देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
सम्पदा संरक्षणको अर्थ प्राचीन सीप र शैलीबाट नयाँ युगको पनि सेवा गर्नु हो । त्यसको पुनरुत्थान गर्नुको उद्देश्य पुरानो ज्ञान र सीपलाई देश र जनताको सेवामा लगाउनु हो । विशेषताबिना कुनै समाज, देश र राज्यले आफूलाई जीवित राख्न सक्दैन ।
सम्पदाको संरक्षण गर्दा नेपालको सन्दर्भमा ढुङ्गा, माटो, काठ र अन्य प्रयोग गरिएका मिश्रण गरिएका वस्तुको अनुसन्धान गर्नु हो तथा ती वस्तुलाई आजको सन्दर्भसँग तुलना गर्नु हो । स्थानीय हावापानीअनुसारका निर्माण र निर्माणमा प्रयोग गरिएका सामग्रीको अनुकूलतालाई ध्यान दिई प्रयोग गर्दा आफ्नै देश, समाज र स्थानीय वस्तुको प्रयोग भई देशको अर्थतन्त्रलाई सघाउनु स्वाभाविक हो ।
हरेक १० वर्षमा जसरी आर्थिक सङ्कटबाट पार पाउन बढी ज्यामी प्रयोग हुने सडक, पुल, नहर र अन्य निर्माण कार्यलाई प्राथमिकता दिँदा समाजमा मुद्राको परिचालन, उत्पादनको निरन्तरता र व्यापारको वृद्धिले आर्थिक सङ्कटबाट उम्कने बाटो खोलेको इतिहास छ । सालाखाला हरेक १० वर्षमा आउने आर्थिक सङ्कटले अमेरिकालाई जोगाउन स्तालिन–रोजबेल्टको मार्सल प्लानले फासीवादलाई हराउन ठुलो भूमिका खेल्यो । त्यसलाई पछि ‘गुप्त जानकारी’ भनियो ।
तर, अमेरिकी राष्ट्रपति रुजवेल्टको मृत्युपछि सत्तामा दक्षिणपन्थी ट्रुम्यान आएपछि म्याकार्थीको युगले दोस्रो विश्वयुद्धपछि संसारमा पुनःशीत युद्ध सुरु भयो । सङ्ग्रहालयहरू (म्युजियम) र चिडियाखाना (Zoo) हरूको संरक्षण गर्दा प्राचीनता र इतिहासलाई वर्तमानसँग जोड्ने कार्य गर्छ । डार्विनको ‘जीवहरूको उत्पत्ति’ ले बाँदर, वन मान्छे र मानिसको बिचमा साइनो जोड्ने सजिलो राजमार्ग बनायो । त्यस आविष्कारले जीवनशास्त्रमा मात्रै होइन समाजमै एक विकासवादी सोच प्रदान गर्यो र राजनीतिशास्त्रमा समेत दैवी सिद्धान्त, शक्ति सिद्धान्त र समाज सम्झौता सिद्धान्तबाट अगाडि राज्यको उत्पत्ति र विकासमा नयाँ विकासवादी सिद्धान्तको प्रादुर्भाव भयो ।
त्यस्तै, अमेरिकी अनुसन्धानकर्ता लेविस मोर्गनका ‘प्राचीन समाज’ को सन् १८७७ मा प्रकाशन हुँदा समाज विज्ञानमा पनि ठुलो हलचल ल्याइदियो । अमेरिकी प्राचीन समाजमा जसलाई मानव समाजको शैसवकाल भनिने समाजमा ‘व्यक्तिगत सम्पत्ति’ थिएन र ‘शोषण’ पनि थिएन भन्ने टुङ्गोमा पु¥याइदियो । त्यो एउटा ठुलो आविष्कार थियो – मोर्गनको । सन् १८४८ को कम्युनिस्ट घोषणापत्रमा ‘मानव समाज वर्गसङ्घर्षको इतिहास हो’ भन्ने धारणामा माक्र्स र एङ्गेल्सलाई ‘आदिम साम्यवाद’ वर्गविहीन र शोषणविहीन समाज थियो भन्ने टुङ्गोमा पुग्न सजिलो बनायो र भविष्यमा वैज्ञानिक समाजबाट मानव समाजको गन्तव्य साम्यवाद हो भन्ने निष्कर्षमा पु¥याइयो ।
यसरी मानिसलाई प्राचीन समाजबाट वर्तमान र भविष्यको उज्ज्वल समाजमा पु¥याउनेबारे आज दुईमत नहोला, जसरी आगोको आविष्कारले मानिसलाई जीवन रक्षामा ठुलो योगदान गरेजस्तै कम्पास र भापको आविष्कारले समाजलाई पुँजीवादको विकास गर्न ठुलो योगदान गर्यो ।
ऐतिहासिक सम्पदा संरक्षण र संवद्र्धन सँगसँगै चौतर्फी प्राचीनताको अध्ययनले वर्तमानदेखि मानव जातिलाई भविष्यको गन्तव्यसम्म पुग्ने प्रकाशसम्ममा पुग्न सहयोग गर्छ । प्राचीन ‘रेशम मार्ग’ ले आज संसारलाई एक सूत्रमा बाँध्न सबैले सहयोग गरेको सर्वविदितै छ ।
वर्तमान समयले मूर्त सम्पदामै चिन्ता गर्ने होइन बरु नाचगान, रीतिरिवाज, लवाइखवाइ, सदाचार, शिक्षा र उपचारजस्ता अमूर्त सम्पदासमेत अनुसन्धान, जानकारी र त्यसको संरक्षण र संवद्र्धनमा ढिलो गर्नुहुन्न ।
यसको निम्ति हाम्रा विश्वविद्यालय र कलेजहरू, पुरातत्व विभाग र प्रज्ञा प्रतिष्ठानजस्ता प्राज्ञिक संस्थाहरू अगाडि बढ्नुपर्ने देखा पर्दै छ ।
अव्यवस्थित सहरीकरणको विकल्प ‘स्मार्ट सिटी’ हुनसक्दैन, स–साना नगरहरूको निर्माणले प्रदूषणमुक्त गर्न र बन्दोबस्त गर्न सजिलो हुन्छ भने ‘स्मार्ट सिटी’ व्यापार हो ।
पहिले ढल बनाउने, अनि सडक र केही महिनापछि नै सडक फोडेर तार बिछ्याएर महिनाँैसम्म सडक, नगर र बस्तीलाई हिलाम्य र धुलाम्य बनाउने कहाँको योजनाबद्ध विकासको मोडल हो – कसैलाई थाहा छैन । यसबारे योजना आयोग, सहरी विकास र उपत्यका विकास कसरी बेखबर होला ?
संयुक्त राष्ट्रसङ्घको युनेस्कोबारे हामी सबै जानकार छौँ । तर, युनेस्कोलाई उपनिवेशवादी सम्पदा संरक्षक बनाउँदा प्राचीन देश र समाजको प्राचीनताका अवशेषहरू लोप हुँदै जाने सम्भावनालाई बिर्सनु हुन्न । यसबारे नेपाल सचेत हुनैपर्छ ।
(विश्व सम्पदा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा 3rd National Conference On Architectural Trends And Heritage,२०८१ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा शुक्रबार व्यक्त मन्तव्य– सं)
Leave a Reply