भर्खरै :

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’– सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’– सी

बेइजिङ, १४ वैशाख (एएफपी) । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठुला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताउनुभएको छ । यद्यपि उहाँले दुई मुलुकबिचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताउनुभयो ।
एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गर्नुभयो । भेटमा अमेरिकी अधिकारीहरूले रूस, ताइवान र व्यापारसहित मतभेदका महत्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् ।
सरकारी प्रसारक सीसीटीभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केनसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन; अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, संरा अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”
उहाँका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुनसक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ ।
यसअघि भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिङ्केनले रूसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गर्नुभएपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘¥हासोन्मुख’ हुने चेतावनी दिनुभयो । उहाँले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिनुभयो ।
ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घन्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताउनुभयो । उहाँले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारहरूसँग कुराकानी गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *