भर्खरै :

नेपालको नयाँ पुस्ता र नयाँ जीवन शैली

नेपालको नयाँ पुस्ता र नयाँ जीवन शैली

कामदारवर्गका छोराछोरीले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्छ । ती केटाकेटीले गुणस्तरीय शिक्षा पाएनन् भने उनीहरूको भविष्य अन्धकारमय हुन्छ । जाँड–रक्सी खानेहरू जाँड–रक्सी नखानेभन्दा चाँडै मर्छन् । तसर्थ, जाँड–रक्सी, चुरोट र सुर्ती काललाई चाँडो बोलाउने माध्यम हुन् । अहिलेको पुस्ता नेपाल बस्नै खोज्दैन, विदेश जान खोज्छ र उतै पढी, काम गरी, सके उतैकी केटीसँग विवाह गरी, नसके पछि नेपाल आई, नेपाली केटीसँग विवाह गरी दुलहीलाई पनि उतै लैजान खोज्छ । आफू त गयो गयो, श्रीमतीलाई पनि लगी बुढाबुढी, बुबाआमालाई एक्लै पार्छ । यो आजको नाङ्गो सत्य हो । अमेरिका गएको केटासँग विवाह गरेकी नेपाली केटी पनि आफ्नो दुलाहालाई छोडी नेपाल बस्न खोज्दिन । जो अस्वाभाविक पनि होइन । अब दम्पती नै विदेश गए, विदेश बसी उतै काम खोजे, काम पाए, नानी पाए । अमेरिकाको राष्ट्रपति हुन एउटा सर्त छ त्यो हो अमेरिकामै जन्मेको हुनुपर्ने । त्यसैले, नेपालका छोराछोरी अमेरिका गएपछि त्यहीँ नानी जन्माएर त्यो नानी राष्ट्रपतिसमेत हुने योग्यता राख्छ । यो लोभबाट नेपाली युवा–युवती टाढा हुन सक्दैनन् । तसर्थ, यो एउटा नेपालको आँगनमा देखिएको टड्कारो सत्य हो ।
यस पक्षमा गम्भीर चिन्तन र सोचको खाँचो छ । हाम्रो भक्तपुर सहरमा विशेषगरी अन्यत्र भन्दा अर्कै संस्कार छ । खेतबारीमा काम गर्न नसक्ने भएपछि आफ्नै टोलका पाटी, सत्तलजस्ता सार्वजनिक ठाउँमा जम्मा भएर परस्परमा आफ्ना कुरा साटासाट गर्ने चलन थियो । यो चलन केही वर्षअघिसम्म बाक्लै थियो । परन्तु, अचेल ज्येष्ठ नागरिक अमेरिकाजस्ता विकसित मुलुकमा जान थालेकोले ज्येष्ठ नागरिकले दिउँसो आराम गर्ने पाटी, पौवा, सत्तलजस्ता सार्वजनिक ठाउँ रित्तो देखिन थालेका छन् । तसर्थ, यस विषयमा नयाँ पुस्तालाई सचेत र सतर्क गराउन हतार भइसक्यो जस्तो लाग्छ । केही वर्षअघिसम्म हुनेखाने ज्येष्ठ नागरिकहरूमात्र छोरा–बुहारीको करले संरा अमेरिका वा अरू विकसित मुलुक जाने गर्दथे । तर, युग बदलियो । नयाँ युग आयो । यो नयाँ युगमा अङ्ग्रेजी त के नेपाली पनि नपढेका ज्येष्ठ नागरिक अमेरिका हानिने तृष्णामा छन् । यो कटुसत्य नयाँ पुस्तालाई कसरी बुझाउने ? प्रश्न सजिलो छैन । परिस्थिति दिनदिनै जटिल हुँदै जाँदै छ । परिस्थितिबाट हामी भाग्न सक्दैनौँ । बरू परिस्थितिलाई बुद्धि लगाई बाटोमा हिँडाउनुपर्छ ।
पोको पारेको वस्तु सकभर नखाऔँ !
भक्तपुरमा काम गरेर खानेका छोराछोरी पनि गुणस्तरीय शिक्षा पाइने शिक्षण संस्थामा भर्ना हुन खोज्छन्् र उनीहरू सिपालु हुन्छन् । ती युवा–युवती नेपालमा भनेजस्तो त के, जस्तो काम गर्छु भने पनि पाउँदैनन् । एकातिर पढेको छ, काम गर्न सक्छन् तर अर्कोतिर काम नै पाउँदैनन् । तसर्थ, त्यो नयाँ पुस्ता दोषी हो कि नयाँ पुस्तालाई काम दिन नसक्ने हामी दोषी ? यसको गम्भीर तथा आधारपूर्ण विश्लेषण हुन जरूरी छ । अहिले यस्तो युग आयो, जहाँ दुःख गरेर होइन, सुविधाका साथ बाँच्न वा जीवन निर्वाह गर्न सकियोस् । तसर्थ, अहिले स्कूल पढ्ने पुस्ताले नेपालमा भनेजस्तो काम पाउँदैन । काम नपाएपछि माम पनि पाउँदैन । तसर्थ, यो समाजवादउन्मुख गणतन्त्रमा काम पाउनु अपरिहार्य छ । काम पाएपछि माम पाउँछ । उस्तैले त नाम पनि पाउँछ । यसकारण, काम नै सबभन्दा ठुलो कुरा भएको छ । अचेलको पढाइले हो वा सङ्गतले हो वा पढेलेखेर हो, जीवनलाई सुखसँग, सजिलोसँग बिताउन चाहन्छ तर सबैलाई त्यो सम्भव छैन । यसकारण, धेरै नेपाली युवा विदेशमा छन् ।
हिजोआज प्रायः मान्छे सजिलोसँग बाँच्न चाहन्छ । थोरै काम, बढी दाम ! थोरै काम बढी दामको आकाङ्क्षा राख्छ । यसका लागि सधैँ आफैँले पकाएर खान सक्दैन । सकेसम्म बढी खानेकुरा तयारी हालतमा पाइने पसलहरूबाट ल्याएर खान्छ । बासी वा अरू वस्तुमा पोको पारेर राखिएका खाद्य वस्तु वा सिसिमा राखिएका बासी पेय वस्तु खाएर आफ्नो तन्दुरूस्त स्वास्थ्य बिगारिराखेको छ । चार–पाँच दशक अगाडिसम्म बजारमा पिनेका जिरा, पिनेको मसला पाइँदैनथ्यो । अब अचेल सजिलोको लागि जिरा पनि पिन्न पर्दैन । पसलेले नै जिरा र अरू मसला पिनेकै रूपमा बेच्छ । उपभोक्ताले पनि पिनेकै रूपमा किन्छन् । यसो हुँदा, पोको नपारेको वस्तु पाउन मुश्किल हुन्छ । हुँदाहुँदा पोकोभित्र धेरै वर्ष पुराना वा बासी सामान पाइन्छन् । त्यही किन्छ र आनन्दपूर्वक खान्छ । त्यसको प्रतिक्रिया कस्तो हुन्छ बुझ्दैन । यसर्थ, नेपालीहरूको जीवनी, जीवनशैली उपभोग्य वस्तुहरूको उत्पत्तिस्थान र मिति हुँदैन । यसर्थ, हामीले आफ्नो स्वास्थ्यलाई हेरी तयारी वस्तु खाने बानी काम गर्नुपर्छ ।
तयारी खानेकुरा नखाऔँ, ताजा खाऔँ
नेपालका कतिपय जात–जातिमा आफ्नै प्रकारका खाने–पिउने वस्तुहरू पाइन्छन् । हाम्रो नेपालमा विभिन्न जातजातिका खानेकुराको तयारी र अर्को पटकलाई खान हुने गरी राख्न अलग अलग सीप प्रयोग गरेका छन् । यो सीप नेवारी समाजमा धेरै छन् । चिसो पेय पदार्थले र पोको पारिएका तयारी खानेकुराले कलेजो, मुटु, मिर्गौला आदि अङ्ग, प्रत्यङ्गमा नोक्सान गर्छ । उच्च रक्तचापको सम्भावना पनि तयारी पत्रु खानाले बढाउँछ । यसर्थ, हामीले तयारी, बासी खानेकुरातिर भन्दा एकक्षण समय लागे पनि आफैले बनाएर ताजा खानेकुरा खाने बानी बसाल्यो भने असल स्वास्थ्यको लागि अन्त जानु पर्दैन । यी कुरा विद्यालयदेखि नै जान्ने, सुन्ने, पढ्ने अवसर पायो भने आखिर मानिस नै न हो । सुस्तसँग बाँच्न सक्छ । किन्चित मात्रै पनि सावधानी भयो भने रहस्यसँग बाँच्न कठिन हुन्छ । मर्नु–बाँच्नु भनेको मान्छेको हातको खेल हो । बासी र खराब कुरा खाएन, ताजालाई मात्र खाने बानी ग¥यो भने स्वास्थ्यको समस्या पर्दैन र धेरै समय बाँच्छ ।
भक्तपुरमा अनौठा अनौठा चलन परम्परादेखि चलिआएका छन् । नेपाली जनता परम्परालाई अकस्मात् छोडिहाल्न सक्दैन । पुराना कुरासँग कसरी गाँसिएको छ कसरी ? रक्सी खाएर मस्त भएको राँगो ब्रह्मायणीमा काटेर देवतालाई भोग दिई आशीर्वाद लिन चाहन्छ मान्छे । देउता मानेको ढुङ्गोलाई राँगाको बलि दिएर केही प्राप्ति हुने भए मान्छेले अरू लठारो किन गथ्र्यो र ? मान्छे भनेको मान्छे नै हो । यही मान्छे कहिले देउता हुन्छ, कहिले राक्षस । यो कसले गर्छ ? यो निक्र्योल हुन बाँकी छ । आजको नेपाली समाज पढेलेखेको र नपढेनलेखेको दुई भागमा विभक्त छ । बजारमा यी दुवै थरीलाई चाहिने वस्तुहरू उपलब्ध छन् । आजको मान्छे कम फुर्सदमा छ । आफ्नो उपभोगको लागि पनि गुणकारी सामान ठम्याउन सक्दैन । साहुले जे भन्यो, त्यही गर्छ । यसर्थ, आजको युग अर्कै छ । पढाइ एउटा, व्यवहार अर्कै । पढाइअनुसारको व्यवहार गर्न पाए पो पढाइ पनि काम लाग्छ, जीवन पनि सुखमय हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *