भर्खरै :

संशोधनवाद र अवसरवाद –२

यहु प्रकाश
पछि आएर, सन् १९६३ मै युगास्लाभियाले मस्को घोषणा र मस्को वक्तव्यमाथि असहमति जनाउँदै विश्व कम्युनिष्ट आन्दोलनमा सोभियत सङ्घको कम्युनिष्ट पार्टीको ठूलो राष्ट्र अहङ्कारवादको विरोध गर्दै र त्यसको नियन्त्रणबाट युगोस्लाभिया स्वतन्त्र भयो । यसबारे ऊ सिक्वानले लेखेको पुस्तकबाट केही वाक्यहरू प्रस्तुत गर्नु उपयुक्त हुनेछ । तर, युगोस्लाभियाका कम्युनिष्टहरूको सङ्घ (LCY) त विभिन्न देशका ६४ ओटा पार्टीहरूले हस्ताक्षर गरेको साझा घोषणाका शर्तहरूलाई मात्र स्वीकार्ने पक्षमा थियो भने यसले मस्को घोषणामा हस्ताक्षर गर्न अस्वीकार ग¥यो । विश्व दुई शिविरमा विभक्त भएको र समाजवादी शिविरको नेतृत्व सोभियत सङ्घले गर्नुपर्छ भन्ने दृष्टिकोणसँग युगोस्लाभिया सहमत हुनसकेन ।
यस सम्बन्धमा त्यस पुस्तकले भन्छ, जाँचबुझलाई अगाडि बढाइसकेपछि हामीलाई के विश्वास भयो भने युगोस्लाभियाको कम्युनिष्टहरूको सङ्घ (LCY) ले युगोस्लाभियाका विशेषता र आवश्यकताहरूको आधारमा समाजवादको बाटो रोजेको हो । युगोस्लाभियाका कम्युनिष्ट टिटोहरूले माक्र्सवाद (लेनिनवादका सामान्य सिद्धान्तहरूलाई कहिल्यै कृत्रिम ढङ्गले लागू गरेनन् । त्यसैगरी, तिनीहरूले विदेशी नमुनालाई हुबहु नक्कल गरेनन् । तिनीहरू राजनीतिक र आर्थिक स्वाधीनतामा अडिग रहे । तिनीहरूका यस्तो भावना र समाजवाद निर्माणमा प्राप्त उपलब्धिहरू साँच्चिकै प्रशंसायोग्य थिए । तिनीहरूका केही दृष्टिकोणहरू हाम्रो पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूका दृष्टिकोणहरूसँग फरक भए तापनि यी दृष्टिकोणहरू माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट निर्देशित थिए । तिनीहरूले स्थापना गरेको राजनीतिक व्यवस्था समाजवादी व्यवस्था थियो । कामरेड चाओ एनलाई र अरु नेताहरुले के भन्थे भने चीन र युगोस्लाभियाका जनताको एउटै साझा लक्ष्य विश्व शान्ति र माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्दै समाजवादको निर्माण गर्नु थियो । यसै आधारमा यी दुई मुलुकहरूले मित्रवत् आपसी सहयोगको विकास गर्न र समाजवादी आजुको संवद्र्धन गर्न सक्षम भएका छन् । त्यसो भए तापनि, अन्तर्राष्ट्रिय परिस्थितिमा भएको परिवर्तन र सबैखाले आन्तरिक र बाह्य तत्वहरूले गर्दा हाम्रा दुई देश बीचको सम्बन्ध आशा गरेअनुरुप विकास हुन असफल भयो । परिस्थिति झन्–झन् खराब भयो ।
हामीलाई के विश्वास छ भने मस्को घोषणाको ९ बुँदामा समाजवादी राज्यको स्वरुप र प्रचलनबारे मस्यौदा कार्यक्रममा युगोस्लाभियाली अभ्यास ः मजदुर वर्गको राजनीतिक पार्टीे र सर्वहारा अधिनायकत्वको नेतृत्व, मजदुर किसानको गठबन्धन, उत्पादनका साधनहरूको सार्वजनिक स्वामित्व, योजनाबद्ध अर्थतन्त्र र समाजवादी मातृभूमिको रक्षासमेत गरी क्रमशः ६ बुँदामा मेल खाएको छ । मस्को घोषणामा उल्लेख गरिएका २ वा ३ ओटा वाक्यांशहरू पूर्णरुपले यकिन भएको थिएन । सर्वहारा अन्तर्राष्ट्रवादी एकता सुनिश्चित गर्ने सम्बन्धको एउटा धारामा युगोस्लाभियाली प्रतिनिधिहरूको एउटा महत्वपूर्ण फरक मत देखियो । त्यो के भने ीऋथ् को कार्यक्रमले समाजवादी मुलुक र भ्रातृ पार्टीहरूबीचको समानतालाई जोड दियो र अरु मुलुक र त्यहाँको पार्टीमाथि एकाधिकार र प्रभुत्वको अभ्यास गर्ने कुनै देशको कुनै पार्टीको प्रयत्नको विरोध ग¥यो । आजभोलि हामीले देखेअनुसार यो दृष्टिकोण पनि सही छ ।
सन् १९५६ सेप्टेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले स्पष्ट रुपमा के कुरो देखायो भने मजदुर वर्ग र पुँजीपति वर्गबीचको प्रमुख आन्तरिक अन्तर्विरोध अहिले हुँदै नभएको, अहिलेको अन्तर्विरोध भनेको तीव्र अर्थतन्त्र र सांस्कृतिक विकासको फलस्वरुप जनताका आवश्यकताहरू पूरा गर्न नसकिएको विद्यमान अवस्था हो । सोभियत सङ्घको अनुभवबाट सिकेको पाठअनुसार त्यस महाधिवेशनले व्यक्तिपूजालाई अस्वीकार गर्नुपर्ने र प्रजातान्त्रिक सिद्धान्त र जन समूदायको लाइनलाई पूरा गर्नुपर्नेमा जोड दियो ।
जे भए पनि, राजनैतिकरुपमा युगोस्लाभियालीहरूले कुनै ठूलो शक्तिबाट नियन्त्रित हुन अस्वीकार गरे । त्यसैगरी, तिनीहरूले युगोस्लाभिया पश्चिमको अधीनस्थ राज्य नबन्नुको साथसाथै पूर्वको भू–उपग्रह पनि नबन्ने अडान कायम गरे । तिनीहरूको विदेश नीति भनेको सबै देशहरूसँग व्यापार गर्ने, यद्यपि कसैसँग संलग्न नहुने हो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सर्वहारा अधिनायकत्वबारे अझ धेरै ऐतिहासिक अनुभव शीर्षकको दस्तावेज प्रकाशित ग¥यो । यसले (LCY) को धारणाबारे चिनियाँ कम्युनिष्ट पार्टीको बुझाइ प्रकट ग¥यो र स्टालिनलाई पूर्ण निषेध गर्ने र स्टालिनका गल्तिहरू समाजवादी व्यवस्थाका उपजहरू हुन् भन्ने युगोस्लाभियाली कामरेडहरूको दृष्टिकोणलाई पुनः विचार गर्नुपर्ने भनी भाइचारा सल्लाह प्रदान ग¥यो ।
इतिहासमा प्रेरक शक्तिको सम्बन्धमा टिटोले भनेका थिए । यी सबै कुराहरू जनताबाट आउँछ, महा– मानवहरूबाट आउने होइन । के कुरो साँचो हो भने जन–समुदायभित्र रहेका सबै नेताहरूलाई जनताले नै उत्साह प्रदान गर्छन् । नेताहरू भनेको जनताको इच्छा आकाङ्क्षा बुभ्mने सङ्गठनकर्ताहरूमात्र हुन् । महा–मानवहरूले जनताको आवश्यकता र चाहना बुझेर जनतासँग एकाकार भएपछि मात्र इतिहास निमार्ण गर्नसक्छन् र सार्थक योगदान पु¥याउन सक्छन् । यदि एउटा मान्छे आफै जनताबाट अलग्ग हुन्छ र आपूmलाई जनताभन्दा माथि ठान्छ भने यसबाट डर र घृणामात्र पैदा हुन्छ ।
पार्टीले शासन गर्नुहुँदैन तर नेतृत्व प्रदान गर्नुपर्छ । पार्टीले नीतिहरू निर्धारण गरिदिनुपर्छ र राजनीतिक र विचारधारात्मक कार्य गर्नुपर्छ । यसले कहिल्यै प्रशासनिक मामलामा हस्तक्षेप गर्नुहुँदैन । (पेज ११६ , १२२ , ११७ र १२४)
सन् १९६३ सेप्टेम्बर २६ को दिन जन दैनिक (रनविन रिबाओ) र रातो झण्डा (होनक्वि) को संयुक्त सम्पादकीयबाट सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको खुला पत्रको तेस्रो जवाफको रुपमा के युगोस्लाभिया समाजवादी देश हो ? भन्ने लेख प्रकाशित भयो । त्यस लेखमा युगोस्लाभिया यो यो आधारमा समाजवादी देश नभएको र संशोधनवादी देश भई संरा अमेरिकी साम्राज्यवादको दलाल भएको भनी निन्दा गरेको थियो । जे भए पनि, तङ्श्याओ पिङहरूले पनि टिटोलाई गतिशील माक्र्सवादी र युगोस्लाभियालाई समाजवादी देश भएको कुरो पटक–पटक बताए ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *