देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
भक्तपुर क्षेत्रफलको आधारमा देशकै सानो नगरपालिका भए पनि पर्यटकीय गन्तव्य र सांस्कृतिक नगरको रूपमा विकास भइरहेको नगर हो । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले यो अनुपम नगर तथा काष्ठकला, धातुकला र मूर्तिकलाको दृष्टिले नेपालकै उत्कृष्ट नगर हो ।
इतिहासविद् जगदिश शमशेर राणाले भक्तपुरमा बा¥है महिना चलिरहने नाचगान, बाजागाजा, चाडपर्व, सांस्कृतिक समूह, विभिन्न भाषाभाषी, जातजातिबारे गहन अध्ययन र अनुसन्धान गरी भक्तपुरलाई ‘नाचगानको राजधानी’ संज्ञा दिनुभएको थियो । त्यसैगरी, जर्मनी वास्तुकलाविद् निल गोत्सेले भक्तपुरलाई जीवित सङ्ग्रहालयको उपमा दिनुभयो । ई.ए. पावेलले भन्नुभएको थियो, “नेपाल आएर भक्तपुरको दरबार क्षेत्र घुमेन भने संसारकै आधा संसार नघुमे सरह हुन्छ ।”
भक्तपुरको सांस्कृतिक वैभवलाई हेरेर विद्वानहरूले यो नगरलाई धेरै किसिमले परिभाषित गर्नुभएको छ । यस्तो महत्वपूर्ण नगरबारे १०० वर्षपछिको भविष्यको कल्पना स्वयम् एक महान् कार्य हो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज भन्दा २५ वर्षअघि २०५६ सालमा ‘१०० वर्षपछिको भक्तपुर’ लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नु भयो ।
‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको रूपमा भने २०५९ सालमा मात्रै प्रकाशित भएको हो । पुस्तकले भक्तपुरको भविष्यको लागि मार्ग निर्देश ग¥यो । भक्तपुर विकासको निम्ति पुस्तक एक प्रकारको गुरु योजना बन्यो । २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले त्यसलाई कार्यान्वयनको थालनी गर्नुभयो । ‘सय वर्षपछिको भक्तपुर’ सार्वजनिक भएकै वर्ष २०५६ सालमा ख्वप उच्च मा.वि., २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजहरू स्थापना भयो । २०५९ सालदेखि देशभरका स्थानीय निकायहरू जनप्रतिनिधिविहीन भए । १५ वर्षसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा भक्तपुर धेरै पछि पर्यो । तत्कालीन जनप्रतिनिधिहरू जनताको सेवाबाट पछि हट्नु भएन । अर्को निर्वाचितहरू नआएसम्म जनप्रतिनिधिहरूकै रूपमा जनताको सेवामा लाग्नुभयो । त्यही क्रममा २०६० सालमा ख्वप बहु प्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, त्यहीबिच शारदा कलेज र मा.वि. पनि नगरपालिकाको जिम्मेवारीमा आयो । २०७४ सालको निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरूको निरन्तर प्रयास स्वरूप २०७९ सालमा ख्वप कलेज अफ ल सञ्चालनमा आयो ।
अहिले नगरपालिका मातहत दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सञ्चालनमा छन् । ती शैक्षिक संस्थाहरूमा हाल देशका ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । पुस्तकमा नगरपालिकाहरूको आ–आफ्नो नगर अस्पताल, शिशुशालाहरू, बालउद्यानहरू, विद्यालय र महाविद्यालयहरू छन् (पेज ७०) । १०० वर्षपछिको त्यही परिकल्पना साकार पार्ने उद्देश्यले नै नगरपालिकाले वडा वडामा शिशुस्याहार केन्द्रहरू सञ्चालन गरिरहेको हो ।
भक्तपुर नगरपालिकाले पुस्तकलाई आधार बनाई योजनाबद्ध विकास गर्दै छ । नगरमा ढलहरू छोपिएका छन्, खुला छैनन्, सबै ढलका फोहोर उपचार पोखरीमा जान्छ र सफा गरेपछि मात्र खोलामा बग्छ (पेज ६९) । भक्तपुर नगरपालिकाभित्र हनुमन्ते खोला र खासाङखुसुङ खोलाहरू बग्छन् । ती खोलाहरूमा अहिले पानी होइन ढल बगिरहे छन् । त्यसमा सफा पानी बगाउने उद्देश्यले भनपा ७ हनुमानघाट र भनपा २ सल्लाघारी गरी भक्तपुर नगरका २ वटा ठाउँहरूमा फोहोर पानी उपचार पोखरीहरू निर्माण हुँदै छ । खोलाको दुवै किनारामा फोहोर बग्ने ढलको पाइपको व्यवस्था भइसकेको छ ।
पुस्तकमा नगरपालिकाहरूमा आआफ्नै नगर अस्पताल छन् (पेज ७०) । भक्तपुर नगरपालिकामा घर दैलो नर्सिङ, वडा वडामा चिकित्सकसहित स्वास्थ्य केन्द्र, १०० शøयाको ख्वप अस्पताल, आयुर्वेदिक स्वास्थ्य केन्द्र, स्वास प्रश्वास पुनस्र्थापना केन्द्र र ख्वप तिलगङ्गा आँखा अस्पताल सञ्चालनमा छन् । त्यसका अलावा प्रदेशअन्तर्गतका भक्तपुर अस्पताल, सङ्घीय सरकारअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रले पनि त्यतिकै सेवाप्रदान गरिरहेको छ । यस अर्थमा भक्तपुरका जनताले सामान्यदेखि जटिल रोगसम्मको उपचार भक्तपुरमै पाउन सम्भव भएको छ । स्वास्थ्य सेवामा यति सहज उपचार सायदै अरु ठाउँमा जनताले पाएका छन् । जनताले अक्सिजन र रगत निःशुल्क पाइरहेका छन् ।
नगरपालिकाहरूको आफ्नै खानेपानी व्यवस्था, आवास क्षेत्रहरूको र बजारको व्यवस्था छ (पेज ७०) । भक्तपुर नगरपालिकाको निरन्तरको प्रयासले अधिकांश नगरवासीहरूको घरघरमा मेलम्चीको पानी पुगेको छ । अझै कहीँ कहीँ समस्या छ । त्यसको लागि पनि नगरपालिकाले प्रयास गर्दै छ ।
कमलविनायक आवास योजना, लिबाली आवास योजना र तुमचो दुगुरे आवास योजना सम्पन्न गरिसकेको छ भने अहिले देको मिवा इतापाके आवास योजना चालु अवस्थामा छ । ती सबै ठाउँमा व्यवस्थित बस्तीको विकास भइरहेको छ ।
बजार व्यवस्थाको लागि नगर प्रहरी भर्ना गरी परिचालन गर्दै छौँ । बजारमा अखाद्य वस्तुहरूको बिक्री वितरण नियन्त्रणका लागि बजार अनुगमनको व्यवस्था छ ।
वर्षको ३० लाख पर्यटक आउने र हरेक वर्ष दिनमा ५००० पर्यटक आउनेछन् । आयको प्रमुख स्रोत बन्नेछ ।
भक्तपुर पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । वार्षिक लाखौँ पर्यटक आएको रेकर्ड छ । बितेको नौ महिनामा १ लाख ८५ हजार विदेशी पर्यटकहरूले भक्तपुरको भ्रमण गरेका छन् । नेपाल आएका पर्यटकहरूमध्ये एक चौथाइ भक्तपुर आउने गरेको रेकर्ड छ । पर्यटन विकासलाई ध्यानमा राखेर जापानी भाषा, चिनियाँ भाषा, कुक तालिम, स्थानीय पथ प्रदर्शक तालिमलगायत विभिन्न तालिमहरू दिइरहेका छौँ ।
समय–समयमा सांस्कृतिक प्रदर्शनीको आयोजना, टोलटोलमा बाजा प्रशिक्षणको व्यवस्था, सांस्कृतिक गुरुहरूको सम्मान र बाजा समूहहरूलाई आर्थिक सहयोगको नीति बनाई सांस्कृतिक क्षेत्रलाई प्रोत्साहित गर्दै छौँ । यही वैशाख २२ गते गुँलाबाजा प्रतियोगिताको आयोजना गर्दै छौँ ।
२०७२ सालको भूकम्पबाट भत्केका अधिकांश सम्पदाहरूको पुनःनिर्माण कार्य सम्पन्न भएका छन् । गएको ५ वर्षमा १२४ वटा सम्पदाहरू मौलिक शैलीमा नगरपालिकाको आफ्नै स्रोत, साधनहरूको परिचालन गरी सम्पन्न ग¥यौँ । मौलिक शैलीमा घर बनाउनेहरूका लागि ३५ प्रतिशतसम्म अनुदानको व्यवस्था गर्दै छौँ । इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषालगायत विषय लिई अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ ।
आर्थिकरूपले पछाडि परेका ६ सय जना विद्यार्थीलाई रु. ५ लाखका दरले शैक्षिक ऋण दिएर विभिन्न उच्च शिक्षा अध्ययनको अवसरमा प्रदान गर्दै आएका छौँ ।
हामीले चाहेर पनि दरबार क्षेत्रस्थित न्ह्येकं झ्यो दरबार बनाउन सकेका छैनौँ । भक्तपुर नगरपालिका, पुरातत्व विभाग र संस्कृति मन्त्रालयबिच उक्त दरबार मल्लकालीन शैलीमै बनाउनेमा सहमति भयो । तर, विभिन्न प्राविधिक कारण अझै निर्माण कार्य अगाडि बढ्न सकेन । नगरपालिकाकै लगानीमा थंथु दरबार पुनः निर्माण गर्दै छौँ । हामी हाम्रो सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको लागि अरुको भर परेनौँ ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा देखिएका केही समस्या र चुनौतीहरू :
– सम्पदाहरू पुनःनिर्माणको लागि आवश्यक काठहरू सरकारी मूल्यमा उपलब्ध गराउने कानुनी व्यवस्था हुनुपर्ने,
– सम्पदा पुनःनिर्माण र जीर्णाेद्धारको कार्य स्थानीय जनतामार्फत गर्ने बन्दोबस्त हुनुपर्ने,
– नेपाल सरकारले आवश्यक जनशक्ति तयार गर्न स्थानीय तहलाई आवश्यक सहयोग गर्नुपर्ने,
– मौलिकता जोगाउन पुरातत्व विभाग कडाइका साथ प्रस्तुत हुनुपर्ने र
– सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको जिम्मेवारी विदेशीलाई दिन नहुने ।
यसरी भक्तपुरको सम्पदाहरूको मौलिकता जोगाई ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमा लेखिएझैँ “भक्तपुर एउटा आश्चर्यको नगर हुनेछ, बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो र राती प्राचीन लुगा लगाएकी सुन्दरीजस्तो देखिने छ ।” यो साँच्चै पृथ्वीमा ‘स्वर्ग’ को एक टुक्रा हुनेछ । पुस्तकका लेखक नारायणमान बिजुक्छेँलाई धन्यवाद ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा दिवसको अवसरमा २०८१ वैशाख ६ गते आयोजित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकबारे प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply