आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
काठमाडौं, २ भदौ । व्यवस्थापिका–संसद अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ र अन्तर सहकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ को सम्बन्धमा विज्ञहरुसँग छलफल भयो । शुक्रबार भएको उक्त छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले विधेयक नेपालको संविधानमा उल्लेख भएको समाजवादउन्मुख प्रावधानको भावना अनुकूल नभएकोले त्यसलाई परिमार्जन गरेर समाजवादउन्मुख नेपाल हुने गरी बनाउनुपर्ने विचार राख्नुभयो ।
उहाँले विधेयक बनाउँदा देश र जनताको हित हुने र केन्द्र र स्थानीय तहको बीचमा एकता हुने बनाउनुपर्ने र स्थानीय तहलाई बलियो हुनेगरी राजश्व बाँडफाँडको व्यवस्था गर्नुपर्ने विचार राख्दै स्थानीय शासनले स्थानीय निकायलाई दिएको अधिकारभन्दा प्रस्तुत विधेयकले स्थानीय तह अधिकार कम दिएको बताउनुभयो ।
सांसद काफ्लेले विज्ञहरुको सुझाव आफूले अध्ययन गरेको विदेशी र स्वदेशी विश्वविद्यालयबाट प्राप्त शिक्षा र आफ्नो पेशा व्यवसायसँग सम्बन्धित नभई नेपालको भौगोलिक अवस्था, सामाजिक संरचना, जनता र देशको आर्थिक अवस्थाको आधारमा सुझाव दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विज्ञहरुको उदाहरणमा भारतलाई दिने गर्नुले कतै नेपाललाई पनि भारतजस्तै जनताप्रति उत्तरदायी नभएको देश बनाउन खोजेजस्तो भएकोले हामीले भारतको होइन समृद्ध देश जहाँ आर्थिक समानता छ, समाजिक विभेद छैन, प्राकृतिक स्रोत साधनको भरपुर उपयोग छ, कसैले पनि बेरोजगार बस्नु परेको छैन, कूल ग्राहस्थ उत्पादन बढी छ, मानव सूचकाड्ढमा आय बढी भएको देशको उदाहरण दिई आफ्नो देश सुहाउँदो आत्मनिर्भर बन्ने सल्लाह र सुझाव दिनुपर्ने बताउनुभयो ।
सांसद काफ्लेले भारत जहाँ ६० करोड मान्छे गरिब छन्, ३० करोड मान्छेले दैनिक एक छाक खान्छन्, ७ करोड मान्छे जोगी, फिरन्ते, नागां, भोका र मगन्ते छन्, वार्षिक १३–१४ सय किसानहरु आत्महत्या गरेर मर्छन्, त्यहाँको सरकार केही धनी भए पनि जनता गरिब भएकोले भारतको उदाहरण दिई नेपालको अर्थतन्त्र त्यस्तो बनाए नेपाल गरिब देश र भोका ना·ाजनता भएको देश हुने भएकोले भारतको उदाहरण दिएर विधेयक बनाउ नखोज्नुहोस् भन्नुभयो । छलफलमा नेपाली काङ्ग्रेस गुल्मीका सांसद चन्द्र भण्डारीले नेमकिपा संसदको प्रखर प्रतिपक्ष भएको र सांसद काफ्लेले राख्नुभएको विचारको समर्थन गर्नुभएको थियो ।
नेकपा एमालेका सांसद केदारप्रसाद सञ्जेलले संविधानमा उल्लेखित समाजवादउन्मुख नेपाल बनाउने विधेयक बनाउनुपर्ने उल्लेख गर्नुभयो । विज्ञहरुले विधेयक नेपालको लागि नयाँ भएकोले व्यापक छलफल गरेर बनाउनुपर्ने र सिंहदरवारको अधिकार गाउँमा गएको भनी भनिए पनि सिंहदरवारको अधिकार गाउँमा नगएकोले अधिकार गाउँमा जाने स्थानीय तहमा जाने आर्थिक व्यवस्था भएको विधेयक ल्याउनुपर्ने धारणा राखेका थिए ।
Leave a Reply