गुरु
- कार्तिक ७, २०८३
दाइ हजुर महान् छन्
जनताको दुःख बुझ्छन्
आफ्नो जिम्मेवारी लुकाई देशको भविष्य सोच्छन् ।
सबैले दाइलाई आशाको केन्द्र देख्छन्
परिवर्तनको निम्ति आवाज बुलन्द गर्छन्
देश विदेशबारे जनतालाई बताउँछन् ।
दाइको मुस्कानभित्र आफ्नो जिम्मेवारी लुकेको छ
आफ्नो भविष्य नसोची जनताको खुसी रोजेको छ
अँध्यारो बाटोलाई उज्यालो बनाउन
जनताको हरेक दुःखमा साथ दिएर ।
देशको ठुलो भाग्य हो दाइको जन्म
समयले हजुरलाई आस्थाको केन्द्र मानेर
अघि बढिरहेका छन् जनता
परिवर्तनको आशा बोकेर ।
Leave a Reply