दाइ
- कार्तिक ७, २०८३
‘गुरु’ शब्द साझा ज्ञानका सागर
गुरुको दायित्व सधैँभरि आफ्ना चेलाप्रति हुन्छ अपार
गुरु हुन् चेलाका लागि दोस्रो पिता अनि माता
गुरु हुन् यो जगत्मा सारा ज्ञानपुञ्जका दाता ।
क, ख र १, २ भन्दै शिक्षाको ज्योति फैलाउने
अन्धकारको खाल्टो पुरी उज्यालो संसार देखाउने
समयको ख्याल राखी आफ्नो जिम्मेवारी बहन गर्ने
चेलाको भविष्य निर्माणमा हरेक पल खटी नै रहने ।
गुरुले सबै चेलालाई समान देख्दछन्
चेला पनि आफ्नै सन्तान भनी ठान्दछन्
धनी गरिब भनेर भेदभाव उनी कहिल्यै गर्दैनन्
चेलाको लागि पुकारा गर्न उनी कहिल्यै छाड्दैनन् ।
गुरुबिनाको चेलाको जीवन अन्धकारमय बन्दछ
सत्मार्ग देखाउँदै गर्दा कुमार्ग रोज्यो भविष्य डुब्दछ
सिँढीदेखि सगरमाथा चढाउने क्षमता गुरुमा जम्दछ
गुरुको भनाइलाई साधु चेलाले अवश्य चुम्दछ ।
गुरु जहिल्यै गुरुको पदमै सीमित रहिरहे
गुरुका चेलाहरू आज सारा विश्वभरि छरिरहे
डाक्टर, इन्जिनियर, पाइलट, नर्स बनी आफूलाई चिनाए
वैज्ञानिक र आविष्कारक बनी संसारमा चमत्कारी फैलाए ।
Leave a Reply