भर्खरै :

संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय

संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय

संरा अमेरिकाको प्रतिनिधिसभा र सिनेट (राष्ट्रिय सभाजस्तो) को निर्वाचन कार्तिक १७ गते (नोभेम्बर ३ का दिन) सम्पन्न भयो । संरा अमेरिकी कानुनअनुसार प्रतिनिधिसभामा ४३५ सदस्य हुन्छ । यी सबै सदस्यको निर्वाचन प्रत्येक दुई वर्षमा गरिन्छ । यसपटकको निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा २५९ सस्था (कार्तिक १९ गते अपराह्न ४ बजेसम्म) प्राप्त गरेको सार्वजनिक भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा १९३ स्थान प्राप्त गरेको बाहिरियो । ३८ वर्षपछि डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीलाई हराएर टेक्सास राज्यमा जीत प्राप्त गरेको उल्लेख भयो । यसअघि ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा २१० स्थान प्राप्त गरेको थियो भने विपक्षी डेमोक्रेटिक पार्टीको २१४ स्थान थियो ।
नेपालको राष्ट्रिय सभाजस्तो संरा अमेरिकी सिनेटमा भएको १०० स्थानमध्ये हालसम्ममा विपक्षी डेमोक्रेटिक पार्टीले ५४ स्थान र ट्रम्पको रिपब्लिकन पार्टीले ४४ स्थान प्राप्त गरेको सार्वजनिक भयो । अघिल्लो चुनावमा डेमोक्रेटको सिनेटमा ४७ स्थान मात्र थियो भने ट्रम्पको ५३ स्थान थियो । संरा अमेरिकी कानुनअनुसार सिनेटका १०० जना सदस्यमध्ये एकतिहाइ सदस्य दुई दुई वर्षमा चुनाव हुनेछ । नेपालमा राष्ट्रिय सभा सदस्यको लागि हुने चुनावमा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले चुन्छन् भने संरा अमेरिकाको सिनेट सदस्य ५० वटा राज्यका मतदाताले प्रत्येक राज्यबाट २–२ जना चुन्छन् ।
संरा अमेरिकाको सुरुको संवैधानिक व्यवस्थाअनुसार सिनेट सदस्यहरू राज्य पालिकाका सदस्यहरूले चुन्ने गर्थे । सन् १९१३ मा संरा अमेरिकाको १७ औँ संविधान संशोधनले सिनेट सदस्यहरू राज्यका जनताले २–२ जना निर्वाचित गर्ने व्यवस्था ग¥यो । पचास वटा राज्यमध्ये नेब्रास्काबाहेक बाँकी ४९ राज्यमा दुई सदनात्मक व्यवस्था अपनाइएको छ ।
संरा अमेरिकी कानुनमा उम्मेदवार २५ वर्ष पुगेको, ७ वर्षअघि अमेरिकी नागरिकता पाएको र चुनाव हुने राज्यको बासिन्दा हुनुपर्ने सर्त पनि रहेको छ । राज्यको जनसङ्ख्याअनुसार प्रतिनिधिसभामा ४३५ स्थान निर्धारण गरिएको छ । प्रत्येक राज्यमा १ स्थान हुने व्यवस्था छ । नेपालमा पनि जिल्लाको जनसङ्ख्याअनुसार निर्वाचन क्षेत्र निर्धारण हुन्छ । जिल्लामा कम्तीमा १ स्थान हुने व्यवस्था छ ।
निर्वाचन परिणामअनुसार ट्रम्पको रिपब्लिकन पार्टीको गढको रुपमा रहेको टेक्सास, आयोवा, कान्सस, उत्तर क्यारोलिना, दक्षिण क्यारोलिनालगायतमा डेमोक्रेटिक पार्टीले कब्जा गरेको सार्वजनिक भयो । ६८ स्थानको मतगणना जारी छ । अन्तिम मत परिणाम आउन थप केही दिन लाग्नेछ ।
ट्रम्पको रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण महँगी, भ्रष्टाचार र युद्ध नै भएको सार्वजनिक भयो । केही दिनअघि ट्रम्पले इरानमा सानो आणविक हतियारजस्तो ‘आमा बम’ हान्ने धम्की दिएका थिए । इरानले आफूमाथि बमबारी भए विश्वमै सङ्कट हुने गरी प्रतिकार गर्ने बतायो ।
दुवै संसद्मा अल्पमतमा परेको ट्रम्पले ‘भिटो’ प्रयोग गर्ने सङ्केत दियो । तर, संसद्का समितिहरूले ट्रम्पका अधिकारीहरूलाई बोलाएर स्पष्टीकरण लिन सक्छन् । ट्रम्पले रिपब्लिकन पार्टीको हार स्वीकार गरेको र सहयोग गर्न इच्छुक रहेको बताएको पनि सार्वजनिक भयो ।
संरा अमेरिकामा प्रत्येक ४ वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ । अर्को दुई वर्षमा नोभेम्बर महिनामा राष्ट्रपति चुनाव हुने र कार्यकाल जनवरीमा सुरु हुनेछ । संरा अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई त्यहाँका घटनाहरूले नै पालैपालो चुनाव जिताउने गर्दै आएको भुक्तभोगीहरूको दाबी छ । यो सत्य पनि हो । संसारका सबै पुँजीवादी देशहरूको चुनाव स्वच्छ र निष्पक्ष हुँदैन । नेपालमा पनि निर्वाचनहरू स्वच्छ र निष्पक्ष नभएको भुक्तभोगीहरू बताउँछन् । निर्वाचनको नाममा पुँजीपतिवर्गले आफ्नो थाकेको घोडा फेर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *