भर्खरै :

ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्षलाई अन्तिम चरणसम्म पु¥याऔं

(अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशाबारे एक प्रस्ताव’ प्रकाशनको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रकाशित)
आलेखसमय बगिरहन्छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशासम्बन्धमा प्रस्ताव’ प्रकाशित गरेको पूरै दुई वर्ष बितिसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लामो इतिहासमा दुई वर्ष छोटो अवधि होइन । तर यी दुई वर्षमा कति पेचिला सङ्घर्ष र कति धेरै परिवर्तनहरु भएका छन् दुई वर्षअघि खु्रश्चेभ नेतृत्वको सोभियत कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा काँचो वायु फाल्ने काम ग¥यो । सोभियत कम्युनिष्ट पार्टीको २० औं र २२ औं महाधिवेशनले पारित गरेको संशोधनवादी दिशा मित्र पार्टीहरुलाई माथि थोपर्नु नै त्यो वायुको अभिप्राय थियो ।
संशोधनवादी दिशा भन्नाले ‘शान्तिपूर्ण सहअस्तित्व’, ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ र ‘शान्तिपूर्ण संक्रमण’ को बाटो हो । ‘सबै जनताको सत्तँ’ र ‘सम्पूर्ण जनताको पार्टी’ भन्ने नीति पनि संशोधनवादी दिशा नै हो । उनीहरुले चीनविरुद्ध, साम्यवादविरुद्ध र जनताविरुद्ध पटक पटक हमलाको लागि आह्वान गरेका छन् । युरोपका पाँच वटा मित्र पार्टीहरुका महाधिवेशनमा उनीहरुले माक्र्सवाद–लेनिनवादविरोधी हाँस्यव्यङ्ग्य प्रदर्शन गरे । उनीहरुले चालिसभन्दा बढी कम्युनिष्ट पार्टीहरुलाई चिनियाँ कम्युनिष्ट पार्टी र अरु माक्र्सवादी–लेनिनवादी पार्टीहरुमाथि हमला गर्न उर्दी जारी गरे ।  यस्तो लाग्छ, मानौं ‘कालो बादलमूमि एउटा शहर ध्वस्त हुँदैछ ।’सन् १९६३ को जुन १४ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अघि सारेको ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशासम्बन्धमा प्रस्ताव’ ले क्रान्तिको प्रकाशलाई माथि उठाएको छ, खु्रश्चेभको संशोधनवादले बनाएको बाक्लो कुइरो फाडेको छ र माक्र्सवाद–लेनिनवादको शुद्धताको रक्षा गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सो प्रस्ताव सन् १९६३ मार्च ३० मा सोभियत कम्युनिष्ट पार्टीले पठाएको पत्रको जवाफ थियो । सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिले सो पत्रमा व्यवस्थित रुपमा हाम्रो समयका धेरै प्रमुख विषयहरुमा आफ्नो धारणाअघि सारेको छ ।
विशेषतः अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशाको प्रश्नमा आफ्नो धारणा प्रष्ट बनाएको छ । यो प्रश्न उठाउनुलाई चिनियाँ कम्युनिष्ट पार्टीले निकै राम्रो पक्षको रुपमा लिएको छ । सोभियत कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन यता एकातिर हामी र अरु सबै माक्र्सवादी–लेनिनवादी पार्टी अनि अर्कोतिर सोभियत कम्युनिष्ट पार्टीका नेताहरुबीच भएका मतभेदहरु कुनै यो वा त्यो समस्यासँग जोडिएको मतभेद मात्र होइन बरु हाम्रो समयको विश्व क्रान्तिका मूलभूत समस्याका सिद्धान्तको विषयमा भएको मतभेद हो । अर्को शब्दमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशाको सम्बन्धमा देखिएको मतभेद हो । मतभेदको आन्तर्य साम्राज्यवाद र पूँजीवादी बन्दोबस्तअन्तर्गत बसेका संसारका दुई तिहाई जनसङ्ख्याले क्रान्ति गर्न आवश्यक छ वा छैन र समाजवादी बाटोमा हिंडिरहेका संसारका एक तिहाई जनताले क्रान्तिलाई अन्तिम निष्कर्षसम्म पु¥याउन जरुरी छ वा छैन भन्ने नै हो ।
सम्पूर्ण रुपमा कम्युनिष्ट आन्दोलनको आधारभूत दिशा र सर्वहारा वर्गका हरेक राजनीतिक पार्टीले गर्नुपर्ने प्रमुख कार्यभारसँग नै यो मतभेद जोडिएको छ । ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशासम्बन्धमा प्रस्ताव’ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्त, अक्टोबर क्रान्तिको साझा बाटो र सन् १९५७ को घोषणापत्र तथा सन् १९६० को वक्तव्यका क्रान्तिकारी सिद्धान्तलाई समातेको छ । त्यो प्रस्तावले एकातिर व्यवस्थित रुपमा ख्रुश्चेभ संशोधनवादीहरुका सिद्धान्त र दिशाको चिरफार गरेको छ । माक्र्सवाद–लेनिनवाद र सर्वहारा क्रान्तिको सिद्धान्तप्रति उनीहरुले दिएको धोखा उजागर गरिएको छ । अर्कोतिर समकालीन विश्व अन्तर्विरोधको माक्र्सवादी–लेनिनवादी कोणबाट विश्लेषण गरिएको छ । सो प्रस्तावले हाम्रो समयको विश्व क्रान्तिसँग जोडिएका प्रश्नहरुका उत्तर माक्र्सवादी–लेनिनवादी कोणबाट दिएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको माक्र्सवादी–लेनिनवादी दिशा अघि सार्दै सो प्रस्तावले ख्रुश्चेभ संशोधनवादको दिशाको प्रष्ट विरोध गरेको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशाको सन्दर्भमा गरेको प्रस्तावको सार यसप्रकार खिच्न सकिन्छ ः‘संसारभरका मजदुर एक होऔं ।
संसारका मजदुर उत्पीडित जनता र उत्पीडित राष्ट्रसँग एक होऔं । सबै देशमा साम्राज्यवाद र प्रतिक्रियावादको विरोध गरौं । विश्व शान्ति, राष्ट्रिय मुक्ति, जनताको प्रजातन्त्र र समाजवादको लागि अघि बढौं । समाजवादी मोर्चाको बिस्तार र विकास गरौं । सर्वहारा विश्व क्रान्तिलाई पाइला पाइला गर्दै पूर्ण विजयसम्म पु¥याऔं । साम्राज्यवाद, पूँजीवाद र मानिसले मानिसमाथि गर्ने शोषण नभएको नयाँ विश्वको स्थापना गरौं ।’यो दिशा सबै देशका जनताको दृढनिश्चयी क्रान्तिकारी सङ्घर्षको दिशा हो, सर्वहारा विश्व क्रान्ति अघि बढाउने दिशा हो । यो दिशा साम्राज्यवादविरुद्ध प्रभावकारी सङ्घर्ष तथा विश्व शान्ति रक्षाको दिशा हो । क्रान्तिमा पूर्ण विजय हासिल गर्न र दिगो विश्व शान्तिको लागि यो माक्र्सवादी–लेनिनवादी दिशा हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रस्ताव एउटा कार्यक्रमको दस्तावेज हो । त्यो दस्तावेजले समकालीन विश्व क्रान्तिका अनेकन समस्याबारे माक्र्सवाद–लेनिनवाद र खु्रश्चेभ संशोधनवादबीच प्रष्ट भिन्नताको रेखा कोरेको छ ।
साथै खु्रश्चेभ संशोधनवादविरुद्धको सङ्घर्षमा महत्वपूर्ण सैद्धान्तिक योगदान पु¥याएको छ । ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशासम्बन्धमा प्रस्ताव’ को प्रकाशनले खु्रश्चेभ संशोधनवादविरुद्धको सङ्घर्षमा नयाँ चरणको शुरुवात गरेको छ । सो दस्तावेजको प्रकाशनसँगै अन्य मित्र पार्टीहरु र चिनियाँ कम्युनिष्ट पार्टीले बृहत् सार्वजनिक बहस अघि बढायो र ख्रुश्चेभ संशोधनवादविरुद्ध प्रत्याक्रमण थाल्यो । सो दस्तावेज माक्र्सवाद–लेनिनवाद तथा आधुनिक संशोधनवादबीच सङ्घर्षको महत्वपूर्ण कोशेढुङ्गा थियो । खु्रश्चेभ संशोधनवादको उदय र विकास पूर्णतः विफलतासम्मको संक्रमणको सन्दर्भमा यो दस्तावेज दोस्रो विश्वयुद्धपश्चात सम्पूर्ण आधुनिक संशोधनवादी धारको लागि एउटा महत्वपूर्ण मोड हो । अरु माक्र्सवादी–लेनिनवादी मित्र पार्टीहरुसँगै चिनियाँ कम्युनिष्ट पार्टीले एउटा वृहत् सार्वजनिक बहसको आरम्भ ग¥यो । खु्रश्चेभ संशोधनवादविरुद्ध कसिलो प्रत्याक्रमणको शुरुवात ग¥यो । सो प्रस्ताव माक्र्सवाद–लेनिनवाद र आधुनिक संशोधनवादबीच सङ्घर्षको महत्वपूर्ण मोड हो । त्यो प्रस्ताव ख्रुश्चेभ संशोधनवाद र अझ भन्नुपर्दा दोस्रो विश्वयुद्ध पश्चात उदय र विकास भएको सबै खाले आधुनिक संशोधनवादी नीतिको पूर्ण असफलताको संक्रमणको मोड हो ।
हाम्रो पार्टीको केन्द्रीय समितिले दुई वर्ष अघि सो दस्तावेज प्रकाशित गरेको हो । यी दुई वर्ष संसारका माक्र्सवाद–लेनिनवादी पार्टीहरु तथा माक्र्सवादी लेनिनवादीहरु र ख्रुश्चेभ संश्ँोधनवादीहरुबीच अनपेक्षित मात्रामा खुला बहस र भीषण सङ्घर्ष भयो । शुरुका सोह« महिना खु्रश्चेभ नेतृत्वको सोभियत सङ्घको कम्युनिष्ट पार्टीका नेताहरुविरुद्ध सङ्घर्ष केन्द्रित भयो । पछिल्ला आठ महिना भने खु्रश्चेभको अनुपस्थितिमा ख्रुश्चेभ संशोधनवादकै बाटो पछ्याउने सोभियत सङ्घको कम्युनिष्ट पार्टीका नयाँ नेताहरुविरुद्ध केन्द्रित भयो । सङ्घर्ष एउटा प्रक्रियाको रुपमा अघि बढ्यो, जहाँ खु्रश्चेभ संशोधनवादको तुरुन्त सही कुरा खुल्यो र बद्मासी सतहमा आयो भने माक्र्सवाद–लेनिनवादले तुरन्त प्रगति हासिल गर्नुका साथै विजयहरु प्रँप्त गर्न थाल्यो । विगत दुई वर्षमा भएको खुला बहस र भीषण सङ्घर्ष मुलतः तीन वटा प्रश्नहरुमा केन्द्रित थियोःपहिलो, क्रान्तिकारी माक्र्सवाद–लेनिनवाद अवलम्बन गर्ने वा प्रतिक्रान्तिकारी संशोधनवादलाई अघि बढाउने ? हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नीतिबारे प्रस्ताव प्रकाशित गरे पश्चात ख्रुश्चेभ संशोधनवादीहरुले ‘सबै पार्टी संगठन र सोभियत सङ्घका सबै कम्युनिष्टहरुलाई सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिको खुला पत्र’ नामको चिठी प्रकाशन ग¥यो । त्यस पत्रमा उनीहरुले ‘शान्तिपूर्ण सहअस्तित्व’, ‘शान्तिपूर्ण प्रतिस्पर्धा’,‘शान्तिपूर्ण संक्रमण’, ‘सबै जनताको राज्य’,‘सम्पूर्ण जनताको पार्टी’को आफ्नो लाइनको प्रतिरक्षा गरेका छन् ।
साथै चिनियाँ कम्युनिष्ट पार्टी र अरु माक्र्सवादी–लेनिनवादी पार्टीहरुविरुद्ध चर्को हमला पनि गरेका छन् । त्यो पत्रको महत्व के कुरामा छ भने त्यसले वास्तवमा सबै माक्र्सवादी लेनिनवादीहरुलाई खु्रश्चेभ संशोधनवादको सत्य–तथ्य खोल्ने अधिकार प्रदान ग¥यो । संशोधनवादीहरुको नीतिको व्यवस्थित आलोचना गर्न माक्र्सवादी–लेनिनवादीलाई त्यो पत्रले नकारात्मक सामग्री प्रदान ग¥यो । दन्त्यकथाको दुर्भाग्यले पिरोलेको जादुगरजस्तै खु्रश्चेभ संशोधनवादीहरु आफै बलबुत्ताले ‘चमत्कारी प्राणी’ त निकाले तर तिनलाई फेरि बट्टाभित्र फिर्ता पठाउन भने सकेनन् । सबै देशका माक्र्सवादी–लेनिनवादीहरुले खु्रश्चेभ संशोधनवादविरुद्ध विभिन्न तरिकाबाट सैद्धान्तिक सङ्घर्ष गरे । सोभियत सङ्घको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको खुला पत्रमाथि टिप्पणी गर्दै हामीले दश महिनामा नौ वटा लेखहरु प्रकाशित ग¥यौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नीतिको सम्बन्धमा प्रमुख सैद्धान्तिक प्रश्नहरुलाई हामीले तथ्य र तर्कपूर्ण आधारहरु प्रस्तुत ग¥यौं ।
माक्र्सवाद–लेनिनवादलाई बङ्ग्याउने खु्रश्चेभलाई उदाङ्ग्याउँदै माक्र्सवाद–लेनिनवादका धोखेबाजहरुका वास्तविक रङ्ग संसारका जनतासामू देखाउने काम ग¥यौं । दोस्रो, संरा अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गुहरुविरुद्ध संसारका जनतालाई संगठित बनाउने हो वा संसारका जनताविरुद्ध संरा अमेरिका र उसका पिछलग्गुहरुलाई संगठित बनाउने हो ? खुला पत्रको प्रकाशनपश्चात ख्रुश्चेभ संशोधनवादीहरुले धोखेबाजीका धेरै काम गरेका छन् । त्यस्ता धोखेबाजी काममध्ये सबभन्दा प्रमुख त संरा अमेरिका र बेलायतसँग आणविक परीक्षण आंशिक रुपमा रोक्ने सन्धीमा हस्ताक्षर गर्नु हो । सोभियत जनता, सबै समाजवादी देशका जनता र संसारभरका शान्तिप्रेमी जनताको लागि ख्रुश्चेभ संशोधनवादको धोखेबाजीको यो एउटा राम्रो उदाहरण हो । संशोधनवादीहरुले हस्ताक्षर गरेका सन्धी र अरु धोखेबाजीका कामलाई प्रमाणको रुपमा अघि सार्दै चिनियाँ कम्युनिष्ट पार्टी र संसारका माक्र्सवादी–लेनिनवादी पार्टीहरुले शान्तिको विरोधमा युद्धपक्षधर शक्ति, समाजवादी शक्तिविरुद्ध साम्राज्यवादी शक्ति, चीनको विरोधमा संरा अमेरिका र सबैतिरका जनता विरुद्ध प्रतिक्रियावादी शक्तिसँग खु्रश्चेभ संशोधनवादीहरुको एकतालाई उदाङ्ग्याएको छ । तथ्यले के प्रमाणित गरेको छ भने संसारमाथि दमनचक्र चलाउन सोभियत सङ्घ र संरा अमेरिकाबीचको सहकार्य नै खु्रश्चेभ संशोधनवादीहरुको आत्मा हो ।
तेस्रो, एकता रोज्ने वा विभाजन ? माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादलाई धोखे दिएर ख्रुश्चेभ संशोधनवादीहरुले इतिहासको सबभन्दा   खराब फुटपारुवा भएका छन् । सन् १९६४ फेब्रुअरीमा सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्यो । सो बैठकबाट चीनविरोधी प्रतिवेशन पारित गर्नुका साथै चीनविरोधी प्रस्तावसमेत पारित गरियो । बैठकले चिनियाँ कम्युनिष्ट पार्टीविरुद्ध ‘सामूहिक कार्यबाही’ गर्ने समेत घोषणा गरेको थियो । त्यसपछि उनीहरुले एकपक्षीय रुपमा मित्र पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकको तयारी बैठक आयोजना गरे । अनि अन्तर्राष्ट्रिय बैठक पनि बस्यो । फलतः अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खुलमखुला विभाजन ल्याउन उनीहरु तयार भए । अरु धेरै मित्र पार्टीहरुसँग मिलेर चिनियाँ कम्युनिष्ट पार्टीले विभाजन ल्याउने चालबाजीको पोल खोल्यो र प्रष्ट कारण सहित ती बैठकहरुमा सहभागी बनेन । सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई सन् १९६४ जुलाई २८ मा पठाएको पत्रमा चिनियाँ कम्युनिष्ट पार्टीले हाकाहाकी लेखेको छः‘जुन दिन तपाईहरुको कथित बैठक हुनेछ, त्यो दिन तपाईहरुले चिहानको यात्राको थालनी गर्नुहुनेछ ।’सिद्धान्तमा धोखेबाजीबाट व्यवहारमा धोखेबाजी र राजनीतिक विभाजनबाट सांगठनिक विभाजनतिर अघि बढेको खु्रुश्चेभ संशोधनवादीहरु पाइला पाइला गर्दै विनाशको बाटोतिर अघि बढिरहेको छ । घटनाक्रम यत्ति चाँडो विकास भयो, हामील सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिको खुला पत्रमाथि हाम्रा टिप्पणी सकाउनुभन्दा अघि र सोभियत सङ्घको कम्युनिष्ट पार्टीले आफ्नो सानो झुण्डको बैठक आयोजना गर्नुअघि नै खु्रश्चेभ इतिहासको दबुबाट सदाको लागि अलप भए । यी दुई वर्षहरुमा संरा अमेरिका नेतृत्वको साम्राज्यवादले आफ्नो आक्रामक चरित्र अझ उदाङ्ग बनायो । क्रान्तिकारी सङ्घर्ष क्रमशः एसिया, अफ्रिका, ल्याटिन अमेरिका र अन्यत्र पनि बिस्तार भयो ।
ख्रुश्चेभ संशोधनवाद क्रमशः पराजीत बन्दै गयो । माक्र्सवाद–लेनिनवादले एक पछि अर्को विजय हासिल गर्दै गयो । यी सबै घटनाक्रमले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नीतिको सन्दर्भमा हामीले अघि सारेको प्रस्ताव सही भएको प्रमाणित गरेको छ । ख्रुश्चेभ संशोधनवादविरुद्ध सङ्घर्ष जरुरी भएको कुरा पुष्टि ग¥यो । हाम्रो युगका प्रमुख विषयमा चिनियाँ कम्युनिष्ट पार्टी र माओ त्से तुङ्गले अघि सारेका विचार व्यवहारबाट सही प्रमाणित भएको छ । खु्रश्चेभको अवन्नति माक्र्सवाद–लेनिनवादको विजय हो । तर त्यसको अर्थ न त खु्रश्चेभ संशोधनवादको पराजय हो न त खु्रश्चेभ संशोधनवादविरोधी सङ्घर्षको अन्त्य नै हो । सोभियत सङ्घको कम्युनिष्ट पार्टीका नयाँ नेताहरुसँग खु्रश्चेभलाई पदबाट बर्खास्त गर्नुको विकल्प थिएन तर उनीहरुले पनि सम्पूर्णतः खु्रश्चेभ संशोधनवादको बाटो अंगाले । उनीहरुले बारम्बार सोभियत सङ्घको कम्युनिष्ट पार्टीको २० औं र २२ औं महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमलाई नै पार्टीको ‘सबै आन्तरिक तथा वैदेशिक नीतिको आत्मा र सन्देहरहित’ नीति कार्यक्रम हुने घोषणा गरेका छन् ।(सन् १९६४ अक्टोबर १९ मा मस्कोमा आयोजित जनप्रदर्शनमा बे्रझनेभको मन्तव्य) अक्टोबर क्रान्तिको ४७ औं वार्षिकी मनाउन चिनियाँ पार्टी र सरकारका प्रतिनिधिमण्डल मस्कोमै हुँदा सोभियत सङ्घको कम्युनिष्ट पार्टीका नयाँ नेताहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रश्न र चीनप्रतिको धारणाको सन्दर्भमा आफ्नो धारणा खु्रश्चेभको धारणाभन्दा कुनै पनि कोणबाट भिन्न नभएको बताएका थिए ।
उनीहरुले पद सम्हालेको आठ महिना यता उनीहरुले गरेका जम्मा काम भनेको ख्रुश्चेभको पदचापको अंगिकार हो र उनीहरु ख्रुश्चेभको अनुपस्थितिमै खु्रश्चेभको बाटो अंगालिरहेका छन् । खु्रश्चेभका अनुयायीहरुले ख्रुश्चेभको अवसानपश्चात पछि उनकै बाटोलाई निरन्तरता दिनु कुनै आश्चर्यको विषय होइन । माक्र्सवादी–लेनिनवादीहरुले धेरै अघि नै भनेका थिए, ख्रुश्चेभको संशोधनवादको उदय कुनै अमुक व्यक्तिका कारण भएको वा कुनै दुर्घटनावश भएको होइन । बरु यसको गहिरा सामाजिक जराहरु छन् । घरेलु पूँजीपति शक्तिले सोभियत सङ्घको खेदो खन्नु र साम्राज्यवादीहरुले अंगालेका नीति दुवैका कारण आजको परिणाम आएको हो । खु्रश्चेभको सत्तारोहणसँगै उनका आउरेबाउरेहरुले सोभियत पार्टी र राज्यको नेतृत्व हत्याए । परिणामतः सोभियत समाजका नयाँ पूँजीवादी तत्व क्रमशः सोभियत जनताको विरोधमा उभिने सम्भ्रान्त पूँजीपति तप्काको रुपमा विकास भए । तिनै सम्भ्रान्त पूँजीपति तप्का नै खु्रश्चेभ संशोधनवादी गुटका सामाजिक आधार हुन् । यो गुट नै त्यो वर्गको राजनीतिक प्रतिनिधि हो । यो सम्भ्रान्त तप्काले सोभियत सङ्घबाट खु्रश्चेभलाई बर्खास्त गरे । ख्रुश्चेभले संशोधनवादी नीति अंगालेका कारण उनीहरुले त्यसो गरेका थिएनन् । बरु ख्रुश्चेभ निकै मुर्ख र इज्जत नभएको मानिस भएका कारण उनीहरुले त्यसो गरेका थिए । आन्तरिक तथा बाह्य अलमलमा फसेका, जनताद्वारा विरोध र भत्र्सना गरिएका, सहयोगीहरुले त्यागेका, बढ्दो खतरासँग डराउने र त्यसकारण तिनको थप सामना गर्न नसकेकाले ख्रुश्चेभलाई पार्टीबाट बर्खास्त गरिएको थियो । संशोधनवादी दिशा एउटा टुटेभत्केको गाडा जस्तै भइसकेको थियो जसलाई सन्काहा मूर्खले हाँकिरहेको छ । यसले सोभियत सङ्घको प्रतिष्ठामा आँच पु¥याइरहेको थियो । तसर्थ ख्रुश्चेभ संशोधनवादलाई अघि बढाउन ख्रुश्चेभ स्वंय बाधा बनिरहेका थिए ।
सोभियत सङ्घको प्रतिष्ठा जोगाउन र संशोधनवादी दिशालाई अझ अघि बढाउन ख्रुश्चेभलाई पदच्युत गर्न र अरुलाई उसको स्थानमा ल्याउन आवश्यक बन्यो । सत्य कुरो के हो भने खु्रश्चेभलाई बर्खास्त गर्ने सबै नयाँ नेताहरु खु्रश्चेभका पिछलग्गुहरु थिए । उनीहरुको राजनीतिक भविष्य खु्रश्चेभसँग अन्यान्योस्रित रुपमा गाँसिएको थियो । ख्रुश्चेभसँग मिलेर स्तालिनमाथि हमला गर्ने र पूँजीवाद पुनःस्थापनाको लागि काम गर्ने मानिसहरु उनीहरु नै होइनन् र ? चिनियाँ कम्युनिष्ट पार्टी र अरु माक्र्सवादी–लेनिनवादी मित्र पार्टीहरुलाई खु्रश्चेभसँग मिलेर नृशंस हमला गर्ने मानिसहरु के उनीहरु नै होइनन् र ? समाजवादी मोर्चा र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विभाजन ल्याउन खु्रश्चेभसँग मिलेर काम गर्ने के ती मानिसहरु होइनन् र ? सबै देशहरुमा जनताको क्रान्तिकारी सङ्घर्षविरुद्ध संरा अमेरिकासँग मिल्ने काममा खु्रश्चेभलाई साथ दिने के तिनै मानिसहरु होइनन् र ?आज ती पुराना कलाकारहरुले आफूलाई कसरी नयाँ पात्रको रुपमा प्रस्तुत गर्ने भन्ने जटिल समस्या सामना गरिरहेका छन् । ख्रुश्चेभबाट मुक्ति प्राप्त गर्न उनीहरुले आफूलाई ख्रुश्चेभभन्दा फरक देखाउन केही चालढाल र केही चलाखी देखाउन आवश्यक थियो । तर उनीहरु ख्रुश्चेभ जस्तै सोभियत सङ्घका सम्भ्रान्त पूँजीपति वर्गका प्रतिनिधि भएका कारण उनीहरुले त्यही वर्गको हितमा मात्र काम गर्न सक्दछन् र संशोधनवादी दिशालाई अघि बढाइरहेका छन् । यो आधारभूत विषयमा उनीहरु र ख्रुश्चेभबीच कुनै भेद हुनेछैन । तसर्थ उनीहरु विगत आठ महिनामा ज्यादै जटिल समय बिताइरहेका छन्, आफ्नो सबै विगतसँग उनीहरु आफूलाई फरक देखाउन खोज्दैछन् ।
उनीहरु आफ्नै अभिव्यक्तिमा देखापरेका अन्तर्विरोधलाई पुष्टि गर्न सकिरहेका छैनन् । उनीहरु आज एउटा कुरा र भोलि अर्को कुरा गरिरहेका छन् । अनि हरेक पटक उनीहरुले आफूले आफ्नै अनुहारमा झापट हानिरहेका छन् । उनीहरु एकातिर संरा अमेरिकालाई ‘हमलाकारी’,‘अन्तर्राष्ट्रिय प्रहरी’ र ‘हाम्रो समयको युद्ध र हमलाको सबभन्दा प्रमुख शक्ति’ भनिरहेका हुन्छन् भने अर्कोतिर त्यही श्वासमा संरा अमेरिकी जोनसन सरकारलाई ‘संवेदनशील’,‘सहनशील’ ‘विश्व राजनीतिक मौसमको थप सुधारको लागि मूर्त पाइला चालेको’ स्वीकार्न सकिने (सन् १९६४ नोभेम्बर ५ को इजभेस्टिया पत्रिकामा प्रकाशित टिप्पणीकारको लेख) भन्छन् । उनीहरु आफू संरा अमेरिकी साम्राज्यवादको प्रतिरोध गर्ने पक्षमा भएको भन्छन् तर सँगै उनीहरु ‘सोभियत सङ्घ र संरा अमेरिकाबीच सहकार्यको लागि मनग्य ठाउँ भएको’(संयुक्त राष्ट्र सङ्घमा सन् १९६४ डिसेम्बर ७ मा सोभियत प्रतिनिधि ग्रोम्कोको मन्तव्य) बोल्दै हिंडेका छन् । उनीहरु आफूले संसारका समस्यालाई ‘सोभियत–संरा अमेरिका सहकार्य’को अक्षांशमा ल्याउन प्रयास गरिरहेको बताइरहेका छन् । यसप्रकार उनीहरु आफ्ना भनाई र गराईबीचको अन्तर्विरोध पुष्टि गर्न सकिरहेका छैनन् ।उनीहरु संसारका जनतासँग मिलेर संरा अमेरिकी साम्राज्यवादविरुद्ध लड्न भनिरहेका छन् । त्यसो भए उनीहरुले संरा अमेरिकासँग किन निकट सम्पर्क बनाइरहेका छन् ?
किन उनीहरुसँग सहकार्य र सूचना आदानप्रदान गरिरहेका छन् ? जनताको क्रान्तिकारी सङ्घर्षविरुद्ध उनीहरुले किन आपसी सहकार्य गरिरहेका छन् ? एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भइरहेका राष्ट्रिय मुक्ति आन्दोलनलाई समर्थन गर्ने कुरा गरिरहेका छन् तर संरा अमेरिकासँग मिलेर किन संरा सङ्घको स्थायी सेना राख्ने षड्यन्त्र गरिरहेका छन् ? जनताको क्रान्तिकारी सङ्घर्ष दबाउन ‘अन्तर्राष्ट्रिय प्रहरी’ किन संगठित बनाइरहेका छन् ?उनीहरुले मित्र पार्टी र देशहरुसँगको एकतालाई बलियो बनाउने कुरा गरिरहेका छन् । तर मार्च महिनामा आफ्ना पक्षधरहरुको मात्र बैठक राखेर उनीहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विभाजन ल्याउने अत्यन्त तल्लो स्तरको पाइला किन चाल्यो ? उनीहरु मित्र पार्टी र देशहरुसँगको सम्बन्ध बलियो बनाउने कुरा गर्ने गर्छन् । तर उनीहरु अल्बँनियामा ख्रुश्चेभले लिएको ठूलो शक्ति अहंकारवादी नीतिलाई निरन्तरता दिइरहेको छ र आफ्ना गल्ती स्वीकारिरहेको छैन ? उनीहरुले किन आफ्नो देशभित्र र बाहिर चीनविरोधी प्रचारबाजी र गतिविधिलाई निरन्तरता दिइरहेका छन् ? अझ उनीहरुले संरा अमेरिकाका प्रिय शास्त्रीलाई चीनको विरोध गर्न क्रेमलिनको मञ्च दिइरहेका छन्, किन? किन उनीहरु जापानी कम्युनिष्ट पार्टी, इन्डोनेसियाली कम्युनिष्ट पार्टी र अरु माक्र्सवादी लेनिनवादी मित्र पार्टीहरुलाई खत्तम गर्न खोज्ने र पथभ्रष्ट बनाउने प्रयास गरिरहे । जापानी कम्युनिष्ट पार्टीका योशिओ शिगाजस्ता धोखेबाजलाई खुला रुपमा समर्थन गरियो ।
शिजिओ कामियामाजस्ता धोखेबाजलाई उनको चुनावी अभियानमा सबै सम्भव सहयोग गरियो, किन ? सारमा उनीहरु आफ्नो भनाई र गराईबीचको अन्तर्विरोधलाई सुल्झाउन असमर्थ छन् । उनीहरु एकातिर भियतनामलाई सहयोग गरे जस्तै गरिरहेका छन् भने अर्कोतिर त्यसअघि नै अमेरिकीहरुलाई ‘सहायता’को हात अघि बढाइसकेका छन् । सोभियत नेतृत्व भियतनामबाट अमेरिकीहरुलाई सुरक्षित तरिकाबाट निकाल्न वाशिङ्टन, पेरिस र लण्डनमा शान्ति वार्ताको लागि पहलकदमी लिइरहेका छन् । के यो तथ्यले हामीले बारम्बार उनीहरुले भियतनामलाई दिएको ‘सहायता’ आफ्नो लागि पूँजीकरण गर्न चाहन्छन् भन्ने कुरालाई प्रमाणित गर्दैन र ? के उनीहरु भियतनामको प्रश्नलाई सोभियत–संरा अमेरिकी अक्षांशमा ल्याउन चाहेको कुरा प्रमाणित गर्दैन र ? संरा अमेरिकी साम्राज्यवादीहरुले दिएका केही अभिव्यक्तिले निकै  गम्भीर रुपमा सोच्न बाध्य बनाउने गर्दछ । अमेरिकीहरुले भियतनाममा लगिएका सोभियत हतियारहरुलाई ‘निकै उत्साहप्रद’ र त्यसले ‘सहज प्रभाव’ पार्ने भनी प्रतिक्रिया दिएका थिए । अनि उनीहरुले ‘अमेरिकी र सोभियत सेनाबीच प्रत्यक्ष लडाई भए भियतनामको समस्या अझ चाँडो समाधान हुने’ भनी विश्वास समेत व्यक्त गरे ।(वाशिङ्टन पोस्ट, अप्रिल १७, सन् १९६५)निष्कर्षमा भन्नुपर्दा सोभियत कम्युनिष्ट पार्टीका नयाँ नेताहरुका यस्ता सबै अन्तर्विरोधी व्यवहारमा दुवै सत्य र झुठ अन्तर्निहित छ । केही कुरा सत्य छन् भने केही झुठा पनि छन् । केही प्रक्रियाले घटनाको मुख्य आन्तर्यलाई उजागर गरेको छ भने अर्कोतिर केही प्रक्रियाले त्यसो गर्ने गर्दैन र तिनीहरु झुठा छन् । यी सबै सस्ता चालबाजी र भ्रमपूर्ण लेखाईले सोभियत सङ्घको नयाँ नेतृत्व ख्रुश्चेभ संशोधनवाद, फुटपारुवा प्रवृत्ति, बडा शक्ति अहंकारवाद र संसारमा शासन गर्न सोभियत सङ्घ–संरा अमेरिकी सहकार्यको मुल आन्तर्यबाट कदापि पनि फरक छैनन् । तर खु्रश्चेभको तुलनामा अहिलेको नेतृत्व अझ लुकेर, अझ बद्मासीपूर्वक र अझ खतरनाक संशोधनवादी तरिकाबाट काम गरिरहेका छन् ।
इतिहासमा यस्ता घटनाहरु भइरहन्छन् । प्रतिक्रियावादी घातक शक्तिहरुले निकै चलाखीपूर्वक प्रगतिशील र क्रान्तिकारी नाराहरुलाई जनता झुक्याउने तथा आफ्ना प्रतिक्रियावादी मनसाय पूरा गर्ने हतियारको रुपमा प्रयोग गर्ने गर्दछन् । दोस्रो अन्तर्राष्ट्रियमा संशोधनवादीहरुले ‘माक्र्सवाद’लाई सर्वहारा वर्गप्रति धोखा दिन प्रयोग गरेका थिए । मेन्शेविकहरुले पनि सोभियतको सन्दर्भमा वोल्शेविकहरुका नारा दिएर पूँजीवादी अधिनायकत्व स्थापना गर्न खोजेका थिए । टिटोले ‘समाजवाद’को आवरणमा पूँजीवादी बन्दोबस्तको अभ्यास गरेका थिए । आज सोभियत सङ्घका नयाँ नेतृत्वले पनि उस्तै पुरानो चलाखी खेलिरहेका छन् । माक्र्सवाद–लेनिनवादका केही नारा साथमा लिएर उनीहरुले संशोधनवादी दिशालाई अझ अघि बढाउने आफ्नो भित्री मनसाय पूरा गर्ने उपक्रममा लागेका छन् । वर्ग सङ्घर्ष ज्यादै जटिल प्रक्रिया हो । वर्ग सङ्घर्षको क्रममा घटनाको बाहिरी आवरण अझ बढी जटिल हुने गर्दछ । ती बाहिरी आवरणभित्रको भित्री वास्तविकता पहिल्याउन हामीले लगातार दिलोज्यान दिएर काम गर्नुपर्दछ, झुठको प्रतिरोध गर्नुपर्दछ, सत्यको पक्षमा उभिनुपर्दछ र बाहिरी आवरणबाट भित्री वास्तविकता पहिल्याउनतिर लाग्न जरुरी हुने गर्दछ । भित्री वास्तविकता पहिल्याएर मात्र हामीले सापेक्षिक रुपमा उनीहरुका समग्र वस्तुगत यथार्थ सही र गहिरो तरिकाले बुझ्न सक्छौं । माक्र्सवाद–लेनिनवाद हाम्रँ लागि दुवै दुरदर्शक यन्त्र र सुक्ष्मदर्शक यन्त्र हुन् । त्यसले हामीलाई कुनै पनि विषयबस्तुको आवरणभन्दा भित्रको यथार्थ कुरा हेर्न मद्दत गर्दछ । खु्रश्चेभ संशोधनवादलाई यतिका वर्ष सामना गरिसकेपश्चात हामी पनि अलिअलि बुद्धिमान भएका छौं ।
खु्रश्चेभबारे वास्तविकता खोज्ने क्रममा हामीले हासिल गरेको अनुभवले हामीलाई उनका उत्तराधिकारीहरुका वास्तविक चरित्र बुझ्न सजिलो बनाएको छ । उनीहरुले भिरेका झुठ्ठा आवरणमा दिग्भ्रमित नभई सही निष्कर्षमा पुग्न हामीलाई सजिलो भएको छ । चिनियाँ कम्युनिष्टहरुले आज सामना गरिरहेको प्रश्न भनेको ख्रुश्चेभ संशोधनवादविरुद्धको सङ्घर्षलाई अन्तिम निष्कर्षसम्म पु¥याउने हो वा त्यसलाई बीच बाटोमै छोड्ने हो ?आफ्नो जोगिने ठाउँ बनाउन, अझ तङ्ग्रिन र संशोधनवादलाई अघि बढाउने प्रयत्नलाई दोब्बर शक्तिशाली बनाउन ख्रुश्चेभ संशोधनवादीहरुले माक्र्सवाद–लेनिनवाद र संशोधनवादबीचको विभाजन रेखालाई मेट्न हरसम्भव उपाय लगाइरहेका छन् । उनीहरु संशोधनवादविरोधी सङ्घर्षलाई रोक्ने व्यर्थको प्रयास गरिरहेका छन् । हामीले भने ठीक उल्टो काम गर्नुपर्दछ । हामीले हाम्रो विजयसम्म यात्रालाई चालु राख्नु पर्दछ र ख्रुश्चेभ संशोधनवादविरुद्धको लडाईलाई अन्तिम निष्कर्षसम्म पु¥याउनु पर्दछ । हालसाल सोभियत कम्युनिष्ट पार्टीका नयाँ नेताहरुले चर्को चर्को स्वरमा निकै गुलियो शब्द ‘एकता’ दोहो¥याउने गरेका छन् । मार्च महिनामा आफ्ना केही पक्षपातीहरुलाई बोलाएर बैठक गरेर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विभाजनको बीउ रोप्ने मानिसहरु आजभोलि ‘एकता’को रटान लगाइरहनु आफैमा हास्यास्पद कुरा हो । यो हाँस्यास्पद भन्दा पनि अरु नै केही कुरा लुकेको छ । वास्तवमा उनीहरुको भित्री लक्ष्य नै खोटो छ । उनीहरु संरा अमेरिकी साम्राज्यवादी हमलाको मुखमा संसारका क्रान्तिकारी शक्तिबीच बलियो एकताको जनताको भावनामाथि खेल्न खोजिरहेका छन् । घटनाक्रमको विकासले सोभियत नयाँ नेताहरुलाई आफ्नो रणनीति बद्ल्न बाध्य बनाएको छ । ख्रुश्चेभले मित्र पार्टीहरुलाई खुलमखुला, नाङ्गो रुपमा, अहंकारी बनेर र दबाबमा पारेर आफ्नो संशोधनवादी दिशा अवलम्बन गराउने नीति लिएका थिए । तर संशोधनवादविरुद्धको सङ्घर्षमा माक्र्सवादी–लेनिनवादीहरुको जुझारु भावनालाई कमजोर बनाउनु नै सोभियत सङ्घको नयाँ नेतृत्वको लक्ष्य हो ।
तथापि उनीहरुले आफूलाई सबैको हितको लागि काम गरिरहेको र चासो राखेजस्तो अभिनय गर्दै रहे । प्रष्ट शब्दमा भन्नुपर्दा ‘एकता’ शब्दबाट उनीहरुले भन्न खोजेको आशय संशोधनवादको प्रतिरोध र भण्डाफोर गर्न रोक्नु र संशोधनवादी दिशालाई अंगीकार गर्नु हो अथवा कम्तीमा त्यस्ता संशोधनवादी व्यवहारलाई स्वतन्त्र छोड्नु हो । संशोधनवादीहरुविरुद्धको हाम्रो सङ्घर्षमा हामीले एकातिर उनीहरुको कडा रणनीति र अर्कोतिर नरम रणनीति दुवैको समान तरिकाबाट सामना गर्न जरुरी छ । उनीहरुले दिने हरेक प्रकारका दबाब सामना गर्न हामी तयार रहनु पर्दछ र उनीहरुका गुलिया शब्दहरुबाट हामी दिग्भ्रमित हुनुुहुँदैन । विगतमा हरेक प्रकारका दबाबको सामना गरेर पनि हामी खु्रश्चेभको संशोधनवादको विरोध गर्न डराएनौं । उनले हाम्रो प्रतिकारको जवाफ अझ थप दबाब दिएर गर्ने कुरामा हामी पक्का थियौं । तर हामी सिद्धान्तको लागि थालेको सङ्घर्षबाट पछि हटेनौं । आज पनि हामी ख्रुश्चेभका अनुयायीहरुका झुठा आवरण र छलकपटबाट भ्रममा पर्नु हुँदैन र हामीले सिद्धान्तको लागि गरेको सङ्घर्ष छोड्नु हुँदैन । अरु हामी हाम्रो अडानमा अझ दृढ हुनुपर्दछ र हाम्रो विचारलाई अझ उँचो उठाउनुपर्दछ । चिनियाँ कम्युनिष्ट पार्टी माक्र्सवादी–लेनिनवादी पार्टी हो । चिनियाँ कम्युनिष्ट पार्टी एक गम्भीर र सिद्धान्तनिष्ठ पार्टी हो । माक्र्सवादी–लेनिनवादीहरुले सधैं ‘सिद्धान्तमा आधारित नीति नै सही नीति हो’ भन्ने कुरामा विश्वास गर्दछन् ।
सङ्घर्षका क्रममा आवश्यक लचकता देखाउनु सही हो जबसम्म त्यो सङ्घर्ष सिद्धान्तनिष्ठ रहन्छ । तर त्यो लचकता सिद्धान्तको लागि हुनुपर्दछ । सिद्धान्तभन्दा बाहिर गएर लचकताको प्रयोग गलत हो । लचकताको नाममा सिद्धान्तमा अन्योल र अस्पष्टता श्रृजना गर्नु गलत कुरा हो । हामी र खु्रश्चेभ संशोधनवादीहरुबीच सिद्धान्तको मामिलामा आधारभूत रुपमै धेरै भिन्नताहरु छन् । खु्रश्चेभ संशोधनवादीहरुले शत्रु र मित्रलाई पूर्णतः एकै कित्तामा हुलेका छन् । यदि हामीले हाम्रो आफ्नो सिद्धान्त त्याग्यौं भने र ख्रुश्चेभ संशोधनवादी दिशामै अघि बढ्यौं भने हामीले उनीहरुलाई चोख्याएका हुनेछौं, सोभियत सङ्घ र अरु समाजवादी देशका जनतालाई झुक्याउन उनीहरुलाई सहायता गरेका हुनेछौं र साम्राज्यवादीहरुको सेवामा ती संशोधनवादीहरुसँग हातमा हात मिलाउन पुग्नेछौं । त्यसो गर्नु गम्भीर ऐतिहासिक गल्ती हुनेछ । हामीले यदि त्यसो गरे संसारभरका सर्वहारा र क्रान्तिकारी जनताले हामीलाई कदापि बिर्सनेछैनन् । लामो समयसम्म हामीले खु्रश्चेभ संशोधनवादको सार्वजनिक रुपमै विरोध गर्ने काम गरेका थिएनौं । हामीले हाम्रो सिद्धान्तनिष्ठ अडान राख्दै गर्दा केही निश्चित प्रश्नहरुमा खु्रश्चेभको संशोधनवादलाई केही छुट पनि दिएका थियौं । त्यसो गर्नुको हाम्रो लक्ष्य सोभियत कम्युनिष्ट पार्टीका नेताहरुलाई माक्र्सवाद–लेनिनवादको बाटोमा फर्काउनु थियो । तर उनीहरुले राम्रोको जवाफ खराबीबाट दिए ।
सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको खुला पत्रमाथि टिप्पणी गर्दै लेखिएको हाम्रो एउटा लेखमा हामीले ख्रुश्चेभ संशोधनवाद र हामीबीचको मतभेदबारे किन जानकारी गराइएन र केही निश्चित प्रश्नमा ख्रुश्चेभलाई हामीले किन छुट दिइयो भन्ने प्रश्न मित्र पार्टीहरुका कमरेडहरुले गर्नुभए हामी त्यो आलोचना स्वीकार्न तयार छौं भनी लेखिसकेका छौं । हाम्रा लागि संशोधनवादविरोधी सङ्घर्षको क्रममा सिकेको यो महत्वपूर्ण ऐतिहासिक पाठ हो । सोभियत सङ्घका नेताहरुप्रति हामीलाई केही आशा थियो र केही महिनासम्म हामीले पर्खियौं र हे¥यौं । तर धेरै चाँडो, उनीहरुले आफ्नो असली रुप देखाए र संशोधनवादी दिशालाई नै अघि बढाउने आफ्नो प्रतिबद्धता दोहो¥याए । यस्तो परिस्थितिमा हामीले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक अडानको दृढतापूर्वक रक्षा ग¥यौं र ख्रुश्चेभ संशोधनवादविरुद्धको जस्तालाई तस्तै सङ्घर्षमा दिगो भएर लड्यौं । ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्ष अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको भविष्य, जनताको क्रान्तिकारी सङ्घर्ष र मानव जातिको भाग्यको लागि ज्यादै महत्वपूर्ण सङ्घर्ष हो । संशोधनवाद क्रान्तिको लागि सधैं शत्रुतापूर्ण र हानिकारक शक्ति हो । क्रान्ति गर्न र क्रान्तिलाई समर्थन गर्न खु्रश्चेभ संशँेधनवादविरोधी सङ्घर्षलाई अन्तिम चरणसम्म पु¥याउन जरुरी छ । संशोधनवाद भनेको सधैं साम्राज्यवादको खाँबो हो । संशोधनवादले सधैं साम्राज्यवादको सेवा गर्ने गर्दछ ।
साम्राज्यवादको विरोध गर्न, अझ प्रष्ट शब्दमा भन्नुपर्दा संरा अमेरिकी साम्राज्यवादको विरोध गर्न ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्षलाई अन्तिम चरणसम्म पु¥याउन जरुरी छ । संशोधनवादीहरु सधैं माक्र्सवादी–लेनिनवादी र क्रान्तिकारी जनताबीच विभाजन ल्याउने गतिविधिमा लगातार लागिरहेका हुन्छन् । क्रान्तिकारी एकतामा विभाजन ल्याउन उनीहरु सदैव तल्लीन रहने गर्दछन् । माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताको रक्षा गर्न र संसारभरका क्रान्तिकारी जनताको एकता जोगाउन ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्षलाई अन्तिम चरणसम्म पु¥याउन जरुरी छ ।बितेका दुई वर्षमा आधुनिक संशोधनवादविरोधी सङ्घर्षले महान विजयहरु हासिल गरिसकेको छ । निसन्देश यो सङ्घर्ष दीर्घकालीन किसिमको छ  । बीचमा अनेकन आरोह–अवरोह तथा कठिनाई आवश्यम्भवी छ । तर संशोधनवादमाथि एक दिन माक्र्सवाद–लेनिनवादले विजय हासिल गर्ने पक्का छ । आजसम्म जे भयो त्यसले यो सत्य प्रमाणित गरिसकेको छ र भविष्यले पनि त्यो पुष्टि गर्दै जानेछ । खु्रश्चेभ संशोधनवादीहरुले असङ्ख्य अन्तर्विरोधहरुको सामना गर्दैछन् । उनीहरुले सोभियत जनता र सोभियत पार्टी सदस्य एवं कार्यकर्ताहरुसँगको अन्तर्विरोध समाधान गर्न सकेका छैनन् । सोभियत पार्टीका सदस्य र कार्यकर्ता भनेको सोभियत जनताको ९० प्रतिशतभन्दा बढी हिस्सा हो ।
साथै सबै देशका जनता र माक्र्सवादी–लेनिनवादीहरुसँगको अन्तर्विरोध समाधान गर्न पनि उनीहरु असमर्थ छन् । त्यो भनेको संसारको कुल जनसङ्ख्याको ९० प्रतिशत हुन आउँछ । उनीहरुले न त समाजवादी बाटो अंगीकार गर्न प्रतिबद्ध सोभियत सङ्घका जनतासँग अन्तर्विरोध समाधान गर्न सकेका छन् न त संरा अमेरिकासँग नै अन्तर्विरोध समाधान गर्न सकेका छन् । संशोधनवादी खेमाकै तल्लो तहका कार्यकर्ताहरुसँगको अन्तविरोध पनि उनीहरुले समाधान गर्न सकेका छैनन् । मिलाउनै नसकिने यस्ता अन्तर्विरोधकै कारण खु्रश्चेभको राजनीतिक भविष्य समाप्त गरेको कुरा प्रष्ट छ । उनकै पदचाप पछ्याउने अरु जोकोहीले पनि उनकै नियति भोग्नुको विकल्प छैन । ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्षमा माक्र्सवादी–लेनिनवादी शक्ति ठूलो मात्रामा बढेको छ । खुला सैद्धान्तिक बहसको शुरुवातसँगै माक्र्सवादी लेनिनवादीहरु संशोधनवादविरोधी सङ्घर्षमा निकै बढेको छ । माक्र्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्ष्ाँको अहिले जतिको प्रचार प्रसार यसअघि कहिल्यै पनि भएको थिएन । माक्र्सवादी–लेनिनवादी कार्यकर्ताहरुमा एक प्रकारको बेग्लै जोश जाँगर छ । संशोधनवादविरोधी सङ्घर्षको क्रममा दोस्रो अन्तर्राष्ट्रियमा संशोधनवादविरुद्ध लेनिनले गर्नुभएको सङ्घर्षको अनुभव, त्रोत्स्की र बुखारिनविरुद्ध स्तालिनले गर्नुभएको सङ्घर्षको अनुभव तथा आधुनिक संशोधनविरुद्ध, विशेषतः ख्रुश्चेभ संशोधनवादको प्रतिरोध गर्दाको अनुभव हाम्रो लागि निकै उपयोगीसिद्ध भयो । ख्रुश्चेभबिनाको ख्रुश्चेभ संशोधनवादको प्रतिरोधमा हामीले सबै उपयुक्त पक्षको पूर्ण सदुपयोग गर्नुपर्दछ । माक्र्सवादी–लेनिनवादीहरुको काम भनेको विश्वलाई बुझ्नु र त्यसलाई बद्ल्नु हो । ऐतिहासिक विकासका नियमहरुमा विज्ञता, जनताको शक्तिमाथि विश्वास, क्रान्तिकारी सङ्घर्षमार्फत माक्र्सवादी–लेनिनवादीहरुले इतिहासको पाङ्ग्रालाई अघि बढाउने गर्दछन् । तर संशोधनवादीहरु ऐतिहासिक विकासका नियम विपरीत जाने गर्दछन् । उनीहरु प्रतिक्रियावादी तथा विनाश हुँदै गरेका शक्तिको पक्ष्ँमा उभिने गर्दछन् । जनताको विरोध गर्दछन् र क्रान्तिकारी सङ्घर्षको विरोध गर्दछन् । अनि इतिहासको पाङ्ग्रालाई रोक्ने व्यर्थ प्रयास गर्छन् । लेनिनले भन्नुभएको छ,‘अन्तिम मा विजेता त्यो शक्ति हुने गर्दछ जसको पछाडि ऐतिहासिक विकासको शक्ति हुने गर्दछ ।’(भी.आई. लेनिन, ‘फिनिस जनताविरुद्ध जार’, सङ्कलित रचना,अङ्ग्रेजी संस्करण, विदेशी भाषा प्रकाशन गृह, मस्को, १९६३, खण्ड.१६, पृष्ठ.८०)
ख्रुश्चेभ संशोधनवादविरुद्धको सङ्घर्षमा अन्तिम विजय हाम्रो हुनेमा हामीलाई सीमाहीन विश्वास छ । चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता हामीले दुई वर्षअघि प्रस्ताव गरेको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दिशालाई दृढतापूर्वक अंगाल्नेछौं । माक्र्सवाद–लेनिनवादको अपराजयी झण्डालाई हामी अझै उँचो उठाउनेछौं । संसारभरका माक्र्सवादी–लेनिनवादी र क्रान्तिकारी जनतासँग मिलेर हामी साम्राज्यवाद र संरा अमेरिकाले नेतृत्व गरेको प्रतिक्रियावादविरोधी सङ्घर्षलाई अन्तिम चरणसम्म पु¥याउनेछौं । ख्रुश्चेभ संशोधनवादविरोधी सङ्घर्षलाई अन्तिमसम्म पु¥याउनेछौं । विश्व शान्ति, राष्ट्रिय मुक्ति, जनताको प्रजातन्त्र र समाजवादको लक्ष्यमा विजय प्राप्तिका लागि हामी लगातार सङ्घर्ष गर्नेछौं । साम्राज्यवाद नभएको, पूँजीवाद नभएको र मानिसले मानिसमाथि शोषण नगर्ने नयाँ विश्व स्थापनाको लागि हामी हाम्रो सङ्घर्षलाई अघि बढाउनेछौं ।
समाप्त
अनुवादः सगर
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *