भर्खरै :

नगर प्रमुखलाई आएको विदेश भ्रमणमा छोरी

खलङ्गा, १२ वैशाख (रासस) । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणमा छोरीलाई पठाएको पाइएको छ । प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो ।
स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी बनाउने विषयमा गत वर्ष प्रमुख सेजुवाल उपप्रमुख अप्सरादेवी न्यौपाने( महत)लाई फिलिपिन्समा अवलोकन भ्रमणको निम्ता आएको थियो । एउटा गैरसरकारी संस्थाको पहलमा त्यहाँको भ्रमणको अवसर पाइएकोमा प्रमुख र कर्मचारीको मिलेमत्तोमा सेजुवालकी छोरी र तत्कालीन चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी निर्मला डाँगीलाई पठाएको पाइएको नगरपालिकाका कर्मचारी बताउँछन् ।
“प्रमुखकी छोरी र कर्मचारी फिलिपिन्स भ्रमणमा गएर आएपछि मात्रै थाहा भयो”, प्रशासन शाखामा कार्यरत एक कर्मचारीले भन्नुभयो । ती कर्मचारीका अनुसार प्रमुख र उपप्रमुखको नाममा आएको चिठी नै गायव बनाइएको रहेछ । प्रशासन शाखामा चिठी दर्ता भए नभएको बुझ्न खोज्दा त्यहाँका कर्मचारीले आफ्नो हातमा चिठी नै नपरेको बताउँछन् ।
योमात्रै होइन यहाँ कति चिठी गायव हुन्छन्, पत्तै हँुदैन, के के मात्र भएको छैन र यहाँ भन्दै उनले उल्टै प्रश्न गरे ? तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र प्रमुखको हात रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् । उपप्रमुख न्यौपानेले भन्नुभयो “मैले पनि पछि थाहा पाएँ ।” प्रमुख सेजुवालले नगरपालिकामा आधिकारिक चिठी प्राप्त नभएको र आफूलाई थाहा नभएको बताउनुभयो । “एउटा संस्थाबाट दुई जनालाई भ्रमणको निम्तो आएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *