भर्खरै :

त्यो ‘अरू’ को थियो ?

-रिया कुमाल
पूर्वराष्ट्रपति रामवरण यादवले ‘अन्नपूर्ण टुडे’ नामको पत्रिकामा दिएको अन्तर्वार्तामा खिलराज रेग्मीलाई कार्यपालिका प्रमुख बनाउन कोही ‘अरू’कै इसारामा तात्कालीन एमाओवादीले प्रस्ताव गरेको र लोकमानसिं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन पनि ‘अरू’ कसैको इसारामा काङ्ग्रेस र एमाओवादीले प्रस्ताव गरेको अभिव्यक्ति दिए । तर त्यो ‘अरू’ भनेको को थियो ? किन त्यो ‘अरू’ले अन्तरिम संविधानको भावना मात्र होइन, विश्वव्यापी रूपमा स्थापित शक्ति पृथकीकरणको सिद्धान्त समेतलाई धज्जी उदाउँदै न्यायपालिका प्रमुखलाई कार्यपालिका प्रमुख बनाउन लगाए ? त्यसो गर्नु पछाडि ‘अरू’को मनसाय के हो ? अनि सबै भन्दा प्रमुख विषय एमाओवादी र काङ्गे्रस पार्टीले किन त्यो ‘अरू’को आदेश पालना गर्नु परेको थियो ? नेपालका प्रमुख भनिएका राजनीतिक दललाई समेत दाम्लोले बाँधेजस्तो बाँधेर दोहो¥याउन सक्ने त्यो ‘अरू’ को हो ?

विगतका नजीरको सामान्य ज्ञान भएको नेपाली जनतालाई पूर्वराष्ट्रपतिले सङ्केत गरेको त्यो ‘अरू’ हाम्रो दक्षिणी छिमेकी भारतको शासक वर्ग भएको कुरा थाहा छ । त्यसो त लोकमानसिं कार्की र खिलराज रेग्मीको नियुक्तिको समयमै भारतकै हरियो बत्तीको सङ्केत पाएर नेपालका शासकहरूले ती निर्णय गरेको हो भन्नेमा दुविधा थिएन ।

पूर्वराष्ट्रपतिका ती भनाईसँगै धेरैले उठाउन सक्ने प्रश्न यिनै हुन् । नेपालको राजनीति र शासक दलहरू आफ्नै खुट्टामा उभिएका छैनन् भन्ने कुराको पछिल्लो प्रमाण पूर्वराष्ट्रपतिका यी भनाई हुन् ।
विगतका नजीरको सामान्य ज्ञान भएको नेपाली जनतालाई पूर्वराष्ट्रपतिले सङ्केत गरेको त्यो ‘अरू’ हाम्रो दक्षिणी छिमेकी भारतको शासक वर्ग भएको कुरा थाहा छ । त्यसो त लोकमानसिं कार्की र खिलराज रेग्मीको नियुक्तिको समयमै भारतकै हरियो बत्तीको सङ्केत पाएर नेपालका शासकहरूले ती निर्णय गरेको हो भन्नेमा दुविधा थिएन । नेपाली जनताले विरोधको आवाज पनि नउठाएका होइनन् । तर पूर्वराष्ट्रपतिको भनाईले त्यो विरोधलाई अनुमोदन गरेको छ । जनताको विश्लेषण सत्य भएको कुरा प्रमाणित गरेको हो । नेपालका शासक दलहरू भारतीय दलाल भएको सत्यलाई सेवानिवृत्त राष्ट्रपतिको भनाईले पुष्टि गरेको छ ।
तर अफसोस आगोले नराम्ररी पोलिसकेर पनि यादवले त्यो ‘अरू’ भारतीय शासक वर्ग भएको भन्न हिम्मत किन गर्न सकेनन् ? बाह वर्ष चाकु खाएर पनि चाकुको स्वाद थाहा नपाएको भने जस्तै पूर्वराष्ट्रपतिले अझै पनि सफासँग नेपाली जनतालाई सत्यको उजागर गर्न किन सकेनन् ? प्रष्टतः भारतको नाम किट्दा आफूले खाइपाइ आएको सुविधा पनि खोसिने पीरका कारण उनले भन्न हिम्मत जुटाउन नसकेका हुनसक्छन् । यद्यपि अब भारतीय बिस्तारवादको विरोध गर्दा साह«ै चित्त दुखाउने र नेपालका शासक वर्गलाई भारतीय दलाल भन्दा मथिङ्गल तताउने मानिसहरूलाई पूर्वराष्ट्रपतिका यी भनाईले सानोतिनो झट्का लागेको हुनसक्छ ।
नेपालको ‘माइक्रोम्यानेजमेन्ट’ भारतले गरेकोमा विरोध गर्ने एमाओवादी नेता प्रचण्ड स्वंय भारतीय ‘ग्राण्डडिजाइन’को प्यादा बनेको तथ्यबोधले कतिजना एमाओवादी कार्यकर्तालाई सपनाबाट ब्युझाउने हो, हेर्दै जाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *