सम्पादकीय

  • फेरि पनि खुला सिमानाको पीडा

                अन्ततः भारतसँगको खुला सिमाना देशको लागि अभिशाप बन्दै छ । कोभिड–१९ को नियन्त्रणमा यतिबेला चिकित्सकीय सामग्रीको अभावभन्दा ठूलो चुनौती भारतसँगको खुला सिमाना बनेको छ । दुवै सरकारले सिमाना बन्दको घोषणा गरेको छ । तर, मानिसको आवतजावत रोक्न नसक्दा आज भारतसँग जोडिएका सहर र जिल्लाहरूमा कोभिड–१९ का सङ्‍क्रमितहरूको सङ्ख्या बढेको छ । आइतबार एकै दिन बाँके जिल्लामा दस जना […]

  • विदेशमा रहेका नेपाली मजदुरहरूको चिन्ता

                कोभिड–१९ भाइरसको महामारीको कारण रोजगारीको लागि विभिन्न देशमा गएका नेपाली मजदुरहरूले यतिबेला कष्टकर जीवन भोगिरहेका छन् । श्रम बेच्न नेपालीहरू जाने विभिन्न देशहरू पनि कोभिड–१९ को महामारीबाट प्रभावित बनेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्था अनिश्चित बनेको हो । सरकारी तथ्याङ्कअनुसार विभिन्न देशमा ६० लाखभन्दा बढी नेपाली कामदार विभिन्न काममा संलग्न छन् । त्यसबाहेक नेपाल सरकारले […]

  • मल्ल युद्धमा सरदारहरू

                नेकपाभित्रका सरदारहरूबीचको मल्ल युद्ध चालू छ । मल्ल युद्धको क्रममा आफू चेपुवामा पर्दै गएसँगै केपी ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो नम्बरको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । घटनाक्रमले नेकपाका सरदारहरूबीचको झगडा पदकै लागि भएको पुष्टि गर्दै छ । पद, पैसा र शक्तिको लेनदेन मिलेको दिनसम्म नेकपा एक रहनेछ । भागबन्डा नमिलेको दिन नेकपाका सरदारहरू सबै […]

  • अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

                आज मे १ ! अन्तर्राष्ट्रिय श्रमिक दिवस । पुँजीवादी व्यवस्थाको शोषणविरुद्ध मजदुरहरूको क्रान्तिकारी सङ्‍घर्षको गौरवपूर्ण इतिहास बोकेको यो दिन आज पनि संसारभरका श्रमिक जनता पुँजीवादी उत्पादन सम्बन्धले श्रमिकमाथि गरेको अत्याचारविरुद्ध विरोध र सङ्‍घर्षको रुपमा मनाउँदै आएका छन । नाफामुखी पुँजीवादी व्यवस्था नै श्रमिक जनताको शत्रु हो । जबसम्म पुँजीवादी व्यवस्था समूल नष्ट हुँदैन, तबसम्म रगत–पसिना बगाएर […]

  • भरतपुरमा कोभिडको नाममा भ्रष्टाचार

                एउटा भनाइ छ– ‘मानिस मरेपछि उसलाई खल्ती काम लाग्दैन ।’ तर, लोभीपापी मानिस मरेर पनि खल्तीभरि पैसा बोकेर लगौँला जस्तै गरी अनेक कृत्य गरी धनार्जन गर्न खोज्छन् । कोभिड–१९ महामारीले सम्पूर्ण मानव समाज अनिश्चित भविष्यबाट त्रसित बनिरहेको समयमा नेपालका केही लोभीपापी र भ्रष्टाचारीहरूको निम्ति भने यो समय मालामाल बन्ने मौका बनेको छ ।             भरतपुर महानगरपालिकाले कोभिड–१९ […]

  • नेकपाभित्रको विवाद  : हर्ष न विस्मात्

                  कोभिड–१९ महामारीको कारण एकतमासको लकडाउनबीच वैशाख ८ गते ओली सरकारले राष्ट्रपतिसमक्ष पेश गरेका दुई वटा अध्यादेशले झन्डै महिना दिनदेखि शिथिल देखिएको राजनीति एकाएक तात्यो । त्यो दिनबाट उकालो लागेको राजनीतिक थर्मोमिटरको तापक्रम अझै उक्लिने क्रम जारी छ । सत्तारुढ दलभित्रै सरकारप्रतिको असन्तोषको पारो यसअघि नै निकै माथि पुगिसकेको थियो । पार्टीका केन्द्रीय सदस्यहरू निर्धक्‍क सरकारको विरोधमा बोलिरहेका […]

  • शत्रु र मित्र जातले होइन वर्गले छुट्याऔँ !!!

    वर्ग भनेको जात होइन । हरेक जात–जाति र भाषा–भाषीको समाजमा वर्ग हुन्छ । नेवार, पर्वते (काठमाडौँ उपत्यकामा पर्वते, ‘खस’ र ‘खेँ’ शब्दले नेपाली भाषा–भाषीलाई सम्बोधन गरिन्थ्यो), गुरुङ्, मगर, राई, लिम्बू, मैथिली वा भोजपुरी, चौधरी र अन्य जात–जाति र भाषा–भाषीमा पनि वर्ग हुन्छ । नेवारहरूमा भारतबाट आएका ‘क्षेत्रीय’ मल्ल, प्रधानाङ्ग, अमात्य, राजोपाध्याय, जोशी, कर्मचारी, कायस्थ र ‘ज्यापू’ वा ‘किसान’ […]

  • किम जङ उनबारे पश्चिमा सञ्‍चारमाध्यमको झूट

                प्रजग कोरियाका नेता किम जङ उनको विषयमा हालैका दिन पश्चिमा सञ्‍चारमाध्यमले गरेका प्रचारबाजीले उनीहरू कति झूटा र पूर्वाग्रही हुन्छन् भन्‍ने कुरा पुष्टि गरेको छ । प्रजग कोरियाबाट भागेका केही मानिसले चलाएको एउटा सञ्‍चारमाध्यमको स्रोत उद्धृत गर्दै अमेरिकी सञ्‍चारमाध्यमहरूले ‘किम जङ उन गम्भीर बिरामी भएको’ समाचार लेखे । केही सञ्‍चारमाध्यमले त अझ अघि बढेर उनको ‘मुटुसम्बन्धी शल्यक्रिया […]