भर्खरै :

श्रमिक दिवस मनाऔँ

कामदार जनता एकजुट होऔँ
अधिकारको निम्ति लड्न
अन्याय, अत्याचार, भ्रष्टाचार
निर्मूल गर्न उठौँ ।

कलकारखानाका मजदुरहरू
भरिया, ज्यामी, कारिन्दाहरू
जिउन पुग्ने ज्याला पाउन
एकजुट भई बढौँ ।

शिक्षक, प्राध्यापक, वकिल, डाक्टर
पत्रकार, कर्मचारी, इन्जिनियर
सबै हामी बौद्धिक मजदुर
श्रमिक नै त हौँ नि ।

बल प्रयोग गर्ने श्रमजीवीहरू
बुद्धि खियाउने बुद्धिजीवीहरू
श्रमिक दिवस भव्यरूपमा
एक भई मनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *