भर्खरै :

सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए

दमासकस, २३ जेठ । सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ ।
अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ ।
सिरियाको रक्वा गत जुन ३ का दिन पनि यस्तै प्रकारको हवाई आक्रमणमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।
अमेरिकी आवद्ध सेनाले गरेको हवाई आक्रमणमा परी रक्वामा कैयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *