अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, कार्तिक १३ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको शैक्षिकसत्र २०७४-७५ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम एक समारोहकाबीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायमान विजुक्छें(रोहित)ले ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गमा अध्ययन गर्न विभन्नि जिल्लाबाट आउनुभएका सबै विद्यार्थीहरुले आफ्नै कलेज सम्झेर अध्ययन गर्नुपर्छ भन्नुभयो । जाँचमा पास गर्नेमात्र उद्देश्य राख्नु उचित नहुने बताउँदै उहाँले अध्ययन पूरा हुँदा आफू दक्ष तथा दखल सावित हुनेगरी अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । कलेजहरुमा अध्ययन गरी फर्केका विद्यार्थीहरुले गरेको कामको प्रगतिबारे सरकारका मुख्य सचिव र सचिवहरुले बधाइ र धन्यवाद दिएको प्रसंग उल्लेख गर्दै उहाँले नवआगन्तुक विद्यार्थीहरुले पनि राम्ररी अध्ययन गरी असल र दक्ष नागरिक बन्नुपर्छ भन्नुभयो ।
उहाँले कम शुल्कमा गुणस्तरीय तथा उत्पादन श्रमसँग जोडिएको शिक्षा दिन मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्न लागिपरेको र सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति नदिई सुखै छैन भन्नुभयो ।उहाँले पूँजीवादी व्यबस्थाले २-३ सय वर्षमा गर्ने विकास समाजवादी व्यवस्थामा ३०-४० वर्षमा भएको रुसको उदाहरण साक्षी रहेको प्रष्ट पार्नुभयो । रुसको समाजवादी व्यवस्थालाई बिगार्ने शिक्षा दिएकोले आज रुसका जनतालाई दुःख परेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरु राजनीतिबाट टाढा रहनु हुन्न भन्नुभयो ।
उहाँले मोजमस्तीमा फस्दा देश र जनताले दुःख पाउँछ, विदेशीको अगाडि झुक्ने र आफूलाई केन्द्रबिन्दु बनाएर राजनीति गर्नु उचित नभएको बताउनुभयो । उहाँले चीनको विकास हुनुमा पाठ्यक्रममा विज्ञान, राजनीति र संस्कारबारेमा उल्लेख हुनु र विद्यार्थीहरु राजनीतिमा संलग्न रही राम्रा–राम्रा डाक्टर तथा इन्जिनियरहरु भएर नै हो, उहाँले थप्नुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले सभ्य, सुसंस्कृत एवं देश र जनतामा समर्पित नयाँ शैक्षिक जनशक्ति तयार गर्न भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरु सञ्चालन गरेको बताउनुभयो ।
उहाँले कलेजको मर्यादालाई ध्यानमा राखी अध्ययन गर्न, आवश्यक शैक्षिक सामग्री तयार गर्न रचनात्मक सुझाव दिन र जनताको भावनामा चोट पुग्ने काम नगर्न सुझाव दिनुभयो । पढाइलाई भन्दा कपाललाई बढी महत्व दिने विद्यार्थी राम्रो हुन नसक्ने बताउँदै उहाँले विदेशमा अध्ययन गर्न लाग्ने खर्च स्वदेशमै अध्ययन–अध्यापनमा खर्च गर्ने वयवस्था मिलाउने र उक्त पैसाले स्वदेशमै उद्योगहरु खोली रोजगार दिने वातावरण तयार गर्न सबैजना लाग्नुपर्छ भन्नुभयो । उहाँले यी दुबै कलेजमा अध्ययन पूरा गरिसकेपछि ज्ञान र सीप आर्जन गरेका विद्यार्थीहरुले आर्जन गरेको ज्ञान र सीपलाई देश र जनताको हितमा प्रयोग गरी देश विकासमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख आर्किटेम्ट रजनी श्रेष्ठ जोशीले उज्ज्वल भविष्यको लागि अध्ययन गर्नुपर्छ भन्नुभयो ।
समाजलाई वुद्धिजीविकरण गर्न भनपाले शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउँदै उहाँले यी दुवै कलेजहरु मनिसका दुई आँखा जस्तै छन् भन्नुभयो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक डा.प्रेमनाथ मास्केले ख्वप सर्कलका कलेजहरुको काम प्रशंसनीय भएको र उहाँ पनि गौरवान्वित भएको बताउनुभयो । अहिलेको युग प्रविधिको युग भएकोले विद्यार्थीहरुले धेरै ज्ञानगुणका ज्ञानहरु सिक्न पर्याप्त मात्रामा प्रविधिहरु भएकोले ती प्रविधिहरुलाई उपयोग गर्न जान्नुपर्छ, आफूलाई तयार गर्न आफैं लाग्नुपर्छ र नवआगन्तुक विद्यार्थीहरुको नयाँ जीवनको शुरुवात भएको छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई.सुजन माकले कलेजहरुले शैक्षिक ज्ञानको साथै ब्यबहारिक ज्ञान पनि सिकाएको बताउनुभयो । दुवै इन्जिनियरिङ्ग कलेजहरुले हरेक वर्षको माघ २ गते भूकम्पीय जोखिम नयूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रमहरु ग्रिन्दै आएको र उक्त कार्यक्रममा दुवै कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सक्रियता जनाउँदै आउनुभएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई.सुनिल दुवालले मेहिनतको विकल्प छैन, मेहिनतले मात्र राम्रो बन्न सक्छ र कर्तब्यनिष्ट तथा देशभक्त नागरिक बनाउन कलेजहरु सञ्चालन भएको बताउनुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा राजन जतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply