भर्खरै :

सय थान राहदानीसहित एक पक्राउ

काठमाडौँ, २५ मङ्सिर ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले विभिन्न देश पठाउने भनी गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *