विभिन्न कानुनी पार्टीहरू न सरकारबाहिरका पार्टीहरू हुन् न त विपक्षी पार्टीहरू हुन् बरु राज्यका मामिलाहरूमा भाग लिइरहेका पार्टीहरू हुन् । तिनीहरू प्रतिस्पर्धा गर्दैनन्, बरु चिकपासँग सहकार्य गर्छन् । चिकपा र प्रजातान्त्रिक पार्टीहरू घनिष्ठ सहकार्य गर्छन् र एकअर्काको विरोध गर्नुको साटो आपसका गतिविधिको निरीक्षण गर्छन् । कानुनअनुसार राज्यका मामिलाहरू चिकपाले सञ्चालन गर्छ र प्रजातान्त्रिक पार्टीहरू राज्यका मामिलाहरूमा सहभागी हुन्छन् । तिनीहरू राज्यका मामिलाहरू पालोपालो सञ्चालन गर्दैनन् । त्यो प्रणाली जनकाङ्ग्रेसको प्रणालीसँग मेल खान्छ । त्यसले जनतालाई आफ्नो मामिलाका आफै मालिक भएको हैसियत दिलाउँछ । त्यसले केहीलाई मात्र प्रजातन्त्रको अनुभूति दिलाउने होइन । चिकपा र प्रजातान्त्रिक पार्टीहरूले एकता र सहकार्यको नयाँ प्रकारका राजनीतिक पार्टीहरूको सम्बन्ध निर्माण गरे ।
चिकपाको नेतृत्वमा प्रजातान्त्रिक पार्टीहरूले राज्यका मामिलाहरूमा भाग लिने र सल्लाह दिन प्रयोग गर्ने मुख्य माध्यमहरू यी थिए ः राजनीतिक शक्तिमा सहभागी हुने, मुख्य राजनीतिक निर्देशिकाहरू, नीतिहरू निर्माण गर्ने र राजनेताहरूको उम्मेदवारको लागि सल्लाह दिने, राज्यका मामिलाहरूको व्यवस्थापन गर्ने र राज्यका निर्देशिकाहरू, नीतिहरू, कानुन, नियम तथा विनियमहरू बनाउने र लागू गर्ने । राष्ट्रिय कल्याण र जनताको जीविकासँग सम्बन्धित विषयमा महत्वपूर्ण उपायहरू लागू गर्न वा निर्णय गर्नु परे चिकपाले पहिल्यै प्रजातान्त्रिक पार्टीहरू र पार्टीमा आवद्ध नभएका व्यक्तिहरूसँग सल्लाह लिने, सहमति खोज्ने र निर्णयहरू लिने कामहरु गथ्र्याे ।
सन् १९५४ मा प्रथम राष्ट्रिय जनकङ्ग्रेस सम्पन्न भएपछि चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनले राष्ट्रिय जनकङ्ग्रेसका अधिकारहरू हस्तान्तरण ग¥यो । त्यसले स्वतन्त्र एकीकृत मोर्चाको रूपमा काम गर्न थाल्यो । सोही वर्षको डिसेम्बरमा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको दोस्रो राष्ट्रिय समितिको पहिलो बैठक पेइचिङमा भयो । बैठकले चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको बडापत्र पारित ग¥यो । त्यसले मुुख्यतः चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका कार्यहरू र अधिकारहरू र राष्ट्रिय जनकाङ्ग्रेस र सरकारका सम्बन्धहरूबारे घोषणा गरेको थियो । सारमा, त्यसमा समावेश भएका कुरा निम्न छन् ः चिकपाको नेतृत्वमा विभिन्न सामाजिक पक्षहरूको एकता कायम गर्नु, राजनीतिक परामर्श दिनु, विभिन्न विषयमा निर्णय गर्न राज्यका अङ्गहरूलाई सहयोग गर्नु । कानुनअनुसार उपयुक्त सङ्ख्यामा प्रजातान्त्रिक पार्टीहरूका सदस्यहरू राज्यशक्तिका अङ्गहरूमा स्थान पाउँछन् र तिनीहरू आफ्ना काम र कर्तव्य निर्वाह गर्छन् । प्रजातान्त्रिक पार्टीहरूका सदस्यहरू राष्ट्रिय र स्थानीय जनसरकारका अङ्गहरू र न्यायिक निकायहरूका नेतृत्वदायी स्थानमा बस्नसक्छन् । राज्यका मामिलाहरूमा सहभागिताका भूमिका निर्वाह गर्न सकून् र सल्लाह दिन सकून् हरेक तहका जनसरकारहरूले प्रजातान्त्रिक पार्टीहरूसँग सम्बन्ध राख्छन् । चिकपाको नेतृत्वमा काम गर्ने चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन एक महत्वपूर्ण बहुदलीय सहकार्य र राजनीतिक परामर्शदातृ प्रणाली हो ।
क्षेत्रीय जनजातीय स्वायत्त प्रणालीः नयाँ चीनमा राजनीतिक सम्बन्धको नियमनमा जनजाति समूहहरूको सम्बन्ध महत्वपूर्ण छ । चीन केन्द्रिकृत बहुजातीय देश हो । हान जातिको अतिरिक्त चीनमा अन्य ५५ अल्पसङ्ख्यक जातीय समूहहरू छन् । नयाँ चीनको स्थापनाको सुरुवाती समयमा अल्पसङ्ख्यक जनजातिहरूको कूल जनसङ्ख्या देशभरमा २ करोड ८० लाख थियो, त्यो जम्मा जनसङ्ख्याको ६ प्रतिशत हुन्थ्यो । ती अल्पसङ्ख्यक जनजातिहरू चीनका सीमा क्षेत्रहरू र पश्चिमी क्षेत्रहरूका सघन वा मिश्रित समुदायहरूमा बस्थे ।
पुरानो चीनमा शासकहरूले जनजातिहरूमाथि प्रणालीगत दमन नीतिको अभ्यास गर्थे । जनवादी गणतन्त्र चिनियाँको स्थापनालगत्तै चीनको क्रान्तिमार्फत विभिन्न जनजाति समूहहरूबीच समानता र एकता कायम गर्ने काम एउटा मुख्य उद्देश्यको रूपमा लिइयो । नयाँ चीनको स्थापनाको बेला तयार पारिएको साझा कार्यक्रमको एउटा अध्याय जनजाति समूहहरूबारेको नीतिप्रति समर्पित थियो । त्यसको मुख्य विषयवस्तु यस्तो थियो ः जनवादी गणतन्त्र चीनका विभिन्न जनजाति समूहहरू सबै समान छन् । विभिन्न जनजाति समूहहरूको निम्ति जनवादी गणतन्त्र चीन मित्रता र सहकार्यको वातावरणमा रहने एउटा फराकिलो परिवार बनून् भनी तिनीहरू एकता र आपसी सहयोगको निम्ति प्रतिबद्ध छन् । बहुसङ्ख्यक जातिको अन्धराष्ट्रवाद र अतिराष्ट्रवादलाई स्थान दिइन्न । जातीय समूहहरूबीचको भेदभाव र दमन र विभिन्न जातीय समूहहरूको एकतामा खलल पु¥याउने कुनै पनि कृयाकलापलाई प्रतिबन्ध लगाइन्छ ।
त्यसै समयमा घोषणा गरियो ः सघन समुदायमा बस्ने अल्पसङ्ख्यक जातीय समूहहरू क्षेत्रीय स्वायत्त जातीय क्षेत्रको अभ्यास गर्छन् । यस्ता जनजाति समूहहरू बस्ने ठाउँको जनसङ्ख्याको आधारमा स्वशासनका अङ्गहरू स्थापना गरिनेछन् । बहुजातीय समूहहरू भएका क्षेत्रमा वा एउटा स्वायत्त क्षेत्रमा हरेक जनजाति समूहले स्थानीय सरकारका अङ्गहरूमा प्रतिनिधित्व गर्नेछन् । हरेक जातीय समूहसँग आफ्नो लेखिने र बोलिने भाषाको विकास गर्न र आफ्ना रीतिरिवाज र धार्मिक विश्वासहरू कायम गर्ने वा परिवर्तन गर्ने स्वतन्त्रता रहनेछ । जनसरकारले हरेक जनजाति समूहलाई आफ्नो राजनीतिक, आर्थिक, सांस्कृतिक र आर्थिक कूटनीतिहरूको विकास गर्न सहयोग गर्नेछ ।
पुरानो चीनका शासकहरूले धेरै वर्षसम्म जनजातिमाथि दमन गरे । त्यसले विभिन्न जातीय समूहहरू, खासगरी हान जातीय समूह र अल्पसङ्ख्यक जनजातिहरूबीच दूरी रहनगयो । त्यसको साथै अल्पसङ्ख्यक जातीय समूहका क्षेत्रहरूले आफू सामाजिक विकासका विभिन्न तहहरूमा र आर्थिक र सांस्कृतिक विकासका विभिन्न चरणमा सहभागी हुन पाए । सामान्य नियमअनुसार तिनीहरू यी दुवै पक्षहरूमा केही हदसम्म पछाडि थिए । केही क्षेत्रहरू अद्यापि आदिम साम्प्रदायिक समाजको अन्तिम चरणमा थिए । यिनै कारणहरूले गर्दा नयाँ चीनको निर्माणका सुरुवाती चरणमा जनजाति समूहहरूसँग काम गर्नु केही हदसम्म कठिन थियो । चिकपाले त्यस कामअनुसार सा¥है होसियारीपूर्ण नीति अवलम्बन ग¥यो । सबभन्दा पहिले त्यसले जनजाति समूहहरूबीचको दूरी र द्वन्द्वको अन्त्य गर्ने काम अगाडि बढायो । त्यसले अल्पसङ्ख्यक जातीय समूहहरूका कार्यकर्ताहरू तयार ग¥यो र विस्तारै क्षेत्रीय तथा जातीय स्वशासन प्रणाली लागू ग¥यो । सन् १९५३ को मार्चमा देशव्यापी रूपमा काउन्टी जिल्ला र त्यसमाथिको तहमा अल्पसङ्ख्यक जनजातिहरूको ४७ वटा स्वायत्त क्षेत्र स्थापना गरियो । तीमध्ये सन् १९४७ मा बनेको प्रान्तीय तहको भित्री मंगोलियाको स्वायत्त क्षेत्र एक हो ।
चिकपाका नीतिहरूमा मजदुरवर्ग र अल्पसङ्ख्यक जातीय समूहहरूका माथिल्लो वर्गका धेरै सदस्यहरूले विश्वास गरे । विगतमा लामो अवधिसम्म जातीय समूहहरूबीच बनेको दूरी क्रमशः हट्दै गए । जातीय समूहहरूबीच समानता, आपसी सहयोग, एकता र सहकार्य विस्तार भयो ।
सन् १९५४ को संविधानले जातीय स्वायत्त क्षेत्रहरूलाई तीन तहमा बाँड्यो ः स्वायत्त क्षेत्रहरू, स्वायत्त प्रान्त र स्वायत्त काउन्टीहरू । त्यसै समयमा विभिन्न जातीय स्वायत्त क्षेत्रहरू जनवादी गणतन्त्र चीनका अभिन्न अङ्गको रूपमा घोषणा गरियो । संविधानको घोषणापछि बढी जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जनजाति समूह रहेका क्षेत्र र सघन समुदायहरू रहेका क्षेत्रहरूमा आ–आफ्ना स्वायत्त क्षेत्रहरू स्थापना गर्न थालियो । सन् १९५५ को अक्टोबरदेखि सन् १९५८ को अन्तसम्ममा सिन्च्याङ उइगुर स्वायत्त क्षेत्र, क्वाआन्सी चुयाङ स्वायत्त क्षेत्र, र निन्सिया हुइ स्वायत्त क्षेत्र स्थापना भए । तिब्बत स्वायत्त क्षेत्र स्थापना गर्न तयारी समिति गठन भयो । प्रान्तीय स्वायत्त क्षेत्रहरूका साथै २९ स्वायत्त प्रिफेक्चरहरू (प्रान्तहरु) र ५४ जिल्ला (काउन्टी) हरू स्थापना भए । यसै अवधिमा तिब्बतबाहेकका सबै अल्पसङ्ख्यक जनजातिहरूका क्षेत्रमा आ–आफ्नो वस्तुस्थितिअनुसार कृषि सुधार र प्रजातान्त्रिक सुधारको निम्ति उपयुक्त कदमहरू चालिए ।
चीनको आधारभूत राजनीतिक प्रणालीको रूपमा रहेको क्षेत्रीय तथा जातीय स्वायत्त प्रणाली देशको एकता कायम गर्न, जातीय समूहहरूबीच समानताको अनुभूतिको निम्ति, जातीय समूहहरूमा एकता अभिवृद्धि गर्न र जातीय समूहहरूको विकासलाई टेवा दिन ठूलो महत्वपूर्ण रह्यो । त्यसलाई विभिन्न जातीय समूहहरूले व्यापक रूपमा स्वागत गरेका थिए ।
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अघिल्लो खण्डमा चीनको क्रान्तिकालीन समयको चर्चा गरिएको छ भने दोस्रो खण्डमा चीनको निर्माणकालीन समयको चर्चा गरिएको छ । –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *