भर्खरै :

इरानमा संरा अमेरिकाको कपट

इरान आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिकेको एक वर्षपछि गएको मे ८ मा इरानले सम्झौताका केही बुँदाबाट आफूले पनि हात झिक्ने घोषणा गरेको छ । सम्झौताका बाँकी हस्ताक्षरकर्ता देशहरूलाई इरानले ६० दिनको म्याद दिएको छ । इरानको यो घोषणा संरा अमेरिकाले इरानमाथि थोपरेको नाकाबन्दीको प्रतिक्रिया हो । साथै अन्तर्राष्ट्रिय समुदायलाई ‘केही गर नत्र सम्झौता गुमाउन’ दिएको सड्ढेत हो ।
पछिल्लो घटनाक्रमले धेरै मानिसलाई निराश बनाएको छ । कोशेढुङ्गाको रूपमा रहेको आणविक सम्झौता सकिंदै गरेको उनीहरूको बुझाइ छ । त्यसले मध्यपूर्वलाई अझ खतरनाक अवस्थामा धकेल्नेछ । जे जति पनि अवस्था बन्दैछ यसको निम्ति वाशिङ्टन दोषी हुने हाम्रो ठम्याइ छ ।
पछिल्लो वर्षमा भएको आणविक अप्रसार सम्झौतामध्ये इरानको आणविक सम्झौता सबभन्दा महत्वपूर्ण उपलब्धि हो । इरानसँगको सो सम्झौता ओबामा सरकारको सबभन्दा महत्वपूर्ण कूटनीतिक विरासत मानिएको छ । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–संरा अमेरिका, चीन, रुस, बेलायत र फ्रान्ससँगै जर्मनीले अठार महिना लामो छलफल पछि सो सम्झौतामा हस्ताक्षर गरेका थिए । संरा सङ्घको सुरक्षा परिषद्ले पनि सो सम्झौता अनुमोदन गरिसकेको छ ।
तर, संरा अमेरिकाको ट्रम्प सरकारले सो सम्झौता च्यातचुत गरिदिए । अन्तर्राष्ट्रिय समुदाय ट्रम्प सरकारको सो कदमको एकमतले विपक्षीमा उभिए । तर, ट्रम्पलाई त्यसले केही फरक पारेन । वाशिङ्टनको पार्टीगत राजनीतिको कोपभाजनमा जस, नैतिकता र न्याय परेका छन् । वाशिङ्टनको यो कदमले धेरै समस्याहरू निम्त्याउनेछ । संरा अमेरिकाले इरानको सरकारी सेना इस्लामिक क्रान्तिकारी सेनालाई आतड्ढवादी समूह घोषणा गरेको छ । इरानको तेल आयात गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । मध्यपूर्वमा संरा अमेरिकाले युद्धकविमान बोक्ने युद्धपोत तैनाथ गरेको छ । संरा अमेरिकाका यस्ता कदमप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । अवस्थालाई अझ तनावपूर्ण बनाएको छ । वार्ताका सबै ढोका बन्द गरिदिएको छ । संरा अमेरिकाले लगातार इरानलाई छेउमा धकेलेको छ किनभने ऊ इरानभन्दा शक्तिशाली छ ।
संरा अमेरिकाले आफ्नो स्वार्थ फत्ते गर्न अधिकतम दबाब प्रयोग गरिरहेको केही मानिसहरूको बुझाइ छ । कोही संरा अमेरिकाले चालेका कदमपछाडि इजरायल भएको बताउँछन् । साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले संरा अमेरिकाबाट थप हातहतियार खरिद गरेको र मध्यपूर्वमा तनावपूर्ण अवस्था बन्दै गए संरा अमेरिकी हतियार बेचविखनमा मद्दत पुग्ने भएकाले पछिल्लो अवस्था बनेको भनी विश्लेषण गर्ने कोण पनि छ ।
यस्ता सबै तर्क या त स्वार्थी छ अथवा अल्पदृष्टिमा आधारित छन् । हामी वाशिङ्टनको मूल मनसाय त बुझेका छैनौं । तर, द्वन्द्व तनावपूर्ण अवस्थामा रहेको मध्यपूर्वको लागि खतरनाक छ । कालान्तरमा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ । वाशिङ्टन मध्यपूर्वको परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको पक्कै चाहने छैन । तर, उसका गतिविधिले परिस्थिति नियन्त्रणभन्दा बाहिर जाने सम्भावनालाई नकार्न सकिन्न ।
संरा अमेरिकी नाकाबन्दी र दबाबले इरानी जनताको आत्मस्वाभिमानमा चोट पुग्नेछ । यसले अपमानपूर्ण सामूहिक सम्झना छोड्नेछ । यो अवस्था संरा अमेरिकाको लागि पनि खतरनाक हुनेछ । चीनका विदेश मन्त्रालयका प्रवक्ताले आजसम्म सम्झौता पालनामा इरानले निर्वाह गरेको पूर्ण इमानदारीको प्रशंसा गर्दै एकपक्षीय ढङ्गले इरानमाथि थोपरिएको नाकाबन्दीप्रति खेद प्रकट गरेका छन् । उनले कथित ‘इरानमाथि संरा अमेरिकाले थोपरेको लामो दूरीको क्षेत्राधिकार’ प्रति पनि विरोध जनाएको छ । चीनको भनाइले इरान आणविक सम्झौतामा न्यायको पक्ष लिएको छ । इरान आणविक सम्झौताप्रति चीन, बेलायत, फ्रान्स, जर्मनी सबैको आधार रुपमा एकमत छ ।
बेलायत, फ्रान्स र जर्मनीले आणविक सम्झौताको लागि ठूलो मिहिनेत गरेको थियो । यो सम्झौता भङ्ग हुनु उनीहरूको चाहना र लाइनअनुसार पक्कै हुनेछैन । तर, संरा अमेरिकाको दबाबमा उनीहरू चिन्तित हुन्छन् । अप्ठ्यारो मान्छन् । अनि आफ्नो नीतिमा पुनर्विचार गर्छन् । हामी ती तीन देशहरू इरान आणविक सम्झौतामा स्वतन्त्र हुन सक्नेछन् ।
संरा अमेरिकाको निर्लज्ज र कपटपूर्ण व्यवहारले संसारलाई प्रभावित बनाइरहेको छ । आज उसका त्यस्तै व्यवहारको शिकार बनेको छ, इरान । भोलि अरु कुनै पनि देश यसको शिकार बन्न सक्छन् ।
ग्लोबल टाइम्सको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *