नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
१६. ‘बिनाछलफलको निर्णय’ कथामा
एक साहित्यप्रेमी बिन्दुप्रसाद ‘बिन्दु’ कापी र कलम हातमा लिई राति ३ बजेदेखि नै लेखन कार्यमा लाग्थे । साहित्य गोष्ठीमा उनी सभापति भई अनौपचारिक बैठक बोलाएको थियो । बैठकमा उनले कोरोना, डेङ्गु रोगको कारण स्वास्थ्य समस्या भएको प्रसङ्ग उल्लेख गर्दै स्वास्थ्य उपचारमा अव्यवस्था र बेवास्ता भएकोले सरकार नै नभएको जस्तो महसुस गरे । युवा लेखक, कवि, कलाकार एवम् उत्साही साहित्यकारहरू आ–आफ्नो परिवारको बन्दोबस्तको र वृत्ति विकासमा सङ्घर्षरत छन् । जसले गर्दा साहित्यिक पत्रिका बन्द छन्, साम्राज्यवादीहरूले कसरी फसाउँदा रहेछन् भन्नेबारे नेपाली जनतालाई सचेत पार्ने काम गर्न सकेनौँ, बढी आत्मकेन्द्रित, स्वार्थी भयाँै कि भनी आत्मालोचनाको आवश्यकता महसुस गरे । आफूहरूलाई नयाँ–नयाँ ज्ञान र जानकारीबाट अवगत गराई देश र जनताको सेवामा प्रस्तुत हुने भावना अनुकरणीय हो । केही साहित्यकारहरू पद र पैसाको लागि विदेशीको जालमा फस्दै छन्, देश नै छिमेकमा विलय गराउने सम्भावनालाई समेत सरकारमा गएकाहरूले हस्ताक्षर गरे । अन्तमा, अनौपचारिक रूपमा सभापति पदबाट राजीनामा दिँदा साथीहरूको बिचमा एक्लो महसुस गरे र मनमनै पछुताए ।
१७. ‘राजनीतिक चौकीका चार पहरेदार’ कथामा
राम अवकास प्राप्त कर्मचारी, लक्ष्मण व्यापारी, भरत शिक्षक र शत्रुघन कथाका पात्रहरू हुन् । शत्रुघन पुस्तकप्रेमी थिए† लेख्ने–पढ्ने गर्थे, व्यक्तिगत सरसफाइ आफै गर्थे† चार जना आपसमा प्रत्येक दिनजस्तो छलफल गर्थे । भरतले पत्रिका र पुस्तक छपाइको काम पनि गर्थे । तिनीहरू कम्युनको अभ्यासजस्तै गर्थे । जिल्ला–जिल्लाबाट आउनेलाई तालिम प्रशिक्षण गर्थे । पृथ्वीको उत्पत्तिदेखि पाषाण युग, दास युग, सामन्तवादी समाज, पुँजीवादी व्यवस्था, पेरिस कम्युनको विजय–पराजय, बोल्शेभिक क्रान्ति, पुँजीवादको पुनःस्थापना, साम्राज्यवाद, विश्व युद्धका परिणाम, विज्ञानको विकास र अर्थतन्त्रको बाटो, मानव समाजको भविष्यजस्ता विषयमा छलफल गर्थे ।
आफ्नो फाइदा वा सानो स्वार्थको निम्ति देश र आमाबुबा छोडेर जानेहरू र लडाइँमा चौकी छोडेर शत्रु सेनालाई विजय गराउनेहरूलाई देशद्रोही र विश्वासघाती मानिन्छ ।
१८. ‘अनुत्तरित जिज्ञासा’ कथामा
हरि शर्मा र गौरी कार्की पात्रहरू ‘परेवाको जोडी’ जस्तै थिए । उनीहरू सँगै पढ्ने, सँगै लेख्ने गर्थे† एक अर्काको घरमा नियमितजस्तो जाने आउने गर्थे । कलेजको पढाइ नसकिँदै हरि अमेरिका र गौरी अस्ट्रेलिया पुगे । जन्मदिनमा उनीहरू पुस्तक उपहार दिने गर्थे । जसमा बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति तथा चर्चित विद्वान् र नेताहरूका जीवनी थिए । साथै ग्रीस, रोम, शेक्सपियरका नाटक, कथा र उपन्यासहरू पुस्तकालयबाट लाने गर्थे । तर, विदेशमा गएपछि ती दुवैले गलत निर्णय गरे, आत्महत्याको बाटो लिए ।
१९. ‘भविष्यतिर हेरौँ’ कथामा
सुवास श्रीमान् र समा श्रीमती पात्रहरूको वार्तालाप उल्लेख छ । समालाई निको नहुने रोग लागेपछि सुवासलाई उनले अर्को केटीसँग विवाह गर्न र आफूलाई शान्तिपूर्वक जान अनुरोध गर्दा सुवासले आशावादी बन्न सुझाव दिए । आफूहरूका उद्देश्य पूरा गर्न दुई सन्तान भएको र उनीहरूले जनताको लागि योगदान गर्नेछन् भनी विश्वास दिलाए । समामा भारतीय नागरिक भएर दिल्लीमा औषधि उपचार गर्ने इच्छा थिएन । सुवासले आफ्नै देशमा राम्रो र स्तरीय अस्पताल बन्ने विश्वास दिलाए ।
२०. ‘चार भाइको कथा’ मा
जेठो सोझो, आज्ञापालक र अनुशासित शिक्षक थिए । माहिलो व्यापारी थिए । साहिँलो राजनीतिमा चाख राख्ने लेक्चरर थिए । कान्छो फरक स्वभावका थिए । कान्छोले आमा–बुबा जिउँदो हुँदा पैतृक सम्पत्ति चार भाग गरेरै छाड्यो । आमा–बुबा जेठो छोरासँग बसे । आमाबुबा बितेपछि तिनीहरूको सामान्य बोलचालबाहेक केही रहेन । कान्छो निजी कलेजमा अन्य स्टाफहरूसँग भिज्न सकेन । चलाख व्यापारीहरूसँग पार्टनर गर्दा पुँजी घट्दै गयो । उसको एकोहोरोपन, सुकुलगुन्डे र घमण्डी व्यवहार छोराछोरीलाई मन पर्दैनथ्यो । स्नातकपछि छोराछोरी अमेरिका र अस्ट्रेलिया पुगे । घरमा ऊ एक्लो भयो । समाजबाट पनि एक्लियो । २–३ दिन खाना नखाँदा थला प¥यो तर छिमेकीले अस्पताल पु¥याई ज्यान बचाए र अन्तमा अब सबैसँग मिलेर बस्ने र समाजको सेवा गर्ने वचन दियो ।
२१. ‘दिदी, हामी भाइपूजामा आउनेछौँ’ कथामा
‘सानु’ र उसका बुबा, सानुको साथी मधु पात्र थिए । मधुले चलाएको मोटरसाइकलबाट एकजना बटुवा महिलालाई ठक्कर दिँदा चोट लाग्यो । घाइते दिदीका श्रीमान् र घरपति सा¥है भलादमी थिए । सानुका बुबाले सानु र मधुलाई दुर्घटना भएपछि सेवा–सहयोग गर्नुपर्ने, उपचार खर्च व्यहोर्नुपर्ने र पूर्ण उपचार नभएसम्म रेखदेख गर्नुपर्ने विषयमा सल्लाह दिए । गल्ती हुँदा माफी माग्नुपर्छ भने । उपचारपछि घाइते दिदीलाई भाइपूजामा भेट्ने विश्वास दिलाए ।
२२. ‘छोरा–छोरीलाई शत्रुदेखि सजग गराऔँ’ कथामा
डा. गोपी अवाल मध्यमवर्गको किसानका छोरा थिए । हेडसर गजेन्द्र माविका राम्रा शिक्षक थिए । अन्य डाक्टरहरू धनी र शोषकका छोराछोरी थिए । अन्य डाक्टरहरूसँगको सङ्गतले डा. गोपी पनि तिनीहरूको पछि लाग्दा गजेन्द्र सरले सम्झाउँदै डा. गोपीलाई भने, “क्यानडाका सर्जन डा. नर्मन बेथुन, भारतीय सर्जन द्वारिकानाथ कोटनिशजस्ता व्यक्तिहरूले झँै डाक्टरहरूले देश र जनताको निम्ति लड्ने घाइते सिपाहीहरूको उपचार गर्नुपर्दछ । डा. चे ग्वेभाराजस्तै क्रान्तिकारी बन्नुपर्छ ।”
गजेन्द्रसरको कुराले डा. गोपीले आफ्नो कर्तव्य र व्यवहारमा परिवर्तन गरे ।
समाजमा ठुलो परिवर्तन हुनासाथ धन–सम्पत्ति, रूप र यौवन, ज्ञान र जानकारी क्रान्तिको अगाडि तुच्छ हुनेछ । सबै जना जनतासँग मिल्न आउनेछन् ।
रुसको समाजवादी क्रान्तिको बेला करोडौँ मजदुर, किसान तथा क्रान्तिकारी बुद्धिजीवीहरूले १२ घण्टा काम गरेर ८ घण्टाको मात्र ज्याला लिए । तिनीहरू ‘श्रमवीर’ ले सम्मान हुन्थे । क्रान्तिको केही वर्षपछि सोभियत सङ्घले बेलायत, अमेरिका र अन्य युरोपेली देशहरूलाई उछिन्यो ।
देश र समाजलाई अगाडि बढाउने उद्देश्यले नै राजनीतिक दलको स्थापना गरिन्छ । पार्टीलाई सहयोग गरेको भनी घमण्ड गर्ने होइन, आफ्नो कर्तव्य पालन गर्न सकेकोमा सन्तोष लिने हो ।
वर्गशत्रुहरूले कार्यकर्ताका छोराछोरीलाई हातमा लिएर समाज र घर–परिवार भाड्दै छन् रक्सी खुवाउँदै घरखेत नै कब्जा जमाउँदै छन् । त्यसैले, शोषकहरूको सङ्गत गर्न छोड्नुपर्दछ ।
२३. ‘किसानको आक्रोश’ कथामा
साइँला (तरकारी खेती गर्थे) र काइँला (गाईभैँसी पाल्थे) को वार्तालाप छ । सरकारले मित्र देश चीनले पठाएको लाखौँ बोरा मल तातोपानी भन्सारमा थुपारेर राख्यो । लाखौँ युवालाई विदेशीको ज्यामी बन्न पठायो । दक्षिणको दानापानी खाएर र उनीहरूकै कुरा सुनेर त्यस्तो गरेको हुनुपर्छ । कलकारखाना तथा उद्योगहरू कौडीको मोलमा विदेशीलाई बेचिदिँदा हाम्रा मजदुरहरूले कामबाट हात धुनु प¥यो । मन नपरी नपरी घरखेत बन्धक राखेर, बेचाएर युवाहरूलाई विदेशीको ज्यामी बन्न जान बाध्य पारेका छन् । मल कारखाना खोल्ने आँटै गर्न सकेनन् । यिनीहरू साँच्चिकै किसान र मजदुरको सरकार या पार्टी होइनन् । अब साँच्चिकै काम र परिणामले किसान र मजदुरको आँसु पुछ्ने पार्टी र नेतालाई जिताउन कम्मर कसेर लाग्नुपर्छ ।
२४. ‘एक सहयोगी’ कथामा
‘सर’ को घरको कोठा व्यवस्थापन, फर्निचर तथा अन्य सामग्रीहरूको व्यवस्थापनबारे उल्लेख गरिएको छ । सरको दैनिक कार्यकलाप र सहयोगीको कार्यकलापबारे उल्लेख छ । सरका बुबा अवकाश प्राप्त ६५ वर्ष नाघेका पुराना कर्मचारी हुन् । ‘सर’ प्रुफ हेर्ने, पत्रपत्रिका– पुस्तकहरू पढ्ने लेख्ने गर्थे । युवा–युवतीहरू, पत्रकार र लेखकहरू सरलाई भेट्न र छलफल गर्न आउँथे । सरले आफू स्क्रीन सम्पादकमण्डलको अध्यक्ष भएको बताएका थिए ।
पत्रकारिता भनेको व्यवस्थाको विरोधमा निस्कने, व्यवस्थाको समर्थनमा लेख्ने, भएको सरकारलाई पल्टाउने, नयाँ मन्त्री र प्रधानमन्त्रीको पक्ष लिने, नयाँ मन्त्री एवम् प्रधानमन्त्री बनाउन चाँजोपाँजो मिलाउने थरी थरीका हुन्छन् ।
पञ्चायत कालमा ५० जनामा एकजना मात्र साँचो पत्रकार हुन्थ्यो । विद्यालयमा समेत शिक्षकको रूपमा गुप्तचर हुन्थ्यो ।
सहयोगीले सरको दैनिक जीवनका सबै काममा सहयोग गर्थे ।
Leave a Reply